SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: बुस्टर खोप लगाउने समय अवधि घटाएर ४ महिना बनाइने

यो २४ डिसेम्बर २०२१, शुक्रबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW COVID-19 testing in Redfern
NSW COVID-19 testing in Redfern Source: AAP Image/MICK TSIKAS

2 min read

Published

Updated

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • मानिसहरूले कोभिड-१९ खोपको दुवै मात्रा लगाएको ४ महिना पछि बुस्टर खोप लगाउन पाउने सङ्घीय सरकारले घोषणा गरेको छ। अस्ट्रेलियाको खोप नियामक सम्बन्धी प्राविधिक समितिको (अटागी) सल्लाह अनुसार यसो बताइएको हो। 
  • जनवरी ४ तारिख देखि ४ महिनामा बुस्टर खोप लगाउन पाउने, र जनवरी ३१ तारिखदेखि ३ महिनाको अन्तरालका बुस्टर लगाउन पाउने स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताएका छन्। 
  • सङ्क्रमितका सङ्ख्या 'सबै भन्दा महत्त्वपूर्ण विषय नरहेको' तर यसले मानिसहरूलाई बुस्टर खोप लगाउन प्रोत्साहित गर्न सक्ने प्रमुख स्वास्थ्य अधिकारी पल केलीले बताएका छन्। 
  • न्यु साउथ वेल्समा आज शुक्रबारदेखि आफ्नो घरबाहेक अन्य भवन भित्रका स्थानमा जनवरी २७ सम्म अनिवार्य मास्क लगाउनु पर्ने नियम लागु भएको छ। डिसेम्बर २७ देखि जनवरी २७ सम्म आतिथ्य उद्योगका स्थानहरूमा प्रत्येक दुई वर्ष मीटरमा एक जना व्यक्ति उपस्थित हुन पाउने छन्, र सबैले अनिवार्य रूपमा क्यू-आर चेक इन गर्नु पर्ने हुन्छ। 
  • भिक्टोरियाले बिहीबारदेखि मास्क सम्बन्धी झनै कडा नियम लागु गरेको छ भने, वेस्टर्न अस्ट्रेलियामा २८ डिसेम्बरसम्म सबै भवन भित्रका स्थान र नाइटक्लबहरूमा मास्क लगाउन पर्ने हुन्छ। 
  • भिक्टोरियामा एक उडानका कर्मचारीहरू आइसोलेसनमा बस्नु परे पछि आज क्रिसमस ईभको दिनमा यात्रामा ढिलाइ भएको छ। 
  • पर्थमा कोरोना भाइरस सङ्क्रमणको जोखिममा रहेका स्थानहरू बढेका छन्। उक्त सङ्क्रमण लहर क्वीन्सल्यान्डका एक जना सङ्क्रमित यात्रुबाट सरेको हो कि होइन भनी अधिकारीहरूले पत्ता लगाउने कोसिसमा रहेका छन्। 

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा ५,६१२ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि हुनुका साथै एक जनाको मृत्यु भएको छ। 

भिक्टोरियामा २,०९५ सामुदायिक सङ्क्रमण र ८ जनाको मृत्यु भएको छ। 

क्वीन्सल्यान्डमा ५८९, अस्ट्रेलियन क्यापिटल टेरिटरीमा १०२ र टास्मेनियामा २७ वटा केसहरू फेला परेका छन्। 


विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now