कोभिड–१९ अपडेट: गत हप्ता सबैभन्दा बढी सङ्क्रमित दर्ता गर्ने मुलुकहरु मध्ये अस्ट्रेलिया चौथो नम्बरमा

यो १६ मे २०२२ को कोरोनाभाइरस अपडेट हो।

People exercise on the boardwalk at Bondi Beach in Sydney, Sunday, June 27, 2021. More than five million people in Greater Sydney and its surrounds have gone into a 14-day lockdown as health authorities try to regain control of a coronavirus outbreak. ()

People on the boardwalk at Sydney's Bondi Beach. (file) Source: AAP Image/Joel Carrett

सोमबार अस्ट्रेलियाभर कम्तीमा पनि १२ जनाले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुने मध्ये भिक्टोरियाका पाँच र तीन जना न्यु साउथ वेल्सका बासिन्दा रहेका छन्।

वेस्टर्न अस्ट्रेलियामा सोमबार १२,२६६ नयाँ केस दर्ता भएको छ। गत मङ्गलवार हालसम्मकै धेरै १७,०३३ केस दर्ता भएका थिए।

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ।
कोभिड–१९ का कारण मतदान स्थलमा उपस्थित हुन नसक्ने मतदाताहरूले मे १८ बेलुकी ६ बजेसम्म हुलाकबाट गरिने मतदानका लागि आवेदन दिन सक्ने भएका छन्। बुधवार पछि कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेहरूका लागि भने टेलिफोनबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइने भएको छ।

सङ्क्रमित भएको खण्डमा पिसिआर जाँचको पोजेटिभ आएको मिति र समयका बारेमा जानकारी गराउनु पर्ने बताइएको छ, ऱ्यापिड एन्टीजेन परिक्षण गरेको अवस्थामा त्यसको सिरियल नम्बर उपलब्ध गराउनु पर्नेछ।

नर्दर्न टेरीटरीमा खोप नलगाएका वा खोपको खुराक पुरा नगरेका क्लोज कन्ट्याक्टहरुलाई निर्वाचनको दिन भोट खसाल्न जानका लागि अनुमति दिइने भएको छ। यद्यपि उनीहरूले फेस मास्क र १.५ मिटरको सामाजिक दुरी भने पालना गर्नु पर्नेछ।

नर्दर्न टेरीटरीमा खोप नलगाएका वा पूर्ण मात्राको खोप नलगाएकाहरू क्लोज कनट्याक्टमा आए आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ।

अस्ट्रेलियाले गत सात दिनको समयमा विश्व स्वास्थ्य सङ्गठन समक्ष ३१९,०६१ कोभिड–१९ केसहरू रिपोर्ट गरेको छ। यो अमेरिका, चीन र जर्मनी पछि विश्वको चौथो ठुलो सङ्क्रमण सङ्ख्या हो।

यो अवधिमा अमेरिकामा ५६२,३१३, जर्मनीमा ४०६,५५६ र चीनमा ३४१,६८७ केसहरू दर्ता भएका छन्।

जामा ओपर्न नेटवर्कमा प्रकाशित एक समीक्षाले फाइजर खोपको दोस्रो र तेस्रो डोज खोप लगाइसकेपछि ओमिक्रन विरुद्धको प्रतिरोधात्मक क्षमता द्रुत रूपमा घट्ने दाबी गरेको छ।

जनवरी २०२१ देखि अक्टोबर २०२१ काबिच फाइजरको दोस्रो वा तेस्रो डोज लगाएका १२८ जना वयस्कहरूमा उक्त अध्ययन गरिएको जामा ओपन नेटवर्कले जनाएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड–१९ अपडेट: गत हप्ता सबैभन्दा बढी सङ्क्रमित दर्ता गर्ने मुलुकहरु मध्ये अस्ट्रेलिया चौथो नम्बरमा | SBS Nepali