SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: नयाँ लहरकाबीच सङ्घीय स्वास्थ्य मन्त्रीद्वारा प्रतिबन्ध र लकडाउनको सम्भावनालाई इन्कार

यो ८ जुलाईको कोरोनाभाइरस अपडेट हो।

NSW Police and Defence Force members on a compliance patrol at Campsie in Sydney, Thursday, August 19, 2021. NSW is racing to vaccinate as many people as quickly as it can as the daily COVID-19 case numbers spiral higher despite nearly eight weeks of lock
Queensland is encouraging older residents and immunosuppressed people to wear face masks until the end of August. (file) Source: AAP Image/Joel Carrett

2 min read

Published



Skip to article content

शुक्रवारका दिन अस्ट्रेलियामा कम्तीमा पनि ३५ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुने मध्ये १३ जना क्वीन्सल्याण्डबाट, नौ जना भिक्टोरियावासी र न्यु साउथ वेल्सका सात जना रहेका छन्।

न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड, भिक्टोरिया, टास्मेनिया र अस्ट्रेलियन क्यापिटल टेरीटरीमा कोरोनाभाइरस सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ हेर्नुहोस्।

स्वास्थ्य मन्त्री मार्क बटलरले एबिसिसँगको कुराकानीमा सङ्क्रमण सङ्ख्या बढे तापनि अस्ट्रेलियामा मास्कको अनिवार्यता, लकडाउन र प्रतिबन्ध जस्ता कुराहरू लागु गर्ने सम्भावना नरहेको बताएका छन्।

बटलरले 'अस्ट्रेलिया मास्क जनादेश, लकडाउन लगायतका चीजबाट पर गइसकेको' बताएका छन्। यद्यपि उनले मास्क लगाउने र समाजीक दुरी अपनाउने कुरामा स्वयं जिम्मेवार हुनु पर्ने बताए।

नयाँ र गम्भीर प्रकारका कोभिड–१९ का भेरीएन्टहरु पत्ता लगाउन राष्ट्रिय विज्ञान अनुसन्धान केन्द्रले (सिएसआइआरओ) मेसिन लर्निङ्ग टुलको विकास गरेको छ।

उक्त नयाँ अध्ययनबाट मानिसको शरीर भित्र नयाँ भेरीएन्टले कस्तो असर गर्छ भनेर पत्ता लगाउन सकिन्छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थले आफ्नो प्रतिवेदनमा आदिवासी अस्ट्रेलियालीहरुलाई ओमिक्रन भेरीएन्टबाट गम्भीर रोग लाग्ने सम्भावना अन्य अस्ट्रेलियाली भन्दा १.४ प्रतिशतले बढी रहेको देखिएको बताएको छ।

भिक्टोरिया सरकारले सङ्क्रमण रोक्नका लागि विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरुलाई निःशुल्क १५ वटा ऱ्यापिड एन्टीजेन परीक्षण किट बाढ्ने भएको छ। विशेष विद्यालयका हकमा भने थप १५ वटा यस्ता किट उपलब्ध गराइनेछन्।

क्वीन्सल्याण्ड सरकारले वृद्ध मानिस र कम रोग प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई अगस्टको अन्त्यसम्म फेस मास्क लगाउन अनुरोध गरेको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now