SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: वेस्टर्न अस्ट्रेलियामा अत्यावश्यक कामदारहरूका लागि आइसोलेसन नियम खुकुलो

यो सन् २०२२ मार्च १० को सङ्क्षिप्त अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

Pre school teacher helping children to put on shoes indoors in cloakroom at nursery, coronavirus concept.
Children from year 3 must wear a face mask while indoor in Western Australia. Source: Getty Images / Halfpoint Images

2 min read

Published

Updated



Skip to article content

प्रमुख बुँदाहरू

आजबाट वेस्टर्न अस्ट्रेलियामा स्कूले विद्यार्थी र महत्त्वपूर्ण क्षेत्रका कामदारहरूका लागि आइसोलेसन नियमहरू खुकुलो भएको छ।

योसँगै कोभिड-१९ सङ्क्रमितको "क्लोज कन्ट्याक्ट" भनेर परिभाषित अत्यावश्यक कामदारहरू र स्कूले विद्यार्थीहरू आ-आफ्नो कार्यस्थल र विद्यालय जान सक्नेछन् तर यसका लागि उनीहरूको र्‍‍यापिड एन्टिजेन टेस्ट (र्‍याट) नतिजा नेगेटिभ आएको हुनुपर्नेछ।

राज्यको यातायात, खाद्य उत्पादन, सुपरमार्केटहरू, पेट्रोल स्टेसनहरू, कृषि, खानी, निर्माण, वृद्ध हेरचाह र विद्यालयहरू सहित खुद्रा व्यापार लगायतका कार्यस्थलहरूका कर्मचारीलाई अत्यावश्यक कामदार भनेर परिभाषित गरिएको छ।

वेस्टर्न अस्ट्रेलियाका शिक्षा मन्त्री सु एलेरीले यस कदमबाट आफ्नो राज्यमा सङ्क्रमण वृद्धि हुन सक्ने कुरा स्वीकार गरेकी छिन्।

यसैबिच विश्व स्वास्थ्य सङ्गठनका अनुसार पश्चिमी प्रशान्त राष्ट्रहरू बाहेक संसारभर नै कोरोनाभाइरस सङ्क्रमण दर र कोभिड-१९ सम्बन्धित मृत्युको सङ्ख्या घट्दै गएको छ।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्स: ९९१ जना अस्पतालमा भर्ती, ३९ आइसियुमा। बुधवार राती आठ बजेसम्मको गणना अवधिमा ४ को मृत्यु, १६,२८८ नयाँ केसहरू पुष्टि।

भिक्टोरिया: १८८ जना अस्पतालमा, ३२ आइसियुमा र ३ भेन्टिलेटरमा। पछिल्लो २४ घण्टामा ८ को मृत्यु, ७,७७९ थप सङ्क्रमित।

टास्मेनिया: १६ जना अस्पतालमा, ५ सघन उपचार कक्षमा। पछिल्लो २४ घण्टामा थप १,१६७ जनामा कोभिड-१९ पुष्टि।

अस्ट्रेलियन क्यापिटल टेरिटरी: अस्पतालमा ३७ जना भर्ती छन्, दुई जना सघन उपचार कक्षमा। पछिल्लो गणना अवधिमा थप ८२१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि।

क्वीन्सल्यान्ड: २५२ जना अस्पतालमा, १७ आइसियुमा। पछिल्लो २४ घण्टामा ५ को मृत्यु र थप ४,५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now