मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा कोभिड-१९ सङ्क्रमण सङ्ख्यामा भारी वृद्धि
- मेलबर्नमा ४५० भन्दा बढी सङ्क्रमणको जोखिम रहेका स्थानहरू सार्वजनिक
- क्वीन्सल्याण्डमा सङ्क्रमित अवस्थामा कोही पनि समुदायमा सक्रिय नभएको
- एसीटी मा ७ सक्रिय संक्रमणका मामिलाहरू
न्यु साउथ वेल्स
न्यु साउथ वेल्समा कोभिड-१९ का थप ४६६ नयाँ मामिलाहरू दर्ता भएका छन् भने सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।
ज्यान गुमाउनेहरूमा खोप नलगाएकी ४० वर्ष माथि कि एक महिला, खोप लगाएका र पहिले देखि नै स्वास्थ्य समस्या भएका एक ७० वर्ष माथिका पुरुष रहेका छन्। त्यस्तै खोप नलगाएका ८० वर्ष माथिका एक पुरुष र ७० वर्ष माथिकी अर्की एक महिला रहेका छन्।
कम्तीमा पनि ६८ जना सङ्क्रमित अवस्थामा समुदायमा सक्रिय रहेका थिए।
न्यु साउथ वेल्सको डब्बोमा २६ नयाँ सङ्क्रमण दर्ता भएका छन् भने हन्टर न्यु इंग्ल्याण्ड रिजनमा १६ नयाँ मामिला थपिएका छन्। यसैबिच आर्मिडेलमा जारी लकडाउन थप एक हप्ताका लागी लम्ब्याइएको छ।
शनिवार बिहान कोभिड-१९ बारे पछिल्लो जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लीयनले यो महामारी सुरु भए देखिकै सबै भन्दा चिन्ताजनक दिन भएको बताएकी छन्।

साथै सङ्क्रमण बढ्न नदिन भन्दै न्यु साउथ वेल्समा प्रतिबन्धहरूमा थप कडाइ गरिने भएको छ। जस अन्तर्गत जरिवानामा वृद्धि साथै यात्रा गर्न पाउने दुरीलाई पनि १० किलो मिटर बाट घटाएर ५ किलोमिटर बनाइएको छ।
होम क्वारेन्टिनको नियमलाई उल्लङ्घन गर्ने, अनुमतिका सम्बन्धमा ढाँटेमा वा सङ्क्रमणको सम्पर्कमा आएकाहरूबारे जानकारी लिने अधिकारीहरूलाई ढाँटेको पाइएमा र दुई जनाले मात्र सँगै व्यायाम गर्न पाउने नियम उल्लङ्घन गरेको पाइएमा तत्काल ठुलो रकमको जरिवाना तिराइनेछ।
सम्पूर्ण बृहद सिड्नी भरि घरबाट ५ किलोमिटरको दुरीमा मात्र यात्रा गर्न पाइने भएको छ भने सार्वजनिक स्वास्थ्य निर्देशनलाई उल्लङ्घन गर्नेहरूलाई ५,००० डलर जरिवाना तिराइने भएको छ। बृहद सिड्नीबाट बाहिर जानका लागि यात्रा छुटको लागी आवेदन हाल्नु पर्ने हुन्छ।
सोमबार १६ अगस्त देखि लागु हुने गरी उच्च सतर्कतामा रहेका १२ स्थानीय सरकार क्षेत्रका बासिन्दाहरूले व्यायामका गर्न र बालबच्चालाई रेखदेख गर्न मात्र बाहिर निस्कन सक्ने छन् तर मनोरञ्जनका लागी भनी घर बाहिर जान पाउने छैनन्। एक्लै बस्नेहरूले भेट्न अर्को एक व्यक्तिलाई भेट्न पाउने व्यवस्था 'सिङ्गल बबल' का लागी nsw.gov.au मा रजिस्टर गर्नु पर्ने हुन्छ।
प्रहरी प्रमुख आयुक्त मिक फुलरले थप प्रहरी र थप ५०० सेनाहरू नियम पालना गरेको सुनिश्चित गर्न खटाइने बताएका छन्।
भिक्टोरिया
भिक्टोरियामा २१ नयाँ स्थानीय सङ्क्रमण दर्ता भएका छन्। जसमध्ये ३ वटा अहिले देखिएकै मामिलाहरूसँग सम्बन्धित नरहेको पाइएको छ। त्यस्तै १० जना सङ्क्रमित अवस्थामा समुदायमा सक्रिय रहेका थिए।
मेलबर्नको च्याडस्टोन शपिंग सेन्टरलाई कोभिड -१९ सङ्क्रमण जोखिम भएको स्थान घोषित गरिएको छ। अहिले मेलबर्नमा ४५० भन्दा बढी यस्ता जोखिम युक्त स्थानहरू रहेका छन् जसमध्ये हाइपोइन्ट शपिंग सेन्टर र अन्य धेरै ठुला अपार्टमेन्टहरू पनि रहेका छन्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
पछिल्लो २४ घण्टामा अस्ट्रेलियाभर
क्वीन्सल्याण्डले ६ नयाँ सामुदायिक सङ्क्रमणहरू रेकर्ड गरेको छ जुन अहिलेकै मामिलाहरू सँग सम्बन्धित रहेको छ भने सङ्क्रमित सबै जना सङ्क्रमित समयमा क्वारेन्टिनमा बसेका थिए।
राजधानी एसीटीमा एक नयाँ स्थानीय सङ्क्रमण पुष्टि भएको छ। यसका साथ एसीटीमा अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ७ पुगेको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।



