SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: तीनवटा राज्यमा आइसीयु भर्ना उकालो लाग्दै

यो बिहीबार २७ जनवरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Principal Glenn Butler takes delivery of Rapid Antigen Tests (COVID 19 Self Tests) at Mount View Primary School in Glen Waverley, Melbourne.
Principal Glenn Butler takes delivery of Rapid Antigen Tests (COVID 19 Self Tests) at Mount View Primary School in Glen Waverley, Melbourne. Source: AAP

2 min read

Published



Skip to article content

  • न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड र भिक्टोरियामा कोभिड-१९ का कारण आइसियुमा भर्ना हुने बिरामीको सङ्ख्या बढेको छ। 
  • बिहीबारको राष्ट्रिय मन्त्री परिषद्को बैठकमा विद्यालय पुनः खोलिने तयारी, खोप वितरण र आपूर्ति समस्याहरूको बारेमा छलफल गरिने बताइएको छ। 
  • ५ देखि ११ वर्ष उमेर समूहका केवल ३३.४% बालबालिकाले अहिलेसम्म कोभिड-१९ खोप लगाएका छन्। 
  • न्यु साउथ वेल्सका अधिकारीहरूले बासिन्दाहरूलाई समयमै आफ्नो बुस्टर खोप लगाउन आग्रह गरेका छन्। 
  • भिक्टोरियाली प्रिमियरका डानियल एन्ड्रुजका अनुसार राष्ट्रिय मन्त्री परिषद्ले पूर्ण खोप लगाएको मानिनका लागि तेस्रो खोप लगाउन अनिवार्य बनाउन सक्ने सम्भावना रहेको बताएका छन्। 
  • देशभर कोरोनाभाइरसका कारण ५९ जनाको ज्यान गएको छ। 
  • एचएमएएस एडिलेड नामक जहाजमा रहेका सहयोग सामाग्रीहरू कोभिड-१९ सुरक्षित हिसाबमा टोङ्गा पुराइएका छन्। उक्त जहाजका २३ जना कर्मचारीमा सङ्क्रमण देखा परेको थियो। 

कोभिड-१९ पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा १७,३१६ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै २९ जनाको ज्यान गएको छ। २,७२२ जना अस्पतालमा छन् जस मध्य १८१ जना आइसियुमा रहेका छन्। 

भिक्टोरियामा १३,७५५ नयाँ सङ्क्रमण सँगै १५ जनाको ज्यान गएको छ। १,०५७ जना अस्पताल भर्ना भएका मध्य ११७ जनाको आइसियुमा उपचार भइरहेको छ। 

क्वीन्सल्यान्डमा ११,६०० सङ्क्रमण र १५ जनाको ज्यान गएको छ। ८२९ जना अस्पतालमा छन् जस मध्य ४८ जना आइसियुमा रहेका छन्। 

साउथ अस्ट्रेलियामा १,९५३ सङ्क्रमण दर्ता हुँदै अस्पतालमा रहेकाको सङ्ख्या २८८ मा स्थिर छ भने मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा अहिलेसम्मको सबै भन्दा धेरै ७३ जना अस्पतालमा रहेका छन् भने आइसियुमा रहेकाको सङ्ख्या ५ बाट ४ मा झरेको छ। 

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ


विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now