कोभिड-१९ अपडेट: ग्रामीण न्यु साउथ वेल्स बासिन्दालाई कोभिड जाँच गर्न आग्रह, भिक्टोरियाले दैनिक मामिलाहरूमा नयाँ रेकर्ड बनायो

यो शनिवार, २५ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

the South Western Sydney Vaccination Centre, at Macquarie Fields

People are seen arriving at the South Western Sydney Vaccination Centre, at Macquarie Fields, Sydney, Friday, September 24, 2021. Source: AAP Image/Dan Himbrechts

मुख्य बुँदाहरू:

  • कोभिड-१९ सङ्क्रमितबारे जानकारी नआएका न्यु साउथ वेल्स ग्रामीण क्षेत्रका केही स्थानहरूमा भाइरसका अवशेष फेला
  • भिक्टोरियामा अहिले ७,६११ सक्रिय सङ्क्रमित
  • एसीटीले दर्ता गर्‍यो ३२ नयाँ स्थानीय सङ्क्रमण

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ हजार ७ नयाँ स्थानीय सङ्क्रमण पुष्टि गरिएको छ। जसमध्ये ५२२ केसहरू दक्षिण पश्चिम र पश्चिम सिड्नीका रहेका छन्।

थप ११ जनाले सङ्क्रमणबाट ज्यान गुमाउँदा पछिल्लो डेल्टा सङ्क्रमणका कारण मृत्यु हुनेहरूको कुल सङ्ख्या २८८ पुगेको छ भने कोभिड सङ्क्रमण पहिलो पटक देखिए देखि अहिले सम्म ३४४ जनाको मृत्यु भैसकेको छ।

राज्यका दक्षिण पूर्वी ट्यामवर्थ, सुदूर पश्चिमी ड्यारेटन र बालरेनल्ड त्यस्तै मध्य पश्चिमी ओबेरोन र दक्षिण तटीय क्षेत्रहरू हन्टरको डंगग र इडन को ढलको नमुना परीक्षण गर्दा भाइरसका अवशेष भेटिएको छ।

तर ती क्षेत्रहरूमा अहिले सम्म कोभिड सङ्क्रमण भएको बारे जानकारी नआएकाले सतर्कता अपनाउन भनिएको छ। त्यसका लागी  उत्तर देखि दक्षिण सम्मका ग्रामीण न्यु साउथ वेल्सका बासिन्दाहरूलाई कोभिड जाँच गर्न आग्रह गरिएको छ।

आज खोप लगाउने मिति तय गर्न यहाँ क्लिक गर्नुहोस्।

भिक्टोरिया

भिक्टोरियामा ८४७ नयाँ स्थानीय सङ्क्रमणहरू दर्ता गरिएको छ जसमध्ये ७९ प्रतिशत सङ्क्रमित ५० वर्ष मुनिका रहेका छन्। त्यस्तै सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ।

राज्यको पहिलो कोभिड-१९ रोडम्याप अनुसारको लक्ष यो सप्ताह अन्त्य सम्म नपुग्ने भए पछि मेलबर्नवासीले प्रतिबन्धहरू बाट छुटकारा पाउन अझै केही दिन पर्खनु पर्ने भएको छ।

१६ वर्ष माथिका ८० प्रतिशतलाई खोप को कम्तीमा पनि पहिलो मात्रा दिइसक्ने राज्य सरकारको लक्ष पुरा हुन ३.७ प्रतिशतको कमी रहेको छ।

अधिकारीहरूले सम्पूर्ण राज्यवासीलाई शनिवार राति हुने एएफएल को फाइनल खेल अवधिमा घरमै बस्न आग्रह गरेका छन्।

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाका अन्य स्थानमा

राजधानी एसीटीमा पछिल्लो २४ घण्टामा थप ३२ नयाँ सङ्क्रमण पुष्टि गरिएको छ।

क्वीन्सल्याण्डमा घरमा क्वारेन्टिनमा रहेको अवस्थामा एक सामुदायिक सङ्क्रमण दर्ता गरिएको छ जुन सन्नीब्याङ्क सङ्क्रमणसँग नै सम्बन्धित रहेको बताइएको छ। सन्नीब्याङ्क मामिलासँग नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको सङ्ख्याले अहिलेसम्ममा २,००० नाघेको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now