SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: मेलबर्न लकडाउनबाट निस्कँदै गर्दा क्वान्टसले आफ्नो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने मिति अगाडी सार्‍यो

यो २२ अक्टोबर २०२१, शुक्रवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Melbourne emerges from lockdown.
Melbourne has emerged from the world's longest lockdown, and as vaccination rates continue to rise. Source: AAP

3 min read

Published



Skip to article content

मुख्य बुँदाहरू:

भिक्टोरियामा कोभिड-१९ बाट थप १६ जनाको मृत्यु  र २,१८९ जनामा सामुदायिक सङ्क्रमण,

क्वान्टसद्वारा अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने तालिकामा हेरफेर,

सिङ्गापूरसँगको यात्रा व्यवस्था बारे तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको भनाई।


भिक्टोरिया

मेलबर्न लकडाउन मुक्त हुँदै गर्दा भिक्टोरियाले मध्यरातसम्मको २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २,१८९ नयाँ मामिलाहरू दर्ता गर्नुका साथै १६ राज्यवासीहरूलाई कोरोनाभाइरस सङ्क्रमणका कारण गुमाउन पुगेको छ।

संसारकै सबैभन्दा लामो समयसम्म लकडाउन भएको मेलबर्न, मध्यरात यता लकडाउन मुक्त भएको हो।

अक्टोबर ३० तारिखसम्ममा योग्य भिक्टोरियालीहरूको कुल सङ्ख्याको ८० प्रतिशतले खोपको दुवै मात्रा लगाइसक्ने प्रक्षेपण छ।

यसअघि राज्य सरकारले उक्त लक्ष्य नोभेम्बर ५ तारिख तिर प्राप्त हुने अनुमान गरेको थियो।

प्रिमियर ड्यानिएल एन्ड्रुजले नोभेम्बर १ तारिखदेखि विदेशबाट घर फर्किने अस्ट्रेलियालीहरूका हकमा उनीहरूले खोपको दुवै मात्रा लगाइसकेको भए, क्वारेन्टिनमा बस्नुपर्ने छैन भनी बताएका छन्। 

न्यु साउथ वेल्स

बिहीवार राती आठ बजेसम्मको अवधिमा न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ३४५ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा थप पाँच राज्यवासीको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ।

सिड्नी हवाई अड्डामा आज बिहान बोल्दै प्रिमियर डोमिनिक पेरोटेले आफ्नो राज्य पुनर्निर्माणको बाटो तर्फ अग्रसर रहेको बताएका छन्।

क्वान्टसले आफ्ना थप कर्मचारीहरूलाई काममा फिर्ता बोलाउँदै गर्दा र थप सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्ने घोषणा गर्दै गर्दा न्यु साउथ वेल्स प्रिमियरको उक्त भनाई आएको हो।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीमा १२ वर्ष माथिका कुल बासिन्दाहरूको ८४ प्रतिशतले खोपको पुरा मात्रा लगाइसकेका छन्।

बितेको २४ घण्टामा प्रदेशले १३ नयाँ मामिलाहरू दर्ता गरेको थियो।

क्वीन्सल्यान्ड

कुनै कोभिड-१९ सङ्क्रमण फेला नपरेको क्वीन्सल्यान्डको लोगनमा खोप दर कम भएको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

“सुपर स्याटरडे” भनेर प्रचारित भोलि - शनिवार, राज्यका १०० भन्दा बढी स्कूलहरूले एक वृहत् खोप कार्यक्रममा भाग लिँदै छन्।

कोभिड-१९ सम्बन्धी अन्य समाचार

प्रधानमन्त्री स्कट मोरिसनले भने कि सरकार सिङ्गापूरसँग एक यात्रा दोहोरो यात्रा व्यवस्था लागू गर्ने अन्तिम चरणमा छ, र आउँदो हप्ता दिन भित्रै यसको टुङ्गो लाग्नेछ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now