SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: निर्वाचन आयोगद्वारा सङ्घीय चुनावका लागि कोभिड–१९ सुरक्षा उपायहरू सार्वजनिक

यो ११ अप्रिल २०२२ को कोरोनाभाइरस अपडेट हो।

Members of the public casting their vote in Western Australia. (file)
Members of the public casting their vote in Western Australia. (file) Source: AAP Image/Richard Wainwright

3 min read

Published

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्समा  सोमबार कोरोनाभाइरस केसहरूमा केही कमी आएको देखिएको छ। सोमबार १३,४६८ नयाँ केस दर्ता भएका छन्। जबकि आइतबार १५,६८३ केस र शनिवारका दिन १७,५९७ केस दर्ता भएका थिए।

सोमबार, भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले ट्वीट गदै राज्यमा खोप नलगाएका विद्यार्थीको तुलनामा खोपको दुई मात्रा लगाएका विद्यार्थीहरुमा कोभिड–१९ सङ्क्रमण हुने जोखिम ६० प्रतिशतले कम रहेको बताएका छन्।

यसै गरी खोपको तीन मात्रा लगाएका विद्यार्थीहरुमा भने सङ्क्रमण हुने सम्भावना ६७ प्रतिशत कम रहेको पनि उनले बताएका छन्।

अस्ट्रेलियाको निर्वाचन आयोगले मे २१ मा हुने सङ्घीय निर्वाचनका लागि कोभिड–१९ सुरक्षा उपायहरू सार्वजनिक गरेको छ।

खोपको स्थितिका बाबजुद निर्वाचन आयोगका अनुसार भोटका लागि योग्य सबै अस्ट्रेलियालीहरूका लागि भोटीङ्ग बुथ खुला रहनेछ।

निर्वाचन सम्बन्धी शीर्ष निकायले राजनीतिक सहभागीहरूलाई खोपको स्थिति जाँच गर्ने अधिकार नभए तापनि अस्थायी रूपमा चुनावका लागि भर्ना गरिने कर्मचारीहरू भने पूर्ण खोप लगाएको हुनु पर्ने आवश्यक रहेको बताएको छ।

कोभिड–१९ को उच्च जोखिमका कारण सबै बृद्धस्याहार र अस्पतालहरूमा घुम्ती मतदान टोली पुग्ने सम्भावना नहुने भएकाले यी सुविधाका बासिन्दाहरू नजिकैको मतदान केन्द्रमा जान वा हुलाक मार्फत भोट खसाल्न निर्वाचन आयोगले अनुरोध गरेको छ।

अस्ट्रेलियामा मतदान गर्नु अनिवार्य रहेको छ।

निर्वाचन आयोगले कोभिड–१९ सुरक्षा अवलम्बनका कारण मतदान केन्द्रहरूमा ढिलाइ हुन सक्ने पनि बताएको छ।

निर्वाचन आयोगका प्रमुख टम रोर्गसले रेडियो नेशनलसँग कुरा गदै कोभिड–१९ सङ्क्रमण भएकाहरूलाई टेलिफोन मार्फत मत हाल्ने व्यवस्था मिलाउने प्रयास भइरहेको बताए।

खोप सम्बन्धी प्राविधिक सल्लाहकार समूहले (अटागी) १२ देखि १५ वर्ष उमेर समूहमा बालबालिकामा बुस्टर डोज प्रयोग गर्ने बारेमा अन्तर्राष्ट्रिय प्रमाणहरूको समीक्षा गर्न जारी राखेको बताएको छ।

अटागीले १२ देखि १५ वर्षका बालबालिकामा बुस्टर डोज आवश्यक छ भनेर सिफारिस भने नगर्ने जनाएको छ।

अटागीले एक विज्ञप्ति मार्फत “हालको तथ्याङ्कले १२ देखि १५ वर्षका किशोर किशोरीमा कोभिड–१९ खोपको प्राथमिक शृङ्खला पुरा गरेको अवस्थामा गम्भीर रोग सिर्जना हुने सम्भावना निकै दुर्लभ देखिन्छ” भनेको छ।

थेराप्युटीक गुड्स एडमिनीस्ट्रेशनले भने यो उमेर समूहलाई पहीलेनै फाईजर खोप लगाउन अनुमति दिइसकेको छ।

यस वर्षको सुरुमा अटागीले १६ र १७ वर्ष उमेर समूहलाई फाइजर खोपको अनुमोदन गरेको थियो।

अटागीले अस्ट्रेलियामा दर्ता भएका र प्रयोगका लागि अनुमति पाएका सबै खोपहरू सुरक्षित रहेको बताएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now