SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा अस्पताल भर्ना हुनेको सङ्ख्यामा भारी वृद्धि भिक्टोरियामा भने नियम खुकुलो हुँदै

यो २० जुन २०२२ को कोरोनाभाइरस अपडेट हो।

The exterior of St Vincent’s Hospital is seen at Darlinghurst in Sydney, Monday, December 27, 2021.  (AAP Image/Mick Tsikas) NO ARCHIVING
NSW has been seeing a rise in hospitalisation and ICU admissions over the past three weeks. (file) Source: AAP Image/Mick Tsikas

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सोमबार अस्ट्रेलियामा कम्तीमा पनि ११ जनाको कोभिड-१९ का कारण ज्यान गएको छ। जसमध्ये न्यु साउथ वेल्स र साउथ अस्ट्रेलिया प्रत्येकमा पाँच जनाको, साथै वेस्टर्न अस्ट्रेलियामा पहिले नै भएका २ मृत्युहरू दर्ता गरिएको छ।

न्यु साउथ वेल्समा अस्पताल भर्ना हुने र सघन उपचार कक्षमा राखिनेहरूको सङ्ख्यामा पछिल्लो तिन हप्तादेखि वृद्धि भएको देखिएको छ।

सोमबार अस्पताल भर्ना हुनेहरूको सङ्ख्या १ हजार ४ सय ७० रहेको छ, जुन महिनाको २ तारिखमा भने यो सङ्ख्या १ हजार ६६ रहेको थियो।

सघन उपचार कक्षमा भर्ना हुनेको सङ्ख्या पनि २८ बाट बढेर ५८ पुगेको छ।

त्यसै गरी क्वीन्सल्याण्डमा पनि अस्पताल भर्ना हुनेको सङ्ख्या बढेको छ।

भिक्टोरियामा अहिले लागु भएको कोभिड-१९ सम्बन्धी प्रतिबन्धहरू शुक्रवार २४ जुन मध्यरातबाट खुकुलो हुँदै छ।

सङ्क्रमितहरूले सात दिन सम्म आइसोलेसनमा बस्नु परे पनि आफ्ना घरका सदस्यहरूलाई विद्यालय वा काममा छोड्नका गाडीमा जान र गाडीबाट बाहिर ननिस्की घर फर्कन पाउन छन्।

उनीहरूले कोभिड जाँच र अन्य आपतकालिन अवस्थामा स्वास्थ्य सेवा लिनका लागि पनि घर छोड्न पाउने छन्। 

यात्रुहरूले विमानस्थलको टर्मिनलमा मास्क लगाउनै पर्ने व्यवस्थालाई पनि हटाइएको छ।

यद्यपि सार्वजनिक यातायात, ट्याक्सी,  त्यस्तै अरूसँग यात्रा गरिने सवारीसाधन , विमानका साथै अस्पताल र स्याहार केन्द्रहरू जस्ता संवेदनशील स्थानहरूमा भने मास्क लगाउनु पर्ने छ।

 शिक्षा, खाद्य वितरण गर्ने क्षेत्र, मासु, सी फुड प्रशोधन र क्वारेनटिनको वासस्थान व्यवस्थाको क्षेत्रमा काम गर्ने कामदारहरूले खोपको तेस्रो खोप लगाउनै पर्ने बाध्यकारी व्यवस्था पनि हटाइएको छ।

तर सङ्क्रमणको जोखिममा रहेकाहरूसँग सम्पर्क आउनेहरूले भने कोभिड-१९ को तिन मात्रा खोप लगाएको हुनु पर्नेछ।

यो नियम आवासीय वृद्ध स्याहार केन्द्र र अशक्तता केन्द्रहरू, स्वास्थ्य स्याहार, कारागार र आपतकालिन सेवा र प्रहरीहरू मा लागू हुने छ।

आवासीय वृद्ध स्याहार केन्द्र र अशक्तता केन्द्रहरूमा भेट्न आउनेहरूको सङ्ख्यामा पनि कुनै सीमितता हुने छैन।

यसरी भेट्न आउनेहरूको त्यही दिन गरिएको र्याट टेस्टमा सङ्क्रमण देखिएको छैन भने त्यस्ता केन्द्रका बासिन्दाले जति जनालाई पनि भेट्न पाउने छन्।

एक नयाँ अध्ययनका अनुसार १८ वर्ष र सो भन्दा माथिका अस्ट्रेलियालीहरू मध्ये कम्तीमा पनि  १७ प्रतिशतमा कोभिड-१९ सङ्क्रमण देखिएको छ।

इम्युनाइजेसन रिसर्च एन्ड सर्भिलिएन्स (एनसीआइआरएस) र युनिभर्सिटी अफ न्यु साउथ वेल्स सिड्नीको अध्ययनले दर्ता भएका कोभिड-१९ सङ्क्रमण सङ्ख्या भन्दा कम्तीमा पनि दोब्बर मानिसहरू सङ्क्रमित भएको देखाएको छ।

अमेरिकाको द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले छ महिना सम्मका बालबालिकाहरूका लागि पनि कोभिड-१९ खोपलाई मान्यता दिएको छ।

अस्ट्रेलियामा भने पाँच वा सो भन्दा माथिका बालबालिकाले मात्र कोभिड-१९ खोप लगाउन स्वीकृति पाएका छन्

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now