- ऱ्यापिड एन्टीजेन पोजेटिभ आएका मानिसले सङ्क्रमण पुष्टिका लागि पिसिआर गर्नु नपर्ने बुधवारको राष्ट्रिय मन्त्रीपरिषद् बैठकको निर्णय।
- न्यु साउथ वेल्स र भिक्टोरियामा कोभिड-१९ सङ्क्रमितको अस्पताल भर्ना हुने सङ्ख्यामा उल्लेखनीय वृद्धि।
- बुधवार ८ बजे सम्मको गणना अवधिमा न्यु साउथ वेल्सका अस्पतालमा १,६०९ जना कोभिड–१९ का बिरामी भर्ना । यो सङ्ख्या अघिल्लो दिन १,४९१ रहेको थियो, १३१ जना सघन उपचार कक्षमा।
- भिक्टोरियामा ६३१ जना सङ्क्रमित अस्पतालमा ती मध्ये १०० जना सघन उपचार कक्षमा।
- क्वीन्सल्याण्डमा २८४ जना अस्पतालमा, १२ जना सघन उपचार कक्षमा।
- आज मध्यरातदेखि भिक्टोरियामा मानिसहरूको भेला हुने सङ्ख्याको सीमा तोकिने, एन्टीजेन परीक्षण रिपोट पोजेटिभ आए राज्यको स्वास्थ्य विभागमा अनिवार्य जानकारी गराउनु पर्ने।
- न्यु साउथ वेल्समा दुवै खोप लगाएको र अन्य कुनै स्वास्थ्य समस्या नभएका २० वर्ष उमेर समूहका एक मानिसको अस्पतालमा मृत्यु भएको स्वास्थ्य बिभागको भनाई।
- बेलायतले जनवरी ७ बाट दुवै खोप लगाएका र १८ वर्ष मुनीका मानिसहरूलाई पिसिआर रिपोर्ट बिना नै आफ्नो मुलुकमा प्रवेश दिने।
कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:
न्यु साउथ वेल्समा आज ३४,९९४ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु।
भिक्टोरियामा २१,९९७ जना कोभिड-१९ सङ्क्रमित र ६ जनाको मृत्यु।
क्वीनसल्याण्डमा १०,३३२ जनामा कोरोना सङ्क्रमण र एक जनाको मृत्यु।
टास्मेनियामा ७५१ जनामा सङ्क्रमण पुष्टि।
विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ।
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
