SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अस्ट्रेलियामा पहिलो मात्रा खोपको ९० प्रतिशत लक्ष्य पुरा हुँदै

यो ११ नोभेम्बर २०२१, बिहीवारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Greg Hunt
Federal health minister Greg Hunt has said that Australia is expected to surpass 90 per cent single dose vaccination target by 1 PM today. Source: AAP Image/Mick Tsikas

3 min read

Published

By SBS/ALC Content

Source: SBS



Skip to article content

  • संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले अष्ट्रेलियाद्वारा खोपको पहिलो मात्रा सम्बन्धि ९० लक्ष्य पार गर्ने अपेक्षा गरिएकोले आजको दिन ‘माइलस्टोन डे’ वा कोशे ढुङ्गाको रुपला लिइनुपर्ने बताएका छन्।
  • थेराप्यूटिक गुड्स एड्मिनिस्ट्रेसन भनिने अस्ट्रेलियामा औषधीजन्य सामान बारे नियमन गर्ने निकायले मोडर्नाको एमआरएनए कोभिड-१९ खोप स्पाइकभ्याक्स ६ देखि ११ वर्ष उमेरका बालबालिकहरुलाई लगाउन अस्थायी स्वीकृति प्रदान गरेको छ।
  • क्वीन्सल्याण्ड प्रिमियर अनास्टेसिया पलाशे भन्छिन् कि नयाँ र स्रोत नखुलेका थप सङ्क्रमितहरू देखा परे गोल्डकोस्टमा प्रतिबन्धहरूको दायरा बढाइन सकिनेछ।
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीमा भने ३३ नयाँ मामिलाहरु एक अवैध हेलोवीन पार्टीसँग जोडिएको अधिकारीहरुको भनाई छ।
  • भिक्टोरियाले कोभिड-१९ का थप १,३१३ स्थानीय सङ्क्रमण र चार राज्यवासीको मृत्यु बिहीवार दर्ता गरेको छ।
  • न्यु साउथ वेल्सेले भने थप २६१नयाँ सामुदायिक केसहरू र एक जनाको मृत्यु रेकर्ड गरेको छ। क्वीन्सल्याण्डले दुई नयाँ केसहरू रेकर्ड गरेको छ जसमध्ये एक सङ्क्रमितको स्रोत अज्ञात रहेको बताइएको छ।

iframe src="https://www.sbs.com.au/labsembeds/vaccinated-dashboard-naca/index.html" data-module="iframe-resize_module"] 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now