कोभिड-१९ अपडेट: खुल्यो अस्ट्रेलियाको बोर्डर, वेस्टर्न अस्ट्रेलियामा थप कडाइ

यो, २१ फेब्रुअरी २०२२ सोमवारको, सङ्क्षिप्त दैनिक अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Sisters Hannah (left) and Nina (right) Muehlenberz reunited after three years apart when the first international flight arrived in Brisbane today.

Sisters Hannah (left) and Nina (right) Muehlenberz reunited after three years apart when the first international flight arrived in Brisbane today. Source: AAP Image/Darren England

आजको अपडेट

आज सोमवार, सन् २०२२ को फेब्रुअरी २१ तारिखदेखि अस्ट्रेलियाको सीमा कोभिड-१९ को दुई मात्रा खोप लगाएका मानिसहरूका लागि खुलेको छ।

बन्द रहेको झन्डै ७०० दिन पछि अस्ट्रेलियाको सीमा पुनः खुलेको हो।

वेस्टर्न अस्ट्रेलिया

देशको सीमा खुल्दै गर्दा, वेस्टर्न अस्ट्रेलियाले भने आजैदेखि लागू हुने गरी कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरूमा हेरफेर गरेको छ।

राज्य सरकारका अनुसार निजी आवासमा भेला हुनसक्ने अधिकतम सङ्ख्यालाई ३० जनामा सीमित गरिएको छ भने बाहिर खुल्ला स्थानमा बढीमा २०० जनासम्म मात्र जम्मा हुन पाउनेछन्।

यसै गरी हस्पिट्यालिटी, फिटनेस, मनोरञ्जन, सांस्कृतिक कार्यक्रम, पूजा स्थलहरू, हजामको पसल, ब्युटी पार्लर र नाइट क्लबहरूले प्रति २ वर्ग मिटर एक व्यक्तिका दरले आफ्नो क्षमता सीमित गर्नुपर्नेछ।

अस्पतालमा बिरामी भेट्न प्रतिदिन चार जनालाई मात्र अनुमति हुनेछ भने सोही सङ्ख्या वृद्ध स्याहार तथा अपाङ्ग हेरचार केन्द्रहरूका लागि पनि कायम गरिएको छ।

भवन भित्र रहँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम पनि वेस्टर्न अस्ट्रेलियाभरका लागि लागू गरिएको छ।

भिक्टोरिया

भिक्टोरियाले भने आज कोभिड-१९ का कारण प्रभावित हस्पिट्यालिटी एवं मनोरञ्जनात्मक सेवा दिने व्यापार-व्यवसायको प्रवर्धनका लागि २० करोड डलर खर्चिने घोषणा गरेको छ।

उद्योग सहायता तथा पुनरुत्थान सम्बन्धी भिक्टोरियाली मन्त्री मार्टिन पकुलाका अनुसार ओमिक्रन लहरका कारण राज्य सरकारले सोचेभन्दा व्यापार-व्यवसायहरूले कठिन गर्मी याम भोग्नुपरेकाले उनीहरूको मद्दतका लागि उक्त घोषणा गरिएको हो।

योजना मुताबिक ग्राहकहरू भिक्टोरियाली रेस्टुरेन्ट, पब, क्याफे लगायतका ठाउँहरूमा खाना खाँदा ४० देखि ५०० डलरसम्म खर्च गरे सरकारले २५ प्रतिशत रकम फिर्ता गरिदिनेछ।

यसै गरी, मनोरञ्जन प्रदान गर्ने व्यवसाय र घुमफिरका लागि पनि भाउचर उपलब्ध हुने बताइएको छ।

सार्वजनिक रूपमा ती भाउचरहरू उपलब्ध गराइनु अघि भने ज्येष्ठ नागरिकहरूले प्राथमिकताका आधारमा पहुँच पाउनेछन्।

क्वीन्सल्यान्ड

राज्यकी स्वास्थ्य मन्त्री युभेट डी'आथका अनुसार क्वीन्सल्यान्डमा हाल स्थगनमा रहेको स्वैच्छिक शल्यक्रिया फेब्रुअरीको अन्त्यसम्म नै जारी रहने छ।

बेलायत

महारानी एलिजाबेथ द्वितीयालाई कोभिड-१९ सङ्क्रमण भएको पुष्टि गरिएको छ। बकिङ्घम राजप्रासादका अनुसार उनले  रुघाको जस्तो हल्का लक्षणहरू अनुभव गरिरहेकी छिन् र विन्डसर स्थित आफ्नो निवासमा केही सामान्य कामलाई निरन्तरता दिने अपेक्षा छ।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्सले हाल राज्यभर १,२८८ बिरामीहरू कोभिड-१९ का कारण अस्पतालहरूमा भर्ती रहेको बताएको छ।

राज्यको स्वास्थ्य विभागका अनुसार ती मध्ये ७४ जनाको उपचार आइसियुमा भइरहेको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

पछिल्लो २४ घण्टे गणना अवधिमा न्यु साउथ वेल्सभर थप ४,९१६ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि गरिएको छ।

यसै गरी सोही अवधिमा  ७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

भिक्टोरियामा भने हाल ३६१ जना अस्पतालमा भर्ती छन् र ती मध्ये ४९ जनाको उपचार अति सघन कक्षमा भइरहेको छ।

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले थप ५,६११ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि गरेको छ र सोही अवधिमा आफ्ना तीन बासिन्दाहरूलाई कोरोनाभाइरस सङ्क्रमणका कारण गुमाएको छ।

क्वीन्सल्यान्डमा थप ४,११४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ भने ६ राजावासीको ज्यान गएको छ।

राज्यका सार्वजनिक अस्पतालहरूमा ३८४ जना कोभिड-१९ बिरामीहरु भर्ती छन् भने निजी अस्पतालहरूमा यो सङ्ख्या १७ छ।

क्वीन्स्ल्यान्डभरी कुल ३७ जना कोभिड-१९ बिरामीहरूको उपचार आइसियुमा भइराखेको छ।

टास्मेनियाले पछिल्लो गणना अवधिभर कोरोनाभाइरसका थप ५६९ नयाँ मामिलाहरू दर्ता गरेको छ।

राज्यभरका अस्पतालहरूमा १० जना कोभिड-१९ बिरामीहरू भर्ती छन् जसमध्ये दुई जनाको उपचार आइसियुमा भइरहेको छ।

यसै गरी अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी) र वेस्टर्न अस्ट्रेलियामा क्रमशः ४५८ र  २२४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि गरिएको छ।  एसीटीले पछिल्लो गणना अवधिका क्रममा थप एक प्रदेशवासीलाई कोरोनाभाइरस सङ्क्रमणका कारण गुमाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Share

4 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now