Explainer

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा जारी लकडाउन अर्को चार साताका लागि लम्बियो

यो २८ जुलाई २०२१, बुधवारको अस्ट्रेलियामा कोरोनाभाइरसको अवस्थाबारेको अपडेट हो।

Bentleigh Secondary College students are seen returning to school as COVID-19 restrictions are eased across Victoria, in Melbourne, Wednesday, July 28, 2021.  (AAP Image/Daniel Pockett) NO ARCHIVING

Bentleigh Secondary College students are seen returning to school as COVID-19 restrictions are eased across Victoria, in Melbourne, Wednesday, July 28, 2021. Source: AAP Image/Daniel Pockett

न्यु साउथ वेल्स

प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आगामी अगस्ट २८ तारिख, शनिवारसम्मका लागि बृहत् सिड्नी लगायत वलङगङ र ब्लु माउन्टेन्समा हाल जारी लकडाउन लम्ब्याइएको घोषणा गरेकी छिन्।

मङ्गलवार बेलुकी आठ बजेसम्मको गणना अवधिमा थप १७७ जना कोभिड-१९ बाट सामुदायिक रूपमा सङ्क्रमित भएको पुष्टि गर्दै उनले लकडाउनको समय सीमा बढेको जानकारी सार्वजनिक गरेकी हुन्।

प्रिमियर बेरिजिक्लियनका अनुसार ती १७७ जना म‌ध्ये ४६ जना समुदायमा सक्रिय थिए।
राज्यमा डेल्टा प्रकोप सुरू भए यता आज सार्वजनिक गरिएको सङ्क्रमित सङ्ख्या सबैभन्दा ठुलो हो।

यसका साथै न्यु साउथ वेल्समा थप एक जनाले कोरोनाभाइरसका कारण आफ्नो ज्यान गुमाएका छन्।

र, योसँगै राज्यमा हालसम्म पछिल्लो प्रकोपका कारण ११ जनाको मृत्यु भइसकेको छ।
लकडाउन लम्ब्याइनुका साथै प्रतिबन्धहरूमा केही परिमार्जन समेत गरिएको छ।

अब लकडाउन लागू भएका क्षेत्रका मानिसहरू किनमेलका लागि आफू बसेको ठाउँबाट १० किलोमिटरभन्दा पर जान पाउने छैनन् र यस्ता खरिददारी कार्य केवल अत्यावश्यक वस्तुका लागि मात्र हुनुपर्ने पनि उनले बताएकी छिन्।

आज घोषणा गरिएको परिवर्तित नियमहरू अनुसार फेयरफिल्ड काउन्सिल क्षेत्रमा बसोबास गर्ने र वृद्ध स्याहार एवं स्वास्थ्य सेवामा कार्यरत मानिसहरू र क्यान्टबरी-ब्याङ्क्सटाउन इलाकामा बसोबास गर्ने अत्यावश्यक कर्मचारीहरूले मात्र अब हरेक तीन-तीन दिनमा कोरोनाभाइरसको परीक्षण गराउनुपर्नेछ।

अहिलेलाई लकडाउनमा रहेका प्रमुख आठ काउन्सिल क्षेत्र बाहेकका मानिसहरू हाल बसोबास नगर्ने घर तथा भवन निर्माण कार्य पनि पुनः सञ्चालन गर्न पाइने पनि सरकारी भनाइ छ।

आठ काउन्सिलहरू:

  • कम्बरल्यान्ड,
  • क्याम्बेलटाउन,
  • क्यान्टबरी-ब्याङ्क्सटाउन,
  • प्यारामाटा,
  • फेयरफिल्ड,
  • ब्ल्याकटाउन,
  • जोर्जेस रिभर र
  • लिभरपूल
ग्लाडिस बेरिजिक्लियनका अनुसार लकडाउन क्षेत्र बाहिर रहेका आवासहरूमा पनि मर्मत कार्यहरू गर्न “ट्रेडी”हरूलाई छूट दिइने छ तर यसरी काम गर्न जाँदा ती घरमा बस्ने मानिसहरूको सम्पर्कमा कामदारहरू आउन हुँदैन।

प्रिमियरले अगस्ट १६ तारिख, सोमवारदेखि १२ कक्षामा अध्ययनरत विद्यार्थीहरू पठन-पाठनका लागि स्कुल हातामा फर्किने समेत आजको कोभिड-१९ पत्रकार सम्मेलनका क्रममा बताएकी छिन्।

यसरी कक्षाकोठामा फर्किनु अगाडी हाल लकडाउनमा परेका आठ काउन्सिल क्षेत्रका विद्यार्थीहरूलाई भने फाइजरद्वारा निर्मित खोप दिइने पनि बताइएको छ।


बेरिजिक्लियनले एक्लै बस्ने मानिसहरूका लागि “बबल” नीति अवलम्बन गरिन लागिएको पनि घोषणा गरेकी छिन्।

