SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: बुस्टर खोप र मास्क अनिवार्यताबारे राष्ट्र मन्त्री परिषद्को बैठक

यो २२ डिसेम्बर २०२१, बुधवारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Prime Minister Scott Morrison speaks to the media during a community breakfast on Bribie Island, north of Brisbane, Tuesday, December 21, 2021. (AAP Image/Albert Perez) NO ARCHIVING
Prime Minister Scott Morrison and state leaders held a meeting of national cabinet on Wednesday. Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा आहिलेसम्म कै सबै भन्दा धेरै - ३,७६३ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि हुँदा, परीक्षण क्लिनिकहरूका भिँडहरू बढेको देखिएको छ। 
  • अहिले न्यु साउथ वेल्समा भाइरसका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या बढेर ३०२ पुगेको छ, जसमध्य ४० जना आइसीयूमा छन्। 
  • बुधबार बस्ने राष्ट्र मन्त्री परिषद्को बैठकमा न्यु साउथ वेल्स प्रिमियर डोमिनिक पेरोटेले बुस्टर खोप लगाउने समयबारे मुद्दा उठाउने भएका छन्। 
  • त्यस्तै, देशभर कोरोना भाइरस बढिरहेको समयमा, उक्त बैठकमा मास्कको अनिवार्यताको विषयबारे छलफल हुने छ। 
  • पछिल्लो समयका तथ्याङ्क अनुसार मोडलिङ्ग गर्दा, अस्ट्रेलियामा प्रति दिन २ लाखजनामा सङ्क्रमण फैलने "असामान्य" अवस्था आउन सक्ने अनुमान गरिएको प्रधान मन्त्री स्कट मोरिसनले बताएका छन्। 
  • मिडियाले उक्त मोडलिङ्गको आधारमा प्रकाशन गरेका खबरहरू "चुनिएर राखिएको" र "भ्रामक" रहेको अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी पल केलीले बताएका छन्। 
  • क्वीन्सल्यान्डमा बिहीबार बिहान ५ बजेदेखि सिनेमा, नाटकघर र आतिथ्य उद्योगका कर्मचारीहरूले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने प्रिमियर अनेस्टेसिया पलाशेले बताएकी छिन्। 
  • कोभिड-१९ को ओमिक्रन भेरिएन्टको विरुद्ध सुरक्षाका लागि बुस्टर खोप बनाउने कार्यमा कुनै समस्या नआउने मोडर्नाका प्रमुख कार्यकरी अधिकृतले बताएका छन्। 

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा ३,७६३ नयाँ सङ्क्रमित र २ को मृत्यु, भिक्टोरियामा १,५०३ सङ्क्रमण र ६ को मृत्यु। 

क्वीन्सल्यान्डमा १८६, टास्मेनियामा १२ र अस्ट्रेलियनक्यापिटल टेरिटरीमा ५८ नयाँ सङ्क्रमित पुष्टि। 


विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ।

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now