कोभिड-१९ अपडेट: न्यु साउथ वेल्सको अरेन्ज र ग्लेन इन्नेसमा लकडाउन अन्त्य, भिक्टोरियामा रेकर्ड तोड दैनिक सङ्क्रमण सङ्ख्या

यो बिहीवार, २३ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Protesters are seen at a demonstration against mandatory Covid-19 vaccinations and a two week shutdown of the construction industry at the Shrine of Remembrance in Melbourne, Wednesday, September 22, 2021.  (AAP Image/James Ross) NO ARCHIVING

Protesters are seen at a demonstration against mandatory vaccinations and the construction industry shutdown in Melbourne, Source: AAP/James Ross

मुख्य बुँदाहरू:

  • ग्राफ्टनका स्थानीय बासिन्दालाई कोरोनाभाइरसका लक्षण देखा पर्नासाथ परीक्षणका लागि अगाडि आउन आग्रह,
  • भिक्टोरियामा ६,६६६ सक्रिय मामिला,
  • एसीटी लकडाउनको सातौं हप्तामा। 

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सले १,०६३ नयाँ स्थानीय सङ्क्रमण बुधवार बेलुका आठ बजेसम्मको गणना अवधिमा दर्ता गरेको छ।

सोही अवधिमा राज्यमा थप ६ जनाले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएको पनि स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

आजैदेखि लागू हुने गरी रिजनल न्यु साउथ वेल्सका अरेन्ज र ग्लेन इन्नेस काउन्सिल क्षेत्रहरू लकडाउन मुक्त हुनेछन् भने नारोमाइन आउँदो शनिवार - २५ सेप्टेम्बरदेखि लकडाउनबाट बाहिर आउने छ।

उता, उत्तरी न्यु साउथ वेल्सको ग्राफ्टनबाट सङ्कलन गरिएको ढलको नमुनामा भाइरस फेला परेपछि अधिकारीहरूले स्थानीय बासिन्दालाई कोरोनाभाइरसका लक्षण देखा पर्नासाथ परीक्षणका लागि अगाडि आउन भनेका छन्।

हालसम्म ग्राफ्टनमा कोभिड-१९ सङ्क्रमण देखिएको छैन।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टे अवधिमा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ७६६ नयाँ मामिला दर्ता गरेको छ।

गत साल महामारी सुरु भएदेखि राज्यमा एकै दिन पुष्टि भएको यो नै सर्वाधिक सङ्क्रमण सङ्ख्या हो।

प्रिमियर ड्यानिएल एन्ड्रुजका अनुसार सोही अवधिमा थप ४ भिक्टोरियालीको कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।

राज्य सरकारले आगामी अक्टोबर १८ तारिखसम्ममा राज्यमा एक लाख भन्दा बढी सङ्ख्यामा रहेका शिक्षक-शिक्षिका र चाइल्ड केयर सेन्टरका कामदारहरूले खोपको पहिलो मात्रा र नोभेम्बर २९ तारिखसम्ममा दुवै मात्रा लगाइसक्नु पर्ने बताएको छ।

स्वास्थ्य समस्याका भएकाहरूको हकमा भने छुटको व्यवस्था गरिएको पनि सरकारी भनाई छ।

उता, पूर्ण मात्रा खोप लगाएका भिक्टोरियालीहरु सिड्नीबाट आगामी ३० तारिखदेखि घर फर्कन सक्ने निर्णय पनि सरकारले गरेको छ।

त्यसरी घर फर्कने मानिसहरूले कोभिड-१९ परीक्षण गराउनु पर्ने छ जुन ७२ घण्टाभन्दा पुरानो हुनु नहुने र जसको नतिजा नेगेटिभ हुनुपर्ने पनि सर्त राखिएको छ।

भिक्टोरिया फर्केपछि भने ती राज्यवासीले आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टिन गर्नुपर्ने पनि बताइएको छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

देशकै राजधानी रहेको र सबैभन्दा सानो प्रदेशले पछिल्लो २४ घन्टे गणना अवधिमा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणको थप १६ नयाँ मामिला दर्ता गरेको छ।

योसँगै एसीटीमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या हाल ६७४ जना रहेको छ।

आजदेखि राज्यका १२ देखि ५९ वर्षसम्मका सबै मानिसहरूले आफ्नो स्थानीय औषधि पसलबाट मोर्डना खोप लगाउन सक्नेछन्।

पछिल्लो २४ घण्टा अस्ट्रेलिया वरिपरि

सङ्घीय पर्यटन मन्त्री डान टिहानले आगामी क्रिसमसदेखि अनिवार्य होटेल क्वारेन्टिन बिना नै अन्तर्राष्ट्रिय सीमा खोल्ने तयारीमा सरकार लागेको बताएका छन्।

उनका अनुसार खोप राहदानी वा भ्याक्सिन पासपोर्ट उक्त नयाँ प्रणालीको अङ्ग हुनेछ।

 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


4 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now