SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: 'क्लोज कनट्याक्ट'लाई पुनः परिभाषित गर्न राष्ट्रिय मन्त्रीपरिषद् बैठक बस्दै र कोभिड–१९ परीक्षण केन्द्रमा भिड कायमै

यो डिसेम्बर ३० बिहीबारको संक्षिप्त कोरोना भाइरस अपडेट हो।

PCR testing queue outside 4Cyte Pathology in Sydney
PCR testing queue outside 4Cyte Pathology in Sydney’s CBD. Source: AAP Image/Brendon Thorne

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

  • 'क्लोज कनट्याक्ट' अर्थात् सङ्क्रमित नजिक आएका मानिसहरूलाई पुन: परिभाषित गर्न र कोभिड–१९ जाँचका बारेमा एउटै धारणा बनाउन राष्ट्रिय मन्त्रीपरिषद्को बैठक बस्दै छ।
  • भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलेका अनुसार भिक्टोरियावासीले द्रुत गतिको परीक्षणका लागि छिट्टै ऱ्यापिड एन्टीजेन परीक्षण किट निःशुल्क प्राप्त गर्नेछन्।
  • न्यु साउथ वेल्स प्याथलोजिले एक हप्ता अघि नै कोभिड–१९ जाँचमा हुन सक्ने भिड-भाडका विषयमा भिक्टोरिया र क्वीन्सल्याण्डलाई चेतावनी जारी गरेको बताएको