कोभिड–१९ अपडेट: भिक्टोरियामा आगामी हप्ताबाट वैकल्पिक शल्यक्रियालाई बढाइने

यो बुधवार १६ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Victorian Premier Daniel Andrews speaks to the media during a press conference in Melbourne, Wednesday, February 16, 2022. (AAP Image/James Ross) NO ARCHIVING

Victorian Premier Daniel Andrews. Source: AAP Image/James Ross


  • मेलर्वन र रिजनल भिक्टोरियाका अस्पतालमा सोमबार २१ फेब्रुअरीदेखि थप मात्रामा वैकल्पिक शल्यक्रियाहरूलाई स्थान दिइने भएको छ। अस्पतालहरूमा बिरामीहरूको चाप घटे, पूर्व अवस्थामै शल्यक्रियालाई फकाईने योजना बनाइएको छ।

  • “अस्पतालहरूमा बिरामी भर्ना हुने क्रम निरन्तर घट्दै गएको र कर्मचारीको उपलब्धतामा पनि सुधार हुँदै गएपछि हामी प्रतिबन्ध हटाउने बलियो स्थितिमा छौ,” भिक्टोरीयाली स्वास्थ्य मन्त्री मार्टिन फोलेले भने।

  • “नियमहरूको समीक्षा भइरहेको छ र म चाडै केही सकारात्मक घोषणा गर्नका लागि तैयार छु,” आज बिहान भिक्टोरियाली प्रिम्रीयर ड्यानियल एन्ड्रुजले भने।

  • क्वीन्सल्याण्डमा बालबालिकामा संक्रमणदर बढ्दै गएता पनि स्वास्थ्य मन्त्री युभेट डियाथले "विद्यालयहरूले राम्ररी व्यवस्थापन गरिरहेको र क्वारेनटिन वा बन्द गर्नु पर्ने अवस्था सिर्जना नभएको" बताएकी छन्।

  • क्वीन्सल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी जोन गेरडले खोपले कोरोनाभाइरस रोगको अनुहार नै फेरिदिएको बताएका छन्। कोभिड–१९ ले दिनहुँ रिर्पोट भएका मृत्युमा के भूमिका खेल्छ त्यो भने निर्धारण गर्न प्राय गार्‍हो हुने पनि उनले बताए।

  • द अस्ट्रेलियन मेडिकल एसोसिएसन र नर्सिङ एन्ड मिडवाईफरी युनियनले नदर्न टेरीटरीमा “कोड ब्राउन” लागु गर्न माग गरिरहेका छन्।

कोभिड-१९ सम्बन्धी पछिल्ला तथ्याङ्क:

न्यु साउथ वेल्समा १,४७८ जना बिरामीले सङ्क्रमणका कारण उपचार गराइरहेका छन्। ९२ जना सघन उपचार कक्षमा छन् भने आज २७ जनाको मृत्यु भएको छ। आज राज्यमा १०,४६३ केस दर्ता भएको छ।

भिक्टोरियामा ३९७ जना अस्पतालमा भर्ना भएका छन् भने ६८ जना सघन उपचार कक्षमा उपचार गराइरहेका छन्, १३ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ भने आज १८ जनाको मृत्यु भएको छ। आज राज्यमा ८,१४९ नयाँ केस दर्ता भएका छन्।

क्वीन्सल्याण्डमा ६,५९६ नयाँ केस दर्ता भएका छन्, १२ जनाको मृत्यु भएको छ भने ४०४ जना सरकारी अस्पतालमा भर्ना छन् भने २८ जना निजी अस्पतालमा उपचार गराइरहेका छन्। ३८ जना मानिसको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

टास्मेनियामा आज ६२५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १३ जना अस्पतालमा उपचार गराइरहेका छन्। दुई जना सघन उपचार कक्षमा रहेका छन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्


न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand