SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: ओमिक्रन भेरिएन्ट अस्ट्रेलियामा देखा परेपछि राष्ट्रिय मन्त्रीपरिषद्को बैठक आह्वान

यो २९ नोभेम्बर २०२१, सोमवारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Travellers look at a flight information notice board at Cape Town International Airport as restrictions on international flights take effect 28 Nov 2021
Travellers look at a flight information notice board at Cape Town International Airport as restrictions on international flights take effect 28 Nov 2021. Source: AAP

2 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

प्रधानमन्त्री स्कट मोरिसनले आगामी ४८ घण्टा भित्र बस्ने गरी राष्ट्रिय मन्त्रीपरिषद्को बैठक बोलाएका छन्।

कोभिड-१९ को नयाँ र द्रुत रूपमा सङ्क्रमण फैलिने बताइएको ओमिक्रन भेरिएन्टको प्रभाव बारे समिक्षा गर्न, उनले बैठकको आह्वान गरेका हुन्।

राष्ट्रिय मन्त्रीपरिषद्को बैठकमा देशभरका राज्य तथा प्रादेशिक सरकार प्रमुखहरू सम्मिलित हुने प्रचलन छ।

यसअघि, साउथ अफ्रिकाबाट सिड्नी ओर्लिएका दुई यात्रुहरु नयाँ भेरिएन्टबाट सङ्क्रमित रहेको पुष्टि भएको थियो।

हाल अफ्रिकी महादेशको दक्षिणी भेगका नौ देशहरूबाट आउने गैर-नागरिक यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ।

सङ्घीय स्वस्थ्य मन्त्री ग्रेग हन्ट भन्छन् कि यात्रा प्रतिबन्धहरू लगयात अन्य आवश्यक कदमहरु चाल्नु अधि सरकारले स्वास्थ्य सल्लाह लिनेछ।

आगामी डिसेम्बेर १ तारिकदेखि मान्यता प्राप्त खोपका दुवै मात्रा लगाएका भिसा वाहक, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियालले आफ्नो ढोका खोल्ने तयारी गरिरहेको सन्दर्भमा हन्टको उक्त भनाई आएको हो।

योसँगै सरकारले खोपबारे आफूलाई सल्लाह दिने निकाय - अटागीलाई बुस्टर डोज लगाउने समयसिमा समिक्षा गर्न आग्रह गरेको छ।

विश्वमा नयाँ भेरिएन्ट फैलँदै गर्दा मोरिसन सरकारले अटागीलाई उक्त अनुरोध गरेको हो।

हाल अस्ट्रेलियामा मानिसहरुले दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएपछि मात्र बुस्टर डोजका लागि योग्य हुन्छन्।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now