कोभिड-१९ अपडेट: ओमिक्रोन भेरिएन्टलाई लिएर विश्व स्वास्थ्य सङ्गठनले संयम रहन भनिरहँदा अस्ट्रेलियाको सीमा व्यवस्थामा कडाइ

यो २८ नोभेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Minister for Health Greg Hunt and Therapeutic Goods Administration (TGA) Deputy Secretary Professor John Skerritt arrive at a press conference at Parliament House in Canberra, Wednesday, October 27, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Minister for Health Greg Hunt says situation on international border restrictions can change as more health advice is received. Source: AAP

 

  •  ओमिक्रोन भेरीएन्टलाई लिएर स्वास्थ्य अधिकारीहरूको सल्लाह बमोजिम अस्ट्रेलियाले आफ्नो सीमा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको छ। 
  • ओमिक्रोनको जोखिम भएको क्षेत्रहरूबाट आएका  ५४ जना यात्रुहरूलाई १४ दिन क्वारेन्टिनमा राख्न लागिएको छ। 
  • सङ्घीय मन्त्री ग्रेग हन्टले प्रधानमन्त्रीलाई यस अवस्था बारे जानकारी गराइएको र अहिलेसम्म लागू गरिएका मापदण्डहरू सन्तोषजनक रहेको बताएका छन्। 
  • सिड्नीमा आएका दुई अन्तर्राष्ट्रिय यात्रुहरूलाई ओमिक्रोन रहे नरहेको बारे जाँच गरिँदै छ। 
  • दक्षिणी अफ्रिकी राष्ट्रहरू बाट न्यु साउथ वेल्स, भिक्टोरियाएसीटी मा आएका यात्रुहरूले खोप लगाएकै भए पनि अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ।
  • दक्षिण अस्ट्रेलियाले सम्पूर्ण अन्तर्राष्ट्रिय आगन्तुकहरू जो उच्च जोखिमयुक्त क्षेत्रबाट आएका छन् उनीहरूले १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ। 

  • विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोन भेरिएन्टको जोखिमका बिच सबैलाई संयम रहन आग्रह गरेको छ। 
  • संयुक्त अधिराज्य, जर्मनी र इटालीमा पहिलो ओमिक्रोन भेरिएन्ट पाइएको छ। 

 

कोभिड-१९ तथ्याङ्क 

 

  • भिक्टोरियामा १,०६१ सङ्क्रमण र ४ जनाको मृत्यु दर्ता गरिएको छ। 
  • न्यु साउथ वेल्समा थप १८५ नयाँ सङ्क्रमण भेटिएको छ। 
  • एसीटीमा ७ जना कोरोनाभाइरस सङ्क्रमित थपिए । 

प्रत्येक राज्य र टेरिटरी अनुसार क्वारेन्टिन नियम र प्रतिबन्धहरू

तपाईँको राज्य या टेरिटरीमा गर्न पाइने र नपाइने कुराहरूको बारेमा जानकार रहनुहोस्। 

यात्रा

अस्ट्रेलिया आउने अन्तराष्ट्रिय यात्रुहरूको लागि जानकारी यहाँ उपलब्ध छ। 

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे विभिन्न भाषामा अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे अस्ट्रेलिया सरकारको वेबसाइटमा थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।




न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Updated

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now