कोभिड-१९ अपडेट: ८० प्रतिशतले खोप लगाए न्यु साउथ वेल्समा 'जीवन सहज हुने' र भिक्टोरियामा थप आर्थिक सहयोग उपलब्ध

यो आइतबार, ५ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Jamii zakwanza zapewa chanjo ya COVID-19 mjini Sydney

Wanachama wa jamii zawatu wa asili, wapokea chanjo za Covid-19 katika zahanati iliyo jenga katika kituo chakitaifa cha ubora wa asili. Source: AAP/Dan Himbrechts


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा ४० प्रतिशतले लगाए कोभिड-१९ खोपको दुबै डोज
  • भिक्टोरिया सरकार द्वारा जोखिममा रहेका समुदायका लागि थप आर्थिक सहायताको घोषणा
  • एसीटीमा १५ सामुदायिक सङ्क्रमण पुष्टि
  • क्वीन्सल्यान्डमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा थप १,४८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनुका साथै थप ३ जनाको उक्त भाइरसका कारण मृत्यु भएको छ।

गए राती ८ बजे सम्मको २४ घण्टामा उक्त सामुदायिक केस संख्या पुष्टि भएको अधिकारीहरुको भनाइ छ। साथै, हाल एक हजार जना भन्दा बढी मानिसहरुको राज्यका बिभिन्न अस्पतालहरुमा कोरोनाभाइरसका लागि उपचार भइरहेको जसमध्ये १७५ जना सघन उपचारमा र ती मध्ये ७२ जनाका लागि भेन्टिलेटर प्रयोग गरिएको पनि बताइएको छ।

प्रिमियर ग्लाडिस बेरेजिक्लियनका अनुसार न्यु साउथ वेल्समा अहिले सम्म कोरोनाभाइरस विरुद्धको खोपको दुवै डोज लगाइसकेका मानिसहरुको संख्या ४० प्रतिशत पुगेको छ भने ७३ प्रतिशत ले खोपको पहिलो डोज पाइसकेका छन्।

आजको पत्रकार सम्मेलनमा बोल्दै प्रिमियरले राज्यमा योग्य रहेका मानिसहरु मध्ये ८० प्रतिशत ले कोरोनाभाइरस विरुद्ध खोप लगाएपछि पुरै राज्य भर लकडाउन कहिले नगरिने पनि बताएकी छन्। तर आगामी १४ दिनमा कोरोनाभाइरसका केसहरु पनि अहिले सम्मकै सबै भन्दा धेरै रहन सक्ने चेतावनी पनि बेरेजिक्लियनको रहेको छ।

खोपको लागि आफ्नो नाम लेखाउन यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा गए २४ घण्टा भित्र कोरोनाभाइरसका १८३ स्थानीय केसहरुको पुष्टि भएका छन्। पछिल्ला केसहरु मध्ये १०१ जनाको चाहिं पुराना सङ्क्रमणहरुसंग सम्बन्ध रहेको अधिकारीहरुको भनाइ छ।

यसैक्रममा भिक्टोरिया सरकार द्वारा कोरोनाभाइरसका कारण जोखिमको अवस्थामा रहेका समुदायहरुको आर्थिक सहयोगका लागि २ करोड ७० लाख डलरको थप लगानी गरिने घोषणा गरिएको छ।

आफु नजिकको खोप वितरण केन्द्र खोज्न यहाँ हेर्नुहोस्।

अस्ट्रेलिया भर गए २४ घण्टा

  • एसीटीमा कोरोनाभाइरसका १५ स्थानीय केसहरुको पुष्टि, ती मध्ये १३ जनाको पुराना सङ्क्रमितहरुसंग सम्बन्ध रहेको। पछिल्ला सङ्क्रमित मध्ये ६ जना सङ्क्रामक अवस्थामा आइसोलेशनमा रहेको बताइएको छ।
  • क्वीन्सल्यान्डमा हिजो कोरोनाभाइरस पुष्टि भएका एक शिशु कि आमामा पनि गए चौबीस घण्टा भित्र सङ्क्रमण पुष्टि भएको छ।
  • पश्चिम अस्ट्रेलियाको सीमा खोलिनु अगाडी राज्यका ८० प्रतिशत योग्य निवासीहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएको आफुले हेर्न चाहेको राज्य सरकारको भनाइ।
How can I shop safely
Source: ALC

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now