कोभिड–१९ अपडेट: ६ देखि ११ वर्ष उमेरका बालबालिकामा मोर्डेनाको खोप प्रयोगका लागि अनुमति

यो फेब्रुअरी २३, २०२२ को संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Gloved hands holding a Moderna COVID-19 vaccine vial

The Moderna COVID-19 vaccine will be available from tomorrow 24 February to children aged 6 to 11. Source: Aditya Sutanta/ABACA


  • मोर्डेनाको कोभिड–१९ विरुद्धको खोप ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न अनुमति प्रदान गरिएको छ। वयस्कलाई लगाइने खोपको आधा मात्रा बालबालिकालाई लगाइनेछ, भोलि २४ तारिखबाट खोप उपलब्ध हुने बताइएको छ।
  • अस्ट्रेलियाको नियामक निकाय थेराप्युटीक गुड्स एडमिनीस्ट्रेसन (टिजिए) मोर्डेना खोपलाई बालबालिका माथि प्रयोगको अनुमति दिने विश्वकै पहिलो निकाय बनेको छ। अस्ट्रेलियामा अनुमति मिलेसँगै अन्य मुलुकले पनि यसलाई पछ्याउने सहायक प्राध्यापक जोन स्किरिट बताउँछन्।
  • न्यु साउथ वेल्सका विद्यालयहरूमा आगामी २८ तारिख सोमबारबाट प्रतिबन्धहरू खुकुलो पारिने भएको छ, भिन्न कक्षाका बिद्यार्थीहरुले अन्तरक्रिया गर्न सक्नेछन् भने अभिभावक एवम् आगन्तुकहरूलाई विद्यालयमा प्रवेश गर्न अनुमति दिइनेछ।
  • २८ तारिख सोमबारबाट माध्यमिक विद्यालयमा मास्क अनिवार्य हुनेछैन भने सात मार्च देखि प्राथमिक विद्यालयमा पनि मास्कको अनिवार्य नियम हट्नेछ।
  • आइतबार घोषणा भए बमोजिम आगामी हप्ताबाट विद्यालयहरूमा द्रुत परीक्षण विधि (ऱ्याट) अनिवार्य हुने छैन, यद्यपि अभिभावकहरूलाई आवश्यक परेको खण्डमा जाँचका लागि किटहरू भने प्रदान गरिनेछ।
  • शुक्रवार २५ फेब्रुअरीबाट एसीटीमा अधिकांस भवन भित्र हुने गतिविधिमा फेस मास्क अनिवार्य नहुने भएको छ। सार्वजनिक यातायात एवम् जोखिमका क्षेत्र जस्तै अस्पताल, एज्ड केयर, विमानस्थल जस्ता स्थानमा भने मास्क लगाउनु पर्नेछ। ७ देखि १२ कक्षाका विद्यार्थीले भने विद्यालय भित्र रहँदा मास्क लगाउनु पर्नेछ।
  • क्वीन्सल्याण्डकी प्रिमीयर एनेस्टेसिया पलासेका अनुसार आज राज्यमा दर्ता भएका ठुलो सङ्ख्याको मृत्यु, जन्म दर्ता, विवाह तथा मृत्यु दर्ता गर्ने विभागले प्रदान गरेको साप्ताहिक रिर्पोटका कारण भएको हो।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्सका अस्पतालमा १,२४६ जनाको सङ्क्रमणका कारण उपचार हुँदै, ६९ जना सघन उपचार कक्षमा, आज राज्यमा ६ जनाको मृत्यु, ८,९३१ नयाँ केस दर्ता।

भिक्टोरियामा ३१९ जनाको अस्पतालमा उपचार हुदै, २२ जना सघन उपचार कक्षमा, ८ जनाको भेन्टिलेटरमा उपचार हुँदै, आज १७ जनाको मृत्यु ६,९२६ नयाँ केस दर्ता।

क्वीन्सल्याण्डमा ६,३०१ नयाँ कोभिड-१९ केस दर्ता, ३७ जनाको मृत्यु दर्ता। ३७९ जनाको अस्पतालमा उपचार हुँदै, ३७ जना सघन उपचार कक्षमा।

टास्मेनियामा ८४२ जनामा सङ्क्रमण पुष्टि, १० जनाको अस्पतालमा उपचार हुँदै, २ जना सघन उपचार कक्षमा।

एसीटीमा ४० जनाको अस्पतालमा उपचार हुँदै, २ जना सघन उपचार कक्षमा र आज ९४६ नयाँ केस दर्ता।

वेस्टर्न अस्ट्रेलियामा ६४५ नयाँ केस, ५ जनाको अस्पतालमा उपचार हुँदै।


कोभिड-१९ खोपका बारेमा तपाईँको भाषामा जानकारी 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम


विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्। थप जानकारी यहाँ उपलब्ध छ। 

कोभिड-१९ सम्बन्धी शब्दावली नेपाली तथा अन्य भाषामा पाउन यहाँ थिच्नुहोस्


६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

 


Share

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now