SKIP TO MAIN CONTENT

कोभिड- १९ अपडेट : मेलबर्न कपमा १० हजार दर्शक उपस्थित हुन सक्ने, न्यु साउथ वेल्स भोलिबाट खुल्ने तरखरमा

यो आइतवार, १० अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Wafanyakazi waandaa viti nje ya mgahawa mtupu, kwa kufunguliwa tena ndani ya jengo la QVB mjini Sydney.
Wafanyakazi waandaa viti nje ya mgahawa mtupu, kwa kufunguliwa tena ndani ya jengo la QVB mjini Sydney. Source: AAP/Dan Himbrechts

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

 

मुख्य बुँदाहरू:

 

  • भिक्टोरियाको परीक्षणको रूपमा मेलबर्न कपमा १० हजार पूर्ण मात्राको खोप लगाउनेहरूले उपस्थिति जनाउन सक्ने 
  • न्यु साउथ वेल्स भोलि सोमबार देखि लकडाउनबाट बाहिरिँदै गर्दा राज्यले ९० प्रतिशत राज्यवासीलाई खोप लगाउने लक्ष पनि पुरा गर्‍यो। 
  • भिक्टोरियाका एक फ्लाइट एटेन्डेंट भर्जिन एयरलाइन्सका उडानहरूमा उपस्थित भएका कारण  तिन राज्यका स्वास्थ्य अधिकारीहरू उच्च सतर्कता अपनाउँदै। 

 

भिक्टोरिया 

भिक्टोरियामा थप १ हजार ८ सय ९० कोभिड-१९ सङ्क्रमण दर्ता भएको छ भने सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएको छ। ६०२ जना सङ्क्रमित अस्पतालमा उपचाररत रहँदा ७ प्रतिशत भन्दा कम बिरामीले मात्र खोपको दुवै मात्रा लगाएको पाइएको छ। 

राज्यमा कनट्याक्ट ट्रेसरहहरूलाई  सङ्क्रमण देखिइएका र प्राथमिक सम्पर्कमा आएकाहरूमा मात्र केन्द्रित हुन निर्देशन दिइदा सङ्क्रमण सङ्ख्या झन् बढ्ने अनुमान गरिएको छ। 

राज्यमा सङ्क्रमण सङ्ख्या उच्च रहँदा सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्ने व्यवस्थामा चाप परेको छ। र त्यसलाई व्यवस्थापन गर्न स्वास्थ्य अधिकारीहरूले प्रत्यक्ष सम्पर्कमा आएकाहरू बाहेकका व्यक्तिहरूले आइसोलेसनमा बस्नु नपर्ने निर्णय गरेका हुन्। 

राज्यका प्रिमियर ड्यानियल एन्ड्रुजले शनिवार खोप केन्द्रहरूबाट मात्र झन्डै ४० हजार खोपहरू वितरण गरिएको जानकारी दिएका छन्। 

त्यस्तै उनले राज्यको ठुलो मात्राको परीक्षणलाई सुरुवात गर्न शृंखलाबद्ध रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिने बताएका छन्। राज्यमा ८० प्रतिशत खोप लक्ष पुरा भए पछि अर्थतन्त्रले कस्तो रूप लिन्छ भन्ने बारे हेर्न उक्त परीक्षण कार्यक्रमहरूको आयोजना गरिएको हो। 

मेलबर्नमा अक्टोबर ३० मा केही हजार दर्शकहरू समक्ष एक प्रत्यक्ष साङ्गीतिक कन्सर्टको आयोजना हुनेछ। 

त्यस्तै नोभेम्बर २ मा हुने मेलबर्न कपमा १० हजार दर्शकहरूले उपस्थिति जनाउने छन्। 

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्।

न्यु साउथ वेल्स 

न्यु साउथ वेल्समा थप ४ सय ७७ स्थानीय सङ्क्रमण दर्ता गरिएको छ भने पछिल्लो २४ घण्टामा ६ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। 

राज्यले  १६ वर्ष माथिका ९० प्रतिशत राज्यवासीलाई खोपको पहिलो मात्रा दिने लक्ष पुरा गरेको छ। 

१६ वर्ष माथिका ७२.८ प्रतिशत राज्यवासीहरूले अहिले सम्म खोपको पूर्ण मात्रा लिइसकेका छन्। 

 हन्टर न्यु इंग्ल्याण्ड रिजनको उराल्ला भन्ने स्थानमा न्यु साउथ वेल्सको ढल निगरानी कार्यक्रम अन्तर्गत कोरोनाभाइरसका अवशेषहरू भेटिएका  छन्।  

आजै खोप लगाउने समय निश्चित गर्न यहाँ क्लिक गर्नुहोस्।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा :

 दक्षिण अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा एक जनामा पनि कोभिड सङ्क्रमण देखिएको छैन। भिक्टोरियाली एक ट्रक ड्राइभरमा सङ्क्रमण भेटिए पछि याम्बा र पोर्ट अगस्टा पेट्रोल स्टेसनहरूलाई सङ्क्रमण जोखिम भएको स्थानमा सूचीकृत गरिएको छ।   

राजधानी एसीटीमा ३० नयाँ सङ्क्रमण दर्ता गरिएको छ , जसमध्ये १६ जनाको सङ्क्रमण स्रोत खुलेको भए पनि बाँकीको स्रोतबारे छानबिन भइरहेको छ। 

भिक्टोरियाका एक फ्लाइट एटेन्डेंट भर्जिन एयरलाइन्सका उडानहरूमा उपस्थित भएका कारण  तिन राज्यका स्वास्थ्य अधिकारीहरू उच्च सतर्कता अपनाउँदै छन्। सङ्क्रमित सो व्यक्ति ले मेलबर्न र एडिलेड बिचको उडान त्यस्तै सिड्नी र न्युकाशलको उडानमा सङ्क्रमित अवस्थामा काम गरेको बताइएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now