Explainer

कोभिड-१९ अपडेट: अस्ट्रेलियामा आप्रवासीहरूलाई कोरोनाभाइरसबाट मृत्युको बढी जोखिम

यो शुक्रबार फेब्रुअरी १८ को संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

People wear face masks in Circular Quay in Sydney, Australia.

People wear face masks in Circular Quay in Sydney, Australia. Source: Getty Images AsiaPac

आजको अपडेट:

  • तथ्याङ्कहरूका अनुसार अस्ट्रेलियामा कोरोनाभाइरसले ज्यान गुमाउने मानिसहरू मध्य यहाँ जन्मिएकाहरूको तुलनामा विश्वको मध्य पूर्वी क्षेत्रमा जन्मिएका मानिसहरूको मृत्यु दर धेरै छ। 
  • दुई वर्षको यात्रा प्रतिबन्ध पछि अस्ट्रेलियाले आउँदो हप्तादेखि अन्तराष्ट्रिय पर्यटकलाई स्वागत गर्ने भएको छ - तर त्यसमा देशको सबैभन्दा ठूलो पर्यटनको श्रोत चीन भने समावेश छैन। 
  • अस्ट्रेलिया भर पछिल्लो २४ घण्टे गणना अवधिमा कोरोनाभाइरसका कारण कुल ३८ जनाको ज्यान गएको छ। 
  • न्यु साउथ वेल्समा फेब्रुअरी १८ देखि भवनभित्र दुई मिटर टाढा रहनु पर्ने नियम हटेको छ। धेरै जसो स्थानहरूमा गाउन र नाच्न पाइने छ। क्युआर चेक-इनहरू १००० भन्दा बढी मानिस भएका नाइट क्लब र सङ्गीत महोत्सवहरूमा मात्र गर्नु पर्छ। 
  • भवन भित्रका थुप्रै ठाउँहरूमा शुक्रबार फेब्रुअरी २५ देखि मास्क लगाउन पर्दैन। अस्पताल, वृद्ध हेरचाह केन्द्र र सार्वजनिक यातायातमा भने मास्क अनिवार्य रहने छ। 
  • भिक्टोरियामा फेब्रुअरी १८ शुक्रबार साँझ ६ बजेदेखि आतिथ्य र मनोरञ्जनका ठाउँहरूमा भेला हुन पाउने सङ्ख्याको प्रतिबन्ध हटाइने छ। त्यस्तै, रिटेल पसल, विद्यालय र कार्यस्थलमा क्युआर कोड चेक-इन गर्न पनि अनिवार्य हुँदैन। 
  • तर पब, बार, रेस्टुरेन्ट र मनोरञ्जनका ठाउँहरूमा भने मानिसहरूले खोपको दुई मात्रा लगाएको प्रमाणका लागि क्युआर चेक-इन गर्नु पर्छ। 
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीमा शुक्रबार साँझ ६ बजेदेखि नाच्न पाइने छ र कार्यस्थलमा भेला हुन पाउने मानिसहरूको प्रतिबन्ध हट्ने छ। 
  • एसीटीमा आतिथ्य ठाउँहरूमा उठेर खान र पिउन नपाउने नियम पनि हटाइएको छ र कर्मचारीहरू सम्भव भएमा कार्यस्थलमा गएर काम गर्न पाउँछन्।
  • पर्थमा कसैलाई अस्पतालमा भेट्न जानु परेमा एक दिनमा केवल दुई घण्टाका लागि जान पाइने छ। वेस्टर्न अस्ट्रेलियामा सङ्क्रमण बढिरहेको हुनाले यो नियम जारी गरिएको हो। 
  • अरू राज्यहरूले नाच्ने प्रतिबन्ध हटाए तापनि अहिलेको लागि साउथ अस्ट्रेलियामा सार्वजनिक स्थलहरूमा नाच्न नपाइने राज्यकी प्रमुख स्वास्थ्य अधिकारीले बताइन्। 

कोभिड-१९ सम्बन्धी पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा ९,२४३ नयाँ सङ्क्रमित पुष्टि हुँदै १५ जनाको ज्यान गएको छ। अस्पताल भर्नामा १,३८१ जना छन् भने ९२ जनाको आइसियुमा उपचार भइरहेको छ। 

भिक्टोरियामा ४५१ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य ६४ जना आइसियुमा र १६ जनालाई भेन्टिलेटरमा राखिएको छ। पछिल्लो २४ घण्टे गणना अवधिमा ६,९३५ नयाँ सङ्क्रमित पुष्टि हुँदै १४ जनाको मृत्यु भएको छ। 

क्वीन्सल्यान्डमा ५,७९५ सङ्क्रमित पुष्टि हुँदै ९ जनाको ज्यान गएको छ। अस्पतालमा ४०८ जना भर्ना छन् भने ३४ जनाको आइसियुमा उपचार भइरहेको छ। 

टास्मेनियामा ६२३ नयाँ सङ्क्रमित पुष्टि हुँदै ११ जना अस्पतालमा छन् र २ जनाको आइसियुमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण कसैको मृत्यु भएको छैन। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ५६१ नयाँ सङ्क्रमण पुष्टि हुँदै ४५ जना अस्पतालमा भर्ना छन् र दुई जना आइसियुमा छन्। 

साउथ अस्ट्रेलियामा १,४७९ नयाँ सङ्क्रमित पुष्टि हुँदै १७७ जना अस्पताल भर्ना छन् र १३ जनाको आइसियुमा उपचार भइरहेको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्


न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand