कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सका लिज्मोर र अल्बरी आज साँझ ६ बजेदेखि लकडाउनमा जाने

यो बिहीवार, १६ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Albury

The regional LGAs of Lismore and Albury will go into a seven-day lockdown from 6pm tonight, 16 September 2021. Source: AAP Image/Lukas Coch

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्सका १२ रिजनल काउन्सिल क्षेत्र लकडाउन मुक्त,
  • भिक्टोरियामा प्रतिबन्धहरु केही खुकुलो र
  • एसीटीद्वारा कोभिड-१९ सहायताको दायरामा बृद्धि।

 

न्यु साउथ वेल्स

बुधवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,३५१ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा कोभिड-१९ सङ्क्रमणका कारण राज्यमा १२ जनाको ज्यान गएको पनि स्थानीय अधिकारीहरूले बताएका छन्।

यसरी मृत्यु हुनेको उमेर ४० देखि ९० वर्षसम्म रहेको र ती १२ जना मध्ये १० ले खोप नलाएको न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डको भनाई छ।

“यसले कोभिड-१९ कत्तिको गम्भीर छ भनेर देखाउँछ,” उनले भने।

“तपाईँले खोप लगाउनै पर्छ।”

हाल न्यु साउथ वेल्सका अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमणका कारण १,२३१ बिरामीहरु भर्ती छन् जसमध्ये २३१ जनाको सघन उपचार भइरहेको छ र तिनमा पनि १०८ लाई भेन्टिलेटरमा राखिएको छ।

उता, लिज्मोर र अल्बरी काउन्सिल क्षेत्रमा नयाँ सङ्क्रमणहरु देखा परेपछि ती स्थानीय सरकार क्षेत्रहरू लकडाउनमा जाने भएका छन्।

आज बेलुका ६ बजेदेखि सुरु हुने सो लकडाउन हाललाई एक साताका लागि लागू हुनेछ।

उता, आज १ बजेदेखि लकडाउनबाट बाहिर आएका रिजनल काउन्सिल क्षेत्रहरू यस प्रकार छन्:

बेगा, ब्लेनी, बोगन, काबोन, डनगग, फोर्ब्स, मस्वेलब्रूक, नाराब्रि, पार्क्स, सिङ्गलटन, स्नोवी, मोनारो र अपर हन्टर।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोभिड-१९ का थप ५१४ नयाँ सामुदायिक सङ्क्रमण दर्ता गरेको छ र योसँगै राज्यमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ४,३७० पुगेको छ।

यसै गरी आज भिक्टोरियाले कोरोनाभाइरस खोपको पहिलो मात्रा आफ्ना योग्य बासिन्दाहरूको ७० प्रतिशतले लगाइसक्ने बताईँदै गर्दा बृहत् मेलबर्न र रिजनल भिक्टोरिया भोलि १७ सेप्टेम्बरको मध्यरातदेखि हाल लागू प्रतिबन्धहरू केही खुकुलो पारिने प्रिमियर ड्यानिएल एन्ड्रुजको भनाई छ।

उनी भन्छन् कि खोपको पुरा मात्रा पाइसकेका बासिन्दाहरूले धेरैमा पाँच-पाँच जनाको समूहमा बाहिर खुल्लामा भेला हुन पाउनेछन् भने खोपै नलगाएका वा केवल पहिलो मात्रा लगाएका मानिसहरूको हकमा भने बढीमा दुई-दुई जनाको समूह जम्मा हुन पाउने गरी प्रतिबन्धहरूमा परिमार्जन गरिएको छ।

किनमेल र व्यायामका लागि हाल तोकिएको घरबाट पाँच किलोमिटरको परिधिलाई पनि बढाएर १० किलोमिटर बनाइएको एन्ड्रुजले बताएका छन्।

अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर

आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।

अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन। भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

*महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:* * बान्युल, * ह्युम, * मोरल्यान्ड, * बेसाइड, * किङ्गस्टन, * मर्निङ्टन पेनिनसुला, * बुरूनडारा, * नक्स, * निलुमबिक, * ब्रिमब्याङ्क, * मनिङ्घम, * पोर्ट फिलिप, * कार्डिनिया, * म्यारीब्नङ, * स्टनिङटन, * केसी, * मरून्डाह, * ह्वाइटहर्स, * डारेबिन, * मेलबर्न, * ह्विट्टलसी, * फ्र्याङ्क्सटन, * मेल्टन, * विन्डह्याम, * ग्लेन आइरा, * मोन्यास, * यार्रा, * ग्रेटर ड्यान्डेनङ, * मूनी भ्याली, * यार्रा रेन्जेस र * हब्सन बे। 

[link title="अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर" url="node/1827625"]

SBS News graphic
Source: SBS News

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले पछिल्लो २४ घण्टे गणना अवधिमा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १५ मामिलाहरू दर्ता गरेको छ।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती मध्ये कम्तीमा पनि आठ जना समुदायमा सक्रिय थिए।

एसीटी सरकारले कमनवेल्थ सरकारसँग मिलेर आफ्नो कोभिड-१९ बिजनेस सपोर्ट ग्रान्ट्स भनिने व्यापार-व्यवसाय सहायता अनुदानको दायरा बढाएको छ जसमा अब कोभिड-१९ पर्यटन, आवास सेवा प्रदायक, कला, समारोह आयोजना तथा सेवा-सत्कार अनुदानहरू थप गरिएका छन्, यसबारे थप जानकारी यहाँ छ 

नर्दर्न टेरिटरी

नर्दर्न टेरिटरीले नोभेम्बरको सुरुवाती दिनहरूसम्ममा आफ्ना योग्य बासिन्दाहरूको ८० प्रतिशतलाई कोभिड-१९ विरुद्ध खोपको दुवै मात्रा लगाइसक्ने लक्ष्य निर्धारण गरेको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Share

5 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now