Explainer

कोभिड-१९ अपडेट: मेलबर्नको लकडाउन थप एक साताका लागि लम्बियो

Health staff monitor people after receiving a COVID-19 vaccination at the Royal Exhibition Building in Melbourne,

Health staff monitor people after receiving a COVID-19 vaccination at the Royal Exhibition Building in Melbourne, Tuesday, August 10, 2021. Source: AAP Image/Daniel Pockett

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्स रिजनल नगर डब्बो लकडाउनमा,
  • भिक्टोरियामा पाँच सङ्क्रमणका घटनाहरू बारे छानबिन जारी र
  • पूर्व योजना अनुसार नै उत्तरी क्वीन्सल्यान्डको पर्यटकीय नगरी केर्न्स लकडाउन मुक्त।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा मङ्गलवार बेलुका आठ बजेसम्मको गणना अवधिभर थप ३४४ जनामा सामुदायिक सङ्क्रमण पुष्टि गरिएको छ।

बुधवार बिहान सिड्नीमा पत्रकारहरूसँग बोल्दै प्रिमियर ग्लाडिस बेरिजिक्लियनले सो आँकडा सार्वजनिक गरेकी हुन्।

आज बताइएको सङ्क्रमितहरू मध्ये १४३ जना पुरा सङ्क्रमणकालीन अवधिभर नै आइसोलेसनमा रहेको पनि उनको भनाई छ।
प्रिमियर बेरिजिक्लियन भन्छिन् कि बाँकीका ३६ जना केही समय मात्र आइसोलेसनमा रहेका थिए भने कम्तीमा पनि अन्य ६५ जना समुदायमा सक्रिय रहेका थिए।

"हामीले केही दिन यता सङ्क्रमण सङ्ख्या बढिरहेको देखाका छौँ र यो क्रम जारी रहने हाम्रो अनुमान छ," उनले भनिन्।

हाल न्यु साउथ वेल्सका अस्पतालहरूमा ३७४ जना कोभिड-१९ बिरामीहरू भर्ती रहेका छन् जसमा ६२ जनाको उपचार सघन रूपमा भइरहेको छ।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टका अनुसार ती ६२ जना मध्ये कसैले पनि कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका थिएनन्।

उनी भन्छिन् कि पाँच बिरामीले खोपको पहिलो मात्रा लगाएका थिए भने बाँकी ५७ जनाले चाहिँ खोप लगाउन बाँकी थियो।

"तपाईँ हेर्न सक्नुहुन्छ कि खोपले काम गर्छ," उनले भनिन्।
"खोपको दुवै मात्रा लगाएका कोही पनि आइसियुमा छैनन्।"
यसै गरी, न्यु साउथ वेल्समा थप दुई जनाले कोरोनाभाइरसका कारण आफ्नो ज्यान गुमाएको पनि प्रिमियरले बताएकी छिन्।

उनका अनुसार मृत्यु हुनेमा एक ३० वर्ष कटेका एक पुरुष र ९० वर्ष माथिका एक वृद्ध छन्।

सिड्नीका अति कोरोना प्रभावित काउन्सिल क्षेत्रहरू - फेयरफिल्ड तथा क्यान्टेबरी-ब्याङ्क्सटाउनमा सङ्क्रमण सङ्ख्या घटिरहेता पनि अन्य इलाकाहरूमा सङ्क्रमितहरूको सङ्ख्यामा बढोत्तरी हुने क्रम जारी रहेकोमा ग्लाडिस बेरिजिक्लियनले चिन्ता व्यक्त गरेकी छिन्।

"बेसाइड, बर्वूड र भित्री पश्चिमी भागमा हामीले केस सङ्ख्याहरू बढिरहेको देखाका छौँ," उनले भनिन्।
हाल लकडाउनमा रहेका सिड्नी भन्दा बाहिरका रिजनल क्षेत्रहरू ट्यामवर्थ, आर्मिडेल र नर्दर्न रिभर्समा थप सङ्क्रमितहरू हाल नभेटिएता पनि हन्टर इलाकामा भने थप १४ सामुदायिक सङ्क्रमणका मामिलाहरूको प्रिमियर बेरिजिक्लियनले पुष्टि गरेकी छिन्।

उनी भन्छिन् कि हन्टरको लकडाउन यसै साता अन्त्य हुन सक्ने सम्भावना निकै कम रहेको छ।

