कोभिड १९ अपडेट: न्यु साउथ वेल्समा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा वृद्धि हुने सम्भावना र भिक्टोरियाको सङ्क्रमण 'उत्कर्ष नजिक'

यो जनवरी १७, २०२२ को कोरोनाभाइरस अपडेट हो।

Victorian Chief Health Officer Brett Sutton addresses the media during a press conference in Melbourne.

Victorian Chief Health Officer Brett Sutton addresses the media during a press conference in Melbourne. Source: AAP


  • न्यु साउथ वेल्समा बढ्दै गएका सामुदायिक सङ्क्रमणका बिच कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्ख्यामा वृद्धि देखिन सक्ने राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले चेतावनी दिएकी छन्।
  • न्यु साउथ वेल्समा आज १९ जनाको सङ्क्रमणका कारण निधन भएको छ भने अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढेको छ। सघन उपचार कक्षमा उपचार गराउनेको सङ्ख्यामा पनि वृद्धि देखिएको छ।
  • मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टले ओमिक्रन विरुद्ध “सुरक्षाको स्तर बढाउन बुस्टर महत्त्वपूर्ण” रहेको बताएकी छन्। उनका अनुसार गएका दुई दिनमा निजी जाँच केन्द्रमा सङ्कलित नमुना मध्ये ९५ प्रतिशतमा ओमिक्रन भेरीएन्ट पुष्टि भएको छ।
  • भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले समुदायमा पहिचान हुन नसकेका केसहरूका बाबजुद राज्यका सङ्क्रमण सङ्ख्या चाडै नै “उत्कर्षको बिन्दुमा” पुग्ने बताएका छन्।
  • क्वीन्सल्याण्डको एक तथ्याङ्कले बुस्टर सहितको खोपको तिन मात्रा लगाएका मानिसको तुलनामा खोप नलगाएका मानिसहरू अस्पतालको सघन उपचार कक्षमा भर्ना हुने सम्भावना २४ गुणा बढी हुने देखाएको छ।
  • अस्ट्रेलियाको उपभोक्ता हित सम्बन्धी संस्था (एसीसीसी) ले एन्टीजेन किटको निरन्तर मूल्यवृद्धि देखिँदा चिन्तित रहेको बताएको छ।
  • एएसीसीसीले डिसेम्बर २४ तारिख यता मूल्यवृद्धि सम्बन्धी परेका १,८०० उजुरीहरूका बारेमा विश्लेषण गरेको बताएको छ। हाल औसत १५० रिपोट पर्ने गरेको संस्थाको भनाई छ।
  • भिक्टोरियामा बहुसांस्कृतिक समुदाय माझ खोपका बारेमा सचेतना अभिवृद्धि गर्न १२ लाख अस्ट्रेलियन डलर बराबरको कार्यक्रमको सुरुवात गरिएको छ। आठ वटा सामुदायिक संस्थाहरूले भाषागत समर्थन प्रदान गर्नेछन् भने अनलाइन, खोप केन्द्र र सपिङ सेन्टरहरूमा पुगी मानिसहरूसँग साक्षात्कार गर्नेछन्।
  • सङ्घीय सरकारले अस्थायी रूपमा टेलिफोन वा भिडियो कल मार्फत- इनपेसेन्ट टेलिहेल्थ सेवाको सुरुवात गर्ने भएको छ। जसमा चिकित्सकहरू मार्फत जटिल विशेषज्ञ परामर्श र लामा टेलिफोन परामर्श, ३० जुन सम्म उपलब्ध गराइनेछ।
  • कोभ्याक्स नामक विश्वव्यापी खोप कार्यक्रमबाट हालसम्म विभिन्न मुलुकमा १ अर्ब खोप उपलब्ध गराइएको छ, यद्यपि ४० प्रतिशत विश्व जनसङ्ख्यामा खोप पुगेको छैन।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा आज २९,५०४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जनाको मृत्यु ।

भिक्टोरियामा २२,४२९ जनामा सङ्क्रमण र ६ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा १५,१२२ जनामा सङ्क्रमण, ७ जनाको मृत्यु।

टास्मेनियामा १,०३७ जनामा सङ्क्रमण पुष्टि।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Share

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now