मुख्य बुँदाहरू:
- आज साँझ ५ बजेदेखि काउरा लकडाउनमा,
- भिक्टोरिया हजारौँको सङ्ख्यामा खोप उपलब्ध,
- एसीटीमा १२ देखि १५ वर्षका बालबालिकाका निमित्त फाइजर खोपको बुकिङ खुल्ला र
- नर्दर्न टेरिटरीमा पुगेका एक यात्रु कोभिड-१९ पोजेटिभ भएको पुष्टि।
न्यु साउथ वेल्स
आइतबार बेलुका आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरसको थप ९३५ नयाँ स्थानीय सङ्क्रमणहरू पुष्टि गरेको छ।
प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार सोही अवधिमा राज्यमा कोभिड-१९ का कारण थप चार जनाको मृत्यु भएको छ।
उनी भन्छिन् कि हालसम्म ५२.७ प्रतिशत योग्य राज्यवासीहरूले कोरोनाभाइरस विरुद्ध खोप लगाइसकेका छन्।
प्रिमियरका अनुसार आज साँझ ५ बजेदेखि उक्त क्षेत्रीय नगर लकडाउनमा जानेछ।
सेप्टेम्बर १३ तारिख यता सो शहर पुगेका सबै मानिसहरूलाई “स्टे-एट-होम” वा घरमा नै बस्ने नियमहरूको पालना गर्न आग्रह गरिएको छ।
अधिकारीहरूका अनुसार सो सङ्क्रमणको स्रोत हाललाई अज्ञात नै छ।
यसै गरी सुदूर पश्चिम न्यु साउथ वेल्स स्थित डारेटनको ढल प्रशोधन केन्द्रमा भाइरस भेटिएपछि स्थानीय समुदायलाई कोभिड-१९ सम्बन्धी लक्षणहरू देखा पर्नासाथ परीक्षणका लागि अगाडि आउन स्वास्थ्य अधिकारीहरूले भनेका छन्।
भिक्टोरिया
मध्यरातसम्मको २४ घण्टे अवधिमा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणको थप ५६७ नयाँ मामिलाहरू दर्ता गरेको छ।
सोही अवधिमा थप एक जना भिक्टोरियालीले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएको पनि स्थानीय अधिकारीहरूको भनाई छ।
प्रिमियर ड्यानिएल एन्ड्रुज भन्छन् कि एस्ट्राजेनेका खोपका ४,८०० र फाइजर खोपका २,००० भन्दा बढी अपोइन्टमेन्टहरू अझै उपलब्ध छन्।
अक्टोबरमा फाइजर खोप कमी रहन सक्ने राष्ट्रिय मन्त्रीपरिषद्को चेतावनी तर्फ इसारा गर्दै एन्ड्रुजले मानिसहरूलाई हाल उपलब्ध खोपका लागि बुकिङ गर्न भनेका हुन्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
गएको सातामा मात्र भिक्टोरियामा रेकर्ड तोड २९५,००० मानिसहरूले खोप लगाएका थिए।
यसै गरी भिक्टोरियाभरका औषधि पसलहरूले मोडर्ना खोप लगाइदिन सुरु गर्ने पनि ड्यानिएल एन्ड्रुजको भनाई छ।
उनी भन्छन् कि अबका केही दिनहरूमा नै मोडर्नाका हजारौँ मात्राहरू उपलब्ध हुनेछन्।
“यो एक सुरक्षित खोप हो, प्रभावकारी खोप हो,” उनले भने।
“यो एकदमै प्रभावकारी छ।”
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीले पछिल्लो २४ घण्टे गणना अवधिमा कोभिड-१९ का सात नयाँ सामुदायिक सङ्क्रमणका मामिलाहरू दर्ता गरेको छ।
मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार हालसम्म प्रदेशका ५५ प्रतिशत योग्य बासिन्दाहरूले कोभिड-१९ विरुद्ध खोपको दुवै मात्रा प्राप्त गरिसकेका छन्।
यसै गरी १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरूले एसीटी सरकारद्वारा सञ्चालित खोप केन्द्रहरूमा आजबाट खोपका लागि समय लिन सक्ने बताइएको छ।
क्वीन्सल्यान्ड
प्रिमियर अनास्टेसिया पलाशेले आफ्नो राज्यवासीहरूद्वारा हाल प्राप्त भोग चलन गर्न सफल रहेको स्वतन्त्रतालाई बचाइराख्न खोपको खपत बढ्नुपर्नेमा जोड दिएकी छिन्।
उनी भन्छिन् कि कोरोनाभाइरसका ठुला प्रकोपहरूबाट प्रभावित देशका दुई प्रमुख राज्यहरू - न्यु साउथ वेल्स र भिक्टोरियाका - सामान्य जनजीवन तर्फ फर्किने मार्गचित्रमा इङ्गित गरिएको भन्दा हाल क्वीन्सल्यान्डवासीहरू धेरै स्वतन्त्रता पाइरहेका छन्।
“खपत बढ्यो भने हामीले पछाडि जानु पर्दैन,” उनले भनिन्।
“हामी अगाडि बढ्न चाहन्छौँ।”
गएको सप्ताहान्तमा मात्रै क्वीन्सल्यान्डभर ५६,९०७ मात्रा खोप मानिसहरूलाई दिइएको राज्य सरकारद्वारा सार्वजनिक गरिएको आँकडामा उल्लेख छ।
यसका साथै क्वीन्सल्यान्डले पछिल्लो २४ घण्टे गणना अवधिमा कोभिड-१९ सामुदायिक सङ्क्रमणको एक मामिला दर्ता गरेको छ।
प्रिमियर पलाशेका अनुसार अन्य राज्यबाट आएका र हाल होटेल क्वारेन्टिनमा बसेका व्यक्तिमा उक्त स्थानीय सङ्क्रमण पुष्टि भएको हो।
नर्दर्न टेरिटरी
ब्रिसबेन विमानस्थल हुँदै नर्दर्न टेरिटरी पुगेका एक व्यक्तिमा परीक्षण पश्चात् कोभिड-१९ सङ्क्रमण पुष्टि गरिएको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
