कोभिड-१९ अपडेट: भिक्टोरियामा कोड ब्राउन हट्यो, न्यु साउथ वेल्समा नर्सहरूको हडतालको तयारी

यो सोमबार १४ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Nurse preparing a COVID-19 vaccine.

Nurse preparing a COVID-19 vaccine. Source: AAP Image/Albert Perez

आजको अपडेट:

  • न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्यान्डमा समग्रमा २२ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्। यो यस हप्ताको सबैभन्दा कम दैनिक मृतक सङ्ख्या हो। 
  • भिक्टोरियाले राज्यको स्वास्थ्य प्रणालीबाट 'कोड ब्राउन' प्रतिबन्ध हटाएको छ। जनवरीमा ओमिक्रन सङ्क्रमण बढे पछि यो नियम करिब तीन हप्ता लागु भएको थियो। 
  • राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलेले यस प्रतिबन्धलाई सुरक्षित रूपमा हटाइए तापनि अस्पतालहरू "निकै व्यस्त" हुने शुक्रबार बताएका हुन्। 
  • अहिले भिक्टोरियामा कोरोनाभाइरसको उपचारमा ४६५ जना अस्पताल भर्नामा छन्। जनवरी १७ मा यो सङ्ख्या अत्यधिक १,२२९ मा पुगेको थियो। 
  • भिक्टोरियाली स्वास्थ्य विभागको जानकारी अनुसार बुस्टर खोप लगाएका मानिसहरूको तुलनामा खोप नलगाएका मानिसहरू आइसियुमा पुग्ने जोखिम ३४ गुना बढी हुन्छ। 
  • क्वीन्सल्यान्डमा विद्यालयहरू पहिलो हप्ताको लागि पुनः खोलिए पछि सङ्क्रमणमा कुनै किसिमको ठूलो वृद्धि नभएको राज्यकी स्वास्थ्य मन्त्री यिभेट डाथले बताएको छिन्। 
  • क्वीन्सल्यान्ड सरकारले राज्यमा सङ्क्रमित र अस्पताल भर्नाको सङ्ख्या घट्ने क्रम जारी रहेमा दैनिक कोरोनाभाइरस जानकारी प्रदान गर्न बन्द गर्ने बताएको छ। 
  • न्यु साउथ वेल्समा मङ्गलबार बिहान ७ बजेदेखि नर्सहरू हडतालमा उत्रिने बताइएको छ। यो एक दशक पछि पहिलो पटक हुन गइरहेको हो। 
  • उनीहरूले बिरामीको सङ्ख्या अनुसार नर्सको सङ्ख्या हुनु पर्ने र तलब बढाइनु पर्ने माग गरिरहेका छन्। हाल बिरामीहरूको हेरचाहका पर्याप्त नर्सहरू नरहेको अवस्था छ। 

कोभिड-१९ सम्बन्धी पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा १,६४९ जना कोरोनाभाइरसका कारण अस्पताल भर्ना रहेका छन्, भने १०० जना आइसियुमा छन्। पछिल्लो २४ घण्टे गणना अवधिमा राज्यमा ६,१८४ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै १४ जनाको ज्यान गएको छ। 

भिक्टोरियामा ४६५ जना अस्पतालमा छन्, जस मध्य ६६ जना आइसियुमा र १८ जनालाई भेन्टिलेटरमा राखिएको छ। ७,१०४ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै २ जनाको ज्यान गएको छ। 

क्वीन्सल्यान्डमा ३,७५० नयाँ सङ्क्रमित पुष्टि हुँदै ६ जनाको मृत्यु भएको छ। ५१४ जनाको अस्पतालमा उपचार भइरहेको छ र ४१ जना आइसियुमा छन्। 

टास्मेनियामा ४०८ नयाँ सङ्क्रमण फेला परेला छन्। १२ जना अस्पतालमा छन् जस मध्य एक जनाको आइसियुमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा कसैको पनि सङ्क्रमणका कारण मृत्यु भएको छैन। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ३७५ नयाँ सङ्क्रमितका साथै कसैको पनि सङ्क्रमणका कारण ज्यान गएको छैन।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now