SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अस्ट्रेलियाले चाँडै नै ८० प्रतिशत दोहोरो खोपको लक्ष्य पार गर्ने

यो ४ नोभेम्बर २०२१, बिहीवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Blacktown Tihar
सिड्नीको ब्ल्याकटाउनमा दीपावलीको उपलक्ष्यमा सजाइएको एक घर। Source: AAP

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

बालबालिकालाई खोप

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्ट भन्छन् कि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई आफूद्वारा उत्पादित खोपहरू लगाउन फाइजरले थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन समक्ष आवेदन दिने प्रक्रिया सुरु गरेको छ।

अस्ट्रेलियामा खोपहरूको प्रयोग बारे सरकारलाई प्राविधिक सल्लाह दिने निकाय - अटागीको सिफारिस प्राप्त भएपछि खोप ती उमेर समूहका बालबालिकाहरूलाई कोभिड-१९ खोप लगाइदिने काम सुरु हुनेछ।

हन्टका अनुसार आगामी केही दिन भित्रै अस्ट्रेलियाले आफ्ना योग्य बासिन्दाहरूको ८० प्रतिशतलाई खोप लगाउने लक्ष्य प्राप्त गर्नेछ।

SBS Sinhala Radio News on 29 oct 2021: Australia's Pfizer booster program will begin from 8th of November
Australian Health Minister Greg Hunt says the country's Pfizer booster program will begin in November Source: Sam Mooy/Getty Images

क्वीन्सल्यान्डको गून्डीवीन्डीमा थप कोरोनाभाइरस परीक्षण केन्द्रहरू

यसैबिच, क्वीन्सल्यान्डको गून्डीवीन्डीमा थप कोरोनाभाइरस परीक्षण केन्द्रहरू सञ्चालनमा आउने भएका छन्।

उक्त नगरमा कोभिड-१९ का नयाँ मामिलाहरू देखा पर्दै गर्दा नयाँ परीक्षण स्थलहरूको स्थापना हुन लागेको हो।

राज्यका अधिकारीहरूका अनुसार, यसरी थप सङ्क्रमणहरू देखा परेता पनि हाल लकडाउन गरिहाल्ने आफूहरूको योजना छैन।

अस्ट्रेलियाभर दीपावलीको चाड मनाईँदै गर्दा न्यु साउथ वेल्स बहुसाँस्कृतिक स्वास्थ्य सञ्चार सेवाले केही सुझावहरू दिएको छ।

कोभिड-१९ सम्बन्धि पछिल्ला आँकडाहरू

भिक्टोरियाले बितेको २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,२४७ नयाँ मामिलाहरू दर्ता गरेको छ भने थप नौ जना राज्यवासीको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको स्थानीय स्वास्थ्य विभागले बताएको छ।

भिक्टोरिया अस्ट्रेलिया मेलबर्न मार्गचित्र कोरोना कोभिड
Source: SBS Nepali

न्यु साउथ वेल्सले हिजो राति आठ बजेसम्ममा कोभिड-१९  का थप ३०८ नयाँ मामिलाहरू दर्ता गरेको छ र सोही अवधिमा राज्यले आफ्ना थप ४ बासिन्दाहरूलाई कोरोनाभाइरस सङ्क्रमणका कारण गुमाएको छ।

क्वीन्सल्यान्डमा पछिल्लो २४ घण्टामा कोभिड-१९ स्थानीय सङ्क्रमणका तीन नयाँ मामिलाहरू दर्ता गरेको छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा भने बितेको २४ घण्टामा थप १३ नयाँ स्थानीय सङ्क्रमणहरू रेकर्ड गरिएका छन्।

बुस्टर खोप कार्यक्रम

नर्दर्न टेरिटरीमा आगामी नोभेम्बर ८ तारिख, सोमवारदेखि बुस्टर डोज उपलब्ध हुने भएको छ।

हाल बुस्टर मात्रा खोप लगाउन कसैका लागि पनि अनिवार्य छैन।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now