कोभिड-१९ अपडेट : ४० लाख भिक्टोरियावासीले पूर्ण खोप लगाए, न्यु साउथ वेल्समा सामुदायिक खेल सुचारु

यो २३ अक्टोबर २०२१, शनिवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW Premier Dominic Perrottet has announced a $25m boost for community sport

NSW Premier Dominic Perrottet has announced a $25m boost for community sport. Source: AAP

 

मुख्य बुँदाहरू:

  • चालिस लाख भिक्टोरिया निवासीले खोपको पूर्ण मात्रा लगाए
  • न्यु साउथ वेल्स प्रिमियरद्वारा दक्षता र श्रमिकहरूको अभाव  'वास्तविक चुनौती' भएको बताए 
  • घरेलु भन्दा अन्तर्राष्ट्रिय उडान टिकट बढी बिक्री भएको क्वान्टसको भनाइ 

 

भिक्टोरिया 

 

भिक्टोरियाका बासिन्दाहरू राज्यको छैठौँ लकडाउन सकिएको पहिलो बिहानीमा ब्युझीरहँदा राज्यमा थप १, ७५० नयाँ कोरोनाभाइरस सङ्क्रमण र नौ मृत्यु दर्ता गरिएको छ।

 

अहिले ७७० बिरामीहरू अस्पतालमा भर्ना भएका छन्। जसमध्ये १४४ जना सघन उपचार कक्षमा र ९० जना भेन्टिलेटरमा रहेका छन्।

अधिकारीहरूले आउँदा साताहरूमा सङ्क्रमण सङ्ख्या अहिले सम्मकै उच्च बिन्दुमा पुग्ने अनुमानका बिच सचेत गराएका छन्। 

 

भिक्टोरियाका कोभिड-१९ कमान्डर जेरोइन वेमरले अहिले ४० लाख भन्दा बढी राज्यवासीहरूले खोपको दुवै मात्रा लगाएर राज्यलाई प्रतिबन्धहरू खुकुलो बनाउने मार्गमा अगाडी बढ्न झन् दृढ बनाएको बताएका छन्। 

 

न्यु साउथ वेल्स 

 

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ३३२ नयाँ सङ्क्रमण दर्ता भएका छन् भने दुई जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

 

शुक्रवार साँझ अधिकारीहरूले कोरोनाभाइरस सङ्क्रमण भेटिएका विद्यालयहरूमा तत्काल नै सफाई र सम्पर्कमा आएकाहरूको पहिचान गर्न विद्यालयहरू बन्द गराइएको बताएका छन्।

 

प्रिमियर डोमिनिक पेरोटेले ग्रामीण क्षेत्रहरूमा दक्षता र श्रमिकहरूको अभाव भएको कुरालाई सम्बोधन गरेका छन्। विशेष गरी हस्पिटालिटी क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई उनले 'वास्तविक चुनौती' भएको बताएका छन्।

 

साथै उनले सो उद्योगले २०० प्रतिशत वृद्धि गरे पनि कामदारहरूको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको पनि बताए। 

 

राज्य सरकारले सामुदायिक खेलकुदका लागी २ करोड ५० लाख डलरको सहयोग प्याकेजको घोषणा गरेको छ। 

 

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा 

 

  • क्वान्टसका प्रमुख एलन जोयसले आफ्नो एयरलाइन्सले उडानहरू सुचारु गर्ने निर्णय पश्चात् 'अभूतपूर्व प्रतिक्रिया' र 'विशाल' माग पाएको बताएका छन्।

 

धेरै उडानहरू केही घण्टाको अन्तरालमा नै पूर्णतया बिक्री भएका छन्। र जोयसका अनुसार घरेलु भन्दा अन्तराष्ट्रिय उडानहरूका टिकट बढी बिकेको पनि बताए। 

 

  • एसीटीमा थप २४ नयाँ सङ्क्रमण दर्ता गरिएको छ भने क्वीन्सल्याण्डमा शून्य मामिला रह्यो। 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now