उता, राज्यको अर्को रिजनल नगर डब्बो आज दिउँसो एक बजेदेखि लकडाउनमा गएको छ।

डब्बोमा कोभिड-१९ सामुदायिक सङ्क्रमणको दुई मामिलाहरू बाहिर आएपछि अधिकारीहरूले लकडाउनको घोषणा गरेका हुन्।

यस्तै, राज्य प्रहरीका डेपुटी कमिस्नर ग्यारी वारबोइजले आफ्नो विभाग बाइरन बे पुगेका एक सिड्नी निवासी सङ्क्रमित मानिसको बारेमा थप अनुसन्धान गरिरहेको बताएका छन्।

भिक्टोरिया

भिक्टोरियाले हिजो मङ्गलवार राती ११:५९ बजेसम्मको अवधिमा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप २० मामिलाहरू दर्ता गरेको छ।

यी मध्ये पाँच जना हाल जानकारीमा आइसकेका सङ्क्रमितहरूसँग सम्बन्धी नरहेको भिक्टोरियाली अधिकारीहरूको भनाई छ।

यस्तै छ सङ्क्रमित मानिसहरू आइसोलेसनमा नरहेको पनि बताइएको छ।
प्रिमियर ड्यानिएल एन्ड्रुज भन्छन् कि हाल मेलबर्नमा देखा परिरहेका सङ्क्रमणका कारण जारी लकडाउन थप एक सप्ताहका लागि लम्ब्याइएको छ।

यसअघि, भोलि बिहीवार अन्त्य हुने गरी एक साताका लागि अघिल्लो हप्ता उनले "स्न्याप लकडाउन"को घोषणा गरेका थिए।

अब फेरि समयावधिमा थपघट नभए, मेलबर्नमा जारी लकडाउन अगस्ट १९ तारिखमा अन्त्य हुने राज्यका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर ब्रेट सटनको अपेक्षा छ।

उनी भन्छन् कि परीक्षणका लागि अगाडी आउने र आइसोलेसनमा रहने मानिसहरूको सङ्ख्याका आधारमा लकडाउन सम्बन्धि निर्णय लिइनेछ।

क्वीन्सल्यान्ड

बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोरोनाभाइरस सङ्क्रमणका थप ४ घटनाहरू दर्ता गरेको छ।

आज बिहान ब्रिसबेनमा आयोजित कोभिड-१९ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यकी प्रिमियर अनास्टेसिया पलाशेले यसको पुष्टि गरेकी हुन्।

बुधवार बिहान घोषणा भएका सबै मामिलाहरू पनि इन्दूरूपिल्ली क्लस्टरसँगै सम्बन्धित रहेको उनको भनाई छ।

यसरी सङ्क्रमण पुष्टि भएका मानिसहरूमा एक जना चाहिँ ब्रिसबेन ग्रामर स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीको अभिभावक हुन् जो "होम क्वारेन्टिन"मा बसेको नवौँ दिनमा कोभिड-१९ पोजेटिभ देखिएका थिए।
यसै गरी अर्का एक विद्यार्थी पनि आइसोलेसनमा बसेको १० औँ दिनमा कोभिड-१९ पोजेटिभ भएको स्थानीय अधिकारीहरूको भनाई छ।

बाँकीका दुई केसहरूमा एक ब्रिसबेन गर्ल्स ग्रामर स्कुलमा अध्ययनरत छात्रा र आइरनसाइड स्टेट स्कुलमा पढ्दै गरेका विद्यार्थीहरू रहेका छन्।

उता, केर्न्समा हाल जारी लकडाउन आज दिउँसो ४ बजेदेखि अन्त्य हुने पनि प्रिमियर पलाशेले घोषणा गरेकी छिन्।
खोप नलगाएका भनिएका एक ६० वर्षीय ट्याक्सी चालकमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएयता गत तीनदेखि उत्तरी क्वीन्सल्यान्ड स्थित उक्त पर्यटकीय नगरी लकडाउनमा थियो।

लकडाउनको अन्त्य भएता पनि मास्कको अनिवार्य प्रयोग लगायत कडा प्रतिबन्धहरू जारी नै रहने पनि स्थानीय अधिकारीहरूले बताएका छन्।

राज्यकी स्वास्थ्य मन्त्री युभेट डी'आथ राज्यवासीहरूलाई खोप लगाउन आग्रह गर्दै भन्छिन् कि ६० प्रतिशत क्वीन्सल्यान्डवासीहरुले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा पनि लगाएका छैनन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड-१९ अपडेट: मेलबर्नको लकडाउन थप एक साताका लागि लम्बियो | SBS Nepali