कोभिड–१९ अपडेट: ऱ्यापिड एन्टीजेन परीक्षणको मूल्यका बारेमा हजारौँ उजुरी पछि प्रहरीले अनुसन्धान गर्ने

यो मंगलबार १ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Vifaa vya vipimo vya rapid antigen vyatolewa ndani ya boxi

Vifaa vya vipimo vya rapid antigen vyatolewa ndani ya boxi Source: AAP


  • अस्ट्रेलियाको उपभोक्ता हित सम्बन्धी संस्था एसिसिसिमा ऱ्यापिड एन्टीजेन परीक्षणको मूल्यका विषयमा दैनिक सय भन्दा बढी उजुरी परेपछि यस्ता खुद्रा बिक्रेतालाई कारबाही गर्न प्रहरीलाई सिफारिस गरिएको छ।
  • एसिसिसिका अनुसार खुद्रा मूल्य पाँच देखि १० डलरसम्म पर्ने यस्ता किटहरू २० देखि ३० डलरमा बेचेको पाइएको र कतिपयले ७० डलर सम्ममा पनि बेचेको पाइएको बताएको छ।
  • २० करोड ९० लाख अस्ट्रेलियन डलर बराबरको कार्यक्रम अन्तर्गत बृद्धास्याहार केन्द्रका कर्मचारीहरूले दुई किस्तामा गरी बढीमा आठ सय प्रोत्साहन भुक्तानी पाउने प्रधानमन्त्रीले घोषणा गरेका छन्। युनियनहरूले भने प्रधानमन्त्रीको यो घोषणा राजनीतिक चाल भनेर प्रतिक्रिया दिएका छन्।
  • भिक्टोरियाको सरकारले विभिन्न स्थानमा बालमैत्री पप–अप खोप केन्द्रहरू स्थापना गर्ने भएको छ, सुविधाहरूबाट वञ्चित बालबालिकाहरूमा खोप दर बढाउने उद्देश्यले मेलर्वन स्थित चिडियाखाना तथा एक्वेरियम जस्ता बालमैत्री स्थानहरू खोप केन्द्र खोलिने बताइएको छ।
  • अस्ट्रेलियन ओलम्पिक खेलाडी ताहली गिलले आफ्नो टोलीकी साथी डीन हेविट सँग ओलम्पिक प्रशिक्षण कार्यक्रममा पुन: सहभागिता जनाउने भएकी छन्। बेईजिङ्गमा उत्रिएपछि कोभिड-१९ परीक्षण गर्दा पोजेटिभ पाइएपछि खेलमा सहभागी हुने विषयमा अन्यौलता बढेको थियो। उनीहरू दुबैको रिपोर्ट पछिल्लो समय नेगेटिभ आएको छ।
  • पछिल्लो चार दिनमा ओलम्पिकमा सहभागीताका लागि गएका ११९ जनामा कोभिड–१९ सङ्क्रमण पाइएको छ।
  • न्युजील्याण्डको मन्त्रीपरिषद्ले देशको सीमा खोल्ने बारेमा आज टुङ्गो लगाउने भएको छ। हाल घर फिर्ता आउने नागरिकहरूले होटेल क्वारीनटीनमा १० दिन बिताउनु पर्ने नियम रहेको छ।

कोभिड-१९ पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा आज १२,८१८ जनामा सङ्क्रमण पुष्टि भएको छ। आज कोभिड-१९ का कारण राज्यमा ३० जनाको मृत्यु भएको छ भने राज्यका अस्पतालहरूमा २,७४९ जना सङ्क्रमितको उपचार भइरहेको छ, १८३ जना सघन उपचार कक्षमा छन् भने ७० जनालाई भेन्टिलेटरको आवश्यकता परेको छ।

भिक्टोरियामा ११,३११ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ। राज्यमा ८५१ जना अस्पतालमा उपचार गराइरहेका छन् भने १०६ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

क्वीन्सल्याण्डमा ७,५८८ जनामा सङ्क्रमण, १० जनाको मृत्यु, राज्यमा अस्पताल भर्ना हुनेको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ, अघिल्लो दिन ७४४ रहेकोमा बढेर यो सङ्ख्या ८६१ पुगेको छ।

साउथ अस्ट्रेलियामा १,२६६ जनामा सङ्क्रमण पुष्टि, तिन जनाको मृत्यु र २७७ जना अस्पतालमा छन् भने २२ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

टास्मेनियामा ६९९ नयाँ केस दर्ता, १६ जनाको अस्पतालमा उपचार हुँदै र एक जना सघन उपचार कक्षमा।

एसीटीमा ५२२ सङ्क्रमण र शून्य मृत्यु।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now