SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: वेस्टर्न अस्ट्रेलियाका बासिन्दालाई नि:शुल्क ऱ्यापिड एन्टीजेन परीक्षण

यो सोमबार २८ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

코로나19 신속 항원 검사/ RAT Test kit being used.
Source: iStockphoto

2 min read

Published

Updated



Skip to article content

आजको अपडेट

वेस्टर्न अस्ट्रेलिया

  • वेस्टर्न अस्ट्रेलियाले राज्यका बासिन्दाहरूलाई नि:शुल्क ऱ्यापिड एन्टीजेन परीक्षण किटहरू दिने योजना सुचारु गरेको छ। प्रत्येक घरलाई पाँच वटा किट दिइने छ। 
  • उक्त राज्यका बासिन्दाहरूले ती नि:शुल्क किट लिन जानलाई या आफ्नो घरमा कसैले पुराउनलाई अनलाइनमा आवेदन दिन सक्छन्, या 13 COVID लाई १३ २६८४३ मा सम्पर्क गर्न सक्छन्। यस नम्बरमा फोन गर्दा दोभाषे सेवाहरू पनि उपलब्ध छन्। 

न्यु साउथ वेल्स

  • न्यु साउथ वेल्समा सोमबार २८ फेब्रुअरीदेखि हाइ स्कुलका विद्यार्थी तथा कर्मचारीहरूले फेस मास्क लगाउन अनिवार्य छैन। हरेक घरलाई आठ वटा नि:शुल्क ऱ्यापिड एन्टीजेन परीक्षण किटहरू दिइएका छन्, जुन अभिभावकको अनुमति साथ मात्र प्रयोग गरिनु पर्दछ।

भिक्टोरिया

  • भिक्टोरियामा आजदेखि सबै वैकल्पिक शल्यक्रियाहरू गर्न पाइने भएको छ। 
  • भिक्टोरियालीहरूले पीसीआर परीक्षणको नतिजा पर्खँदा ४५० डलरको कोभिड-१९ आइसोलेसन भुक्तानी माग गर्न पाउने भोलि मार्च १ तारिखमा अन्तिम दिन हुने छ। ऱ्यापिड एन्टीजेन परीक्षणहरू बढ्दै जाँदा यस भुक्तानीको माग कम भइरहेको छ। 

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्समा ५,८५६ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै पछिल्लो २४ घण्टे गणना अवधिमा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको छ। १,१३६ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य ५५ जना आइसियुमा छन्। 

भिक्टोरियामा ५,८५२ नयाँ सङ्क्रमणसँगै तीन जनाको ज्यान गएको छ। २८३ जना अस्पताल भर्नामा छन् र ४२ जना आइसियुमा छन् जस मध्य सात जना भेन्टिलेटरमा रहेका छन्। 

टास्मेनियामा ७३४ नयाँ सङ्क्रमित पुष्टि भएका छन्। ११ जना अस्पताल भर्ना छन् र कोही पनि हाल आइसियुमा छैनन्। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ४६४ नयाँ सङ्क्रमित पुष्टि हुँदै एक जनाको ज्यान गएको छ। ४४ जना अस्पतालमा छन्। 

क्वीन्सल्यान्डमा ३,३१२ नयाँ सङ्क्रमित पुष्टि भएका छन् र एक जनाको ज्यान गएको छ। ३११ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य २५ जना आइसियुमा छन्। 



कोभिड-१९ खोपका बारेमा तपाईँको भाषामा जानकारी 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम


विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्। थप जानकारी यहाँ उपलब्ध छ। 

कोभिड-१९ सम्बन्धी शब्दावली नेपाली तथा अन्य भाषामा पाउन यहाँ थिच्नुहोस्


६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now