SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: आइसियु भर्नामा कमी, सार्वजनिक छुट्टीमा सङ्क्रमण बढ्ने विज्ञहरूको चेतावनी

यो बुधबार २६ जनवरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

A paramedic moving equipment outside St. Vincent's Hospital in Melbourne,
A paramedic moving equipment outside St. Vincent's Hospital in Melbourne. Source: AAP

2 min read

Published

Updated



Skip to article content

  • अस्ट्रेलियाका चार वटा राज्यहरूमा कोभिड-१९ का कारण आइसियुमा भर्ना हुनेहरूको सङ्ख्या घटेको छ। 
  • यी चार राज्य - न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड र टास्मेनियामा अस्पताल भर्ना हुनेहरूको सङ्ख्या पनि कम भएको छ। 
  • देशभर ७४ जनाको ज्यान गएको छ। 
  • जनवरी २६ को सार्वजनिक छुट्टीका कार्यक्रमका कारण आउँदा दिन र हप्तामा कोभिड-१९ सङ्क्रमण बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। 
  • न्यु साउथ वेल्समा महामारी सुरु भए यता समग्रमा अब १० लाख भन्दा बढी सङ्क्रमित दर्ता भइसकेका छन्, जसको आधा भन्दा बढी मानिसहरू पछिल्ला १५ दिनमा पुष्टि भएका हुन्। 
  • क्वीन्सल्यान्ड सरकारले वृद्ध बासिन्दाहरूलाई सजिलै कोभिड-१९ लाग्न सक्ने हुनाले भिडहरूमा नजान आग्रह गरेको छ। 
  • भिक्टोरिया सरकारले अस्ट्रेलियन ओपन खेलका लागि रङ्गशालाहरूमा टिकेट किनेर आउन मिल्ने दर्शकहरूको सङ्ख्यालाई ५०% बाट ६५% मा बढाएको छ। ५०% ठाउँ नभरिएका रङ्गशालाहरूका लागि मात्र यो कदम लागु हुने छ। 
  • बेलायती सङ्गीतकार एल्टन जोनले कोभिड-१९ सङ्क्रमित हुन पुगे पछि अमेरिकामा हुन गइरहेका आफ्ना दुई वटा बिदाइ कार्यक्रमहरू स्थगित गरेका छन्। 

कोभिड-१९ सङ्क्रमण सङ्ख्या:

न्यु साउथ वेल्समा २१,०३० जना सङ्क्रमित पुष्टि हुँदै २९ जनाको ज्यान गएको छ। २,७९४ जना अस्पताल भर्ना भएका छन् र १७५ जना आइसियुमा रहेका छन्। 

भिक्टोरियामा १३,५०७ सङ्क्रमण फेला पर्दै ३५ जनाको ज्यान गएको छ। अस्पतालहरूमा १,०८९ जना भर्ना हुँदै ११३ जना आइसियुमा छन्। 

क्वीन्सल्यान्डमा १३,५५१ सङ्क्रमित पुष्टि हुँदै ९ जनाको मृत्यु भएको छ। अस्पताल भर्ना हुनेहरूको सङ्ख्या ९२८ बाट घटेर ८८९ मा पुगेको छ र आइसियुमा रहेकाहरूको सङ्ख्या ५१ बाट ४७ मा घटेको छ। 

टास्मेनियामा ७१२ नयाँ सङ्क्रमित सँगै १ जनाको ज्यान गएको छ। २८ जना अस्पतालमा र दुई जना आइसियुमा छन्। 

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now