Explainer

कोभिड-१९ अपडेट: “पुरा मात्रा खोप”को परिभाषा परिवर्तन, अब तीन डोज खोप लगाएको हुनुपर्ने

यो, ११ फेब्रुअरी, शुक्रवारको सङ्क्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Federal Health Minister Greg Hunt

Federal Health Minister Greg Hunt Source: AAP

आजको अपडेट:

  • खोपका लागि अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह (अटागी)ले  “पूर्ण मात्रा खोप” लगाएको सट्टा “खोप अद्यावधिक रहेको” वाक्यांश प्रयोगका लागि सिफारिस गरेको छ।

  • अस्ट्रेलियामा बसोबास गर्ने १६ वर्ष माथिका मानिसहरूको कोभिड-१९ खोप "अद्यावधिक रहेको" जनाउन उनीहरूले बुस्टर डोज लगाएकै हुनुपर्नेछ।

  • सोह्र वर्षभन्दा कम उमेरका मानिसहरूको हकमा भने दुई मात्रा खोपलाई नै "अद्यावधिक रहेको" मानिने छ।

  • हाललाई यस प्रकारको परिभाषाले अन्तर्राष्ट्रिय सीमाबाट आउने मानिसहरूलाई नछुने पनि बताइएको छ। उनीहरूका हकमा कोभिड-१९ खोपका दुई मात्रा लगाएको चाहिँ प्रमाण हुनुपर्नेछ।

  • मार्चको अन्तिम साताबाट अटागीको यो पछिल्लो सिफारिस लागू हुनेछ।

  • सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार वृद्ध स्याहार केन्द्रमा काम गर्ने मानिसहरूका लागि बुस्टर डोज खोप अनिवार्य गरिनेछ।

  • शुक्रवार जारी गरिएको सरकारी आँकडाहरू अनुसार अस्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड र साउथ अस्ट्रेलिया गरेर पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट कुल ४८ मानिसहरूले ज्यान गुमाएका छन्।

  • साउथ अस्ट्रेलियामा गए रात यता केही प्रतिबन्धहरू खुकुलो पारिएका छन् र पब, क्लब र रेस्टुरेन्टहरूको ग्राहक क्षमता अभिवृद्धि गरिएको छ।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

  • पछिल्लो गणना अवधिमा न्यु साउथ वेल्सको स्वास्थ्य विभागले राज्यभरका अस्पतालहरूमा १,७१६ जना कोभिड-१९ सङ्क्रमणका कारण भर्ना रहेको बताएको छ।

  • राज्यले हिजो राती आठ बजेसम्ममा कोरोनाभाइरस सङ्क्रमणका कारण थप १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने थप ८,९५० मानिस सङ्क्रमित भएको बताएको छ।

  • भिक्टोरियाली अस्पतालहरूमा ५५३ जना कोभिड-१९ का बिरामीहरु हाल भर्ती छन् जसमा ८२ जनाको सघन उपचार भइरहेको छ। ती ८२ जना मध्ये २३ लाई भेन्टिलेटरमा राखिएको पनि स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाई छ।

  • मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले १३ राज्यवासीहरूलाई कोरोनाभाइरसका कारण गुमाएको छ भने ८,५२१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

  • यसै गरी क्वीन्सल्यान्डले पछिल्लो २४ घण्टामा कोभिड-१९ सङ्क्रमणबाट १४ राज्यवासीलाई गुमाएको छ भने ५,९७७ जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेको छ। राज्यभरका अस्पतालहरूमा ५८४ जना कोरोनाभाइरस बिरामीहरूको उपचार भइराखेको बताइएको छ जसमा ४५ जना आइसियुमा भर्ती छन्।

  • टास्मेनियामा थप ५५२ नयाँ मामिलाहरू दर्ता भएका छन्। हाल कोभिड-१९ सङ्क्रमित १६ टास्मेनियालीहरुको अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १ आइसियुमा छन्।

  • साउथ अस्ट्रेलियाको हकमा भने पछिल्लो गणना अवधि भित्र थप दुई कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ, २१० जना बिरामीहरूको अस्पतालमा उपचार भइरहेको छ जसमा १६ जना सघन कक्षमा छन्।

  • आज प्रकाशित तथ्याङ्क अनुसार साउथ अस्ट्रेलियाका थप १,४४५ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्


न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand