SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: र्‍याट किटहरूमा कर कटौती र अभिभावकहरूले पाए होलिडे भाउचर

यो सोमबार ७ फेब्रुअरीको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Australian Treasurer Josh Frydenberg at Parliament House in Canberra, Thursday, December 16, 2021.
Australian Treasurer Josh Frydenberg at Parliament House in Canberra, Thursday, December 16, 2021. Source: AAP

3 min read

Published

Updated



Skip to article content

  • फेब्रुअरी २१ देखि अन्तराष्ट्रिय पर्यटकहरूका लागि अस्ट्रेलियाको सीमा खुल्ने प्रधानमन्त्रीले घोषणा गरेका छन्। करिब दुई वर्ष बन्द रहेको सीमा खुले पछि, अब पूर्ण खोप लगाएका यात्रुहरू देशमा भित्रन पाउने छन्। 
  • व्यक्ति तथा व्यवसायले कोभिड-१९ परीक्षण गर्दा हुने खर्च अब कर काट्न योग्य हुने ट्रेजरर जोश फ्राइडनबर्गले बताएका छन्। यो नियम काम जानको लागि र्‍याट या पीसीआर परीक्षण गर्दा हुने खर्चमा लागु हुने छ। मानिसहरूले सन् २०२१ को जुलाई १ देखि किनेका र्‍याट किट र पीसीआर गर्न पैसा तिरेको भए, त्यसमा कर फिर्ता पाउन सक्ने बताइएको छ। 
  • सोमबारदेखि केही राज्यहरूमा वैकल्पिक शल्यक्रियाहरू सुचारु हुने छन्। भिक्टोरियाका निजी अस्पताल तथा दिनमा सञ्चालन हुने केन्द्रहरूमा ५०% क्षमता अनुसार हुने छन्। न्यु साउथ वेल्समा केही सार्वजनिक अस्पतालका बिरामीहरूको निजी केन्द्रमा या क्षेत्रीय सार्वजनिक अस्पतालहरूमा उपचार गरिने छ।  
  • क्वीन्सल्यान्डका बासिन्दाहरूले राज्यका केही स्थलहरूमा चेक-इन गर्न नपर्ने, तर खोप लगाएको प्रमाण भने अनिवार्य देखाउनु पर्ने बताइएको छ। राज्य सरकारका अनुसार गत हप्ता क्वीन्सल्यान्डमा अहिलेसम्मकै धेरै ओमिक्रन सङ्क्रमण दर्ता भएको बताएको छ। 
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीले आफ्नो चेक-इन नियममा परिवर्तन ल्याएको छ। प्रदेशका केही ठाउँहरूमा शुक्रबार राति ११:५९ बजेदेखि चेक-इन गर्न अनिवार्य हुँदैन। 
  • न्यु साउथ वेल्सको गत वर्षका लकडाउनहरूमा आफ्ना बालबालिकालाई घरमा राखेर पढाएका अभिभावकहरूले सरकारको तर्फबाट छुट्टिको खर्च पाउने राज्यका प्रिमियरले बताएका छन्। प्रत्येक योग्य परिवारबाट एक जना व्यक्तिले सोमबारदेखि पाँच वटा ५० डलरका भाउचरहरू पाउने छन्। तिनलाई अक्टोबर महिनासम्म राज्यभर आवास या मनोरञ्जनका लागि प्रयोग गर्ने मिल्ने छ। 
  • क्वीन्सल्यान्डका विद्यार्थीहरू यस हप्तादेखि विद्यालय फर्किएका छन्। कोभिड-१९ महामारीका राज्यको यसपालिको शैक्षिक वर्ष दुई हप्ताले ढिलो भएको छ। 

पछिल्लो कोभिड-१९ तथ्याङ्क:

न्यु साउथ वेल्समा ७,४३७ नयाँ सङ्क्रमित पुष्टि हुँदै १४ जनाको ज्यान गएको छ। २,०९९ जना अस्पतालमा जस मध्य १३७ जना आइसियुमा छन्। 

भिक्टोरियामा ८,२७५ नयाँ सङ्क्रमित पुष्टि हुँदै ७ जनाको ज्यान गएको छ। ६३८ जना अस्पतालमा छन् र ७२ जना आइसियुमा छन्। 

क्वीन्सल्यान्डमा ४,७०१ नयाँ सङ्क्रमित र १९ जनाको ज्यान गएको दर्ता भएको छ। अस्पतालमा ६६३ जना छन् जस मध्य ४३ जना आइसियुमा रहेका छन्। 

टास्मेनियामा ४४३ नयाँ सङ्क्रमणसँगै १५ जना अस्पताल भर्नामा रहेका छन्। 

कोभिड-१९ का पछिल्ला प्रतिबन्धबारे जानकारी तपाईँको भाषामा यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now