उनी भन्छिन् कि एक्लै बसोबास गर्ने मानिसहरूले आफूलाई भेट्न आउन एक अर्को मानिसलाई मनोनीत गर्न सक्नेछन् र यो व्यवस्था आगामी चार हप्ताका लागि हुनेछ।

साथै, मनोनीत साथी ती लकडाउनमा रहेका आठ काउन्सिल क्षेत्रमा १० किलोमिटर परिधि भित्र बसोबास गर्ने हुनुपर्ने पनि प्रिमियरको भनाई छ।

ती आठ काउन्सिलभन्दा बाहिर बस्ने एकल मानिसहरूले पनि आफूलाई भेट्न आउने साथी मनोनीत गर्न सक्नेछन् तर यस्ता मनोनीत व्यक्ती पनि माथि उल्लेखित आठ काउन्सिल क्षेत्र भन्दा बाहिर नै बसोबास गरिरहेको हुनुपर्नेछ।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले हाल राज्यभर १६५ बिरामीहरू कोरोनाभाइरसका कारण अस्पतालमा भर्ती रहेको जानकारी दिएकी छिन् - जसमध्ये ५६ जना सघन उपचार कक्षमा र २२ जना भेन्टिलेटरमा रहेको पनि उनको भनाई छ।

यसै गरी गए रात थप एक महिलाको कोभिड-१९ का कारण मृत्यु भएको पनि डा चान्टले बताइन्।

उनका अनुसार खोप नलगाएकी ती ९० वर्षभन्दा बढी उमेरकी वृद्धालाई २४ जुलाईका दिन परीक्षण गर्दा कोरोना सङ्क्रमण भएको पत्ता लागेको थियो।

भिक्टोरिया

राज्यका अधिकारीहरुले गएका २४ घण्टामा थप आठ सामुदायिक सङ्क्रमण केसहरू पुष्टि भएको बताएका छन्।

भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार बुधवार घोषणा गरिएका सबै सङ्क्रमित मानिसहरू आइसोलेसनमा नै रहेका थिए।

तर, केही बेर अघि भने मूनी भ्याली स्थित एक परीक्षण केन्द्रमा कार्यरत एक कर्मचारीमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरिएको छ।

यो पछिल्लो सङ्क्रमण मामिला बारे थप बताउँदै फोलीले सोमवार साँझ कोरोनाभाइरस सङ्क्रमणका लक्षण देखा परेका व्यक्ती मूनी भ्याली रेसकोर्समा कार्यरत रहेको र हिजो मङ्गलवार उनको परीक्षण भएको जानकारी दिएका छन्।

हाल ती ट्राफिक कन्ट्रोलरका रूपमा काम गरेका मानिससँगै कार्यरत अन्य सबै कर्मचारीहरूलाई घर पठाइएको पनि उनको भनाई छ।



मेलबर्नमा आज बिहान आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री फोलीले यस पछिल्लो घटनाक्रमबाट उक्त परीक्षण केन्द्रमा आएका मानिसहरूलाई निकै कम जोखिम रहेको पनि बताएका छन्।

तर, छानबिन कै क्रममा रहेकाले यसबारे समुदायलाई सतर्क रहन पनि आग्रह गरेका छन्।

राज्यका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर ब्रेट सटनले भने उक्त परीक्षण केन्द्रमा कोरोनाभाइरस सङ्क्रमित कोही मानिस आएका थिए कि भनेर आफूहरूले छानबिन गरिरहेको बताएका छन्।

उनले भिक्टोरियामा लकडाउन अन्त्य भएता पनि जोखिम अझै नटरिसकेको पनि उल्लेख गरेका छन्।

डा सटन भन्छन् कि मानिसहरूले स्वास्थ्य नियमहरू बारे चनाखो रहिरहनुपर्छ।

हाल राज्यमा कायमै रहेका नियममा भवन बाहिर र भित्र दुवै स्थानहरूमा मास्क अनिवार्य रूपमा पहिरिनुपर्ने पनि छ।

गएका २४ घण्टा अस्ट्रेलियामा

क्विन्सल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङले एक मालवाहक पानीजहाजका २१ मध्ये १९ कर्मचारीहरूमा कोभिड-१९ सङ्क्रमण भेटिएको पुष्टि गरेकी छिन्।

ती १९ मध्येका एक जना भने ब्रिसबेनको समुदायमा छ दिनसम्म सक्रिय रहेको पनि उनको भनाई छ।

साउथ अस्ट्रेलियामा लगातार दोस्रो दिन कुनै पनि सङ्क्रमणका मामिला नभेटिएको राज्यका अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री स्कट मोरिसनले पनि आज केही थप आर्थिक सहयोगहरुको घोषणा गरेका छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा जारी लकडाउन अर्को चार साताका लागि लम्बियो | SBS Nepali