कोभिड-१९ को बुस्टर डोज प्राप्त नगरेका अस्ट्रेलियालीहरूलाई उक्त तेस्रो मात्रा खोप लगाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरिरहेका छन्।
आउँदा हप्ताहरूमा अस्ट्रेलियाभर कोरोनाभाइरस सङ्क्रमण सङ्ख्या बढ्ने प्रक्षेपणका बिच बुस्टर मात्रा खोप लगाएर बस्न मानिसहरूलाई अधिकारीहरूले आह्वान गरेका हुन्।
बढ्दो प्रभावशाली ओमिक्रन बीए.२ (BA.2) सब-भेरिएन्ट, यसअघि व्यापक रूपमा प्रचारित बीए.२ (BA.1) भन्दा बढी सङ्क्रमित मानिएको छ।
यसै कारण अबका दिनहरूमा कोरोनाभाइरस सङ्क्रमण मामिलाहरू उल्लेखनीय रूपमा बढ्ने अनुमान विज्ञहरूले गरेका छन्।
साउथ अस्ट्रेलिया विश्वविद्यालयका महामारी रोग विशेषज्ञ एड्रिएन इस्टर्म्यान बीए.२ सब-भेरिएन्टकै कारण न्यु साउथ वेल्समा ओमिक्रनको दोस्रो लहर सुरु हुने लक्षण देखा परेको बताउँछन्।
स्वास्थ्य विभागको एक तथ्याङ्कका अनुसार १६ वर्षभन्दा माथिका ६६ प्रतिशत अस्ट्रेलियालीहरूले कोभिड-१९ विरुद्ध उपलब्ध खोपको पहिलो दुई मात्रा लगाइसकेका छन्।
सरकारले बुस्टर डोज लगाउन अनिवार्य नगरेता पनि, १६ वर्ष माथिका मानिसहरूले आफ्नो कोरोनाभाइरस प्रतिरोधात्मक क्षमता कायम राख्न, अस्ट्रेलियामा तेस्रो मात्रा सिफारिस गरिएको छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू
न्यु साउथ वेल्स: १,०६० जना अस्पतालमा भर्ती, ३२ आइसियुमा। पछिल्लो गणना अवधिमा थप ६ को मृत्यु र २०,०५० नयाँ केसहरू पुष्टि।
भिक्टोरिया: १९९ जना अस्पतालमा, ३२ आइसियुमा र ५ भेन्टिलेटरमा। पछिल्लो २४ घण्टामा ९ को मृत्यु, ९,०३६ थप सङ्क्रमित।
टास्मेनिया: २३ जना अस्पतालमा, ३ सघन उपचार कक्षमा। पछिल्लो २४ घण्टामा थप १,६६९ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी): अस्पतालमा ३७ जना भर्ती छन्, चार जना सघन उपचार कक्षमा। पछिल्लो गणना अवधिमा थप १,१२३ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि।
क्वीन्सल्यान्ड: २४५ जना अस्पतालमा, २० आइसियुमा। पछिल्लो २४ घण्टामा ११ को मृत्यु र थप ६,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा