SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: बृद्धस्याहार केन्द्रमा कर्मचारी र बासिन्दा गरी करिब १०,००० जना सङ्क्रमित

यो अगस्ट १ तारिखको कोरोनाभाइरस अपडेट हो।

Family members of residents are seen outside Epping Gardens Aged Care Facility in Epping, Melbourne, Tuesday, July 28, 2020. More coronavirus deaths of aged care residents are expected in coming days as Victoria's troubling infection rates continue to spi
Family members outside an aged care facility in Melbourne. (file) Source: AAP Image/Daniel Pockett

3 min read

Published

Updated



Skip to article content

सोमबार अस्ट्रेलियाभर कम्तीमा पनि १७ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ।

मृत्यु हुने मध्ये न्यु साउथ वेल्सका ७ जना, पाँच जना साउथ अस्ट्रेलियाका र क्वीन्सल्याण्डका तीन जना परेका छन्।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

अस्ट्रेलियाभरका बृद्धस्याहार केन्द्रहरूमा करिब १,०६४ वटा प्रकोप रिपोर्ट गरिएका छन्।

जसमा करिब ९,९०६ जनामा सक्रिय सङ्क्रमण रहेको बताइएको छ।

सङ्क्रमित मध्ये ६,३६० जना त्यहाँ बसोबास गर्ने मानिस रहेका छन् भने बाँकि ३,५४६ जना कर्मचारी रहेको बताइएको छ।

न्यु साउथ वेल्समा ३४४ वटा प्रकोप दर्ता भएको छ भने क्वीन्सल्याण्डमा २३१, भिक्टोरियामा २१८, साउथ अस्ट्रेलियामा १२७ र वेस्टर्न अस्ट्रेलियामा ९६ वटा एज्ड केयरहरूमा सङ्क्रमण दर्ता गरिएको छ।

एज्ड केयर सम्बन्धी मन्त्री अनिका वेल्सले बृद्धस्याहार केन्द्रमा बसोबास गरेर खोपका लागि योग्य रहेका ७८.८ प्रतिशत मानिसले चौथो डोज लगाइसकेको जानकारी दिएकी छन्।

आजदेखि लागु हुने गरी हेल्थ एन्ड एज्डकेयर विभागले बृद्धस्याहार केन्द्रमा बस्ने मानिसहरू र त्यहाँका कर्मचारीहरूको खोप सम्बन्धी विवरणको अपडेट प्रत्येक हप्ता सार्वजनिक गर्ने भएको छ।

थेराप्टीक गुड्स एडमिनीस्ट्रेशनले (टीजीए) ओमिक्रन भेरीएन्ट पहिचान गर्न असफल भएको भन्दै कुनै पनि ऱ्यापिड एन्टीजेन परीक्षण किटलाई बजारबाट हटाउन आदेश नदिएको प्रस्ट पारेको छ।

टीजीएले पिसिआर जत्तिको संवेदनशील नभएता पनि कोभिड–१९ को पहिचान र व्यवस्थापनका लागि ऱ्याट टेस्ट महत्त्वपूर्ण रहेको पनि बताएको छ।

लक्षण रहेका मानिसहरूमा जाँच गर्नमा ऱ्याट टेस्ट छिटो र भरपर्दो हुने पनि संस्थाले जनाएको छ।

खोप सम्बन्धी सल्लाहकार समिति अटागीले १२ देखि १७ वर्षका केटाकेटीलाई नोभाभ्याक्सको प्रोटिनमा आधारित कोभिड–१९ खोप बारेमा तथ्याङ्कहरूको समीक्षा सुरु गरेको बताएको छ।

टीजीएले नोभाभ्याक्स खोपलाई जुलाई २८ मा अस्थायी रूपमा स्वीकृति दिएको थियो।

अटागीले ६ महिनादेखि पाँच वर्षसम्म उमेर समूहका बालबालिकाका लागि मोर्डेनाको स्पाइकभ्याक्स प्रयोग गर्ने सल्लाहलाई अन्तिम रूप दिइरहेको बताएको छ।

आगामी हप्ताबाट वेस्टर्न अस्ट्रेलिया सरकारले एक करोड दश लाख भन्दा बढी (१ करोड १० लाख ८७ हजार) ऱ्याट टेस्ट किटहरू विद्यालयहरूमा निःशुल्क बाढ्ने भएको छ।

साउथ अस्ट्रेलियाले निःशुल्क फ्लु खोप कार्यक्रमलाई ३१ अगस्टसम्म विस्तार गर्ने जनाएको छ।

अमेरिकी राष्ट्रपति जो वाईडेन पुन: कोभिड–१९ बाट सङ्क्रमित बनेका छन्।

उनी गत जुलाई २१ मा पहीलोपटक कोभिड–१९ बाट सङ्क्रमित बनेका थिए भने प्याक्सलोभिड एन्टीभाइरल औषधिको सेवन गरेका थिए।

२६ जुलाईमा नकारात्मक परीक्षण गरेको भए पनि पुन: सङ्क्रमित बनेपछि यसलाई “रिबाउन्ड” भनिएको छ। उनी हाल आइसोलेसनमा रहेका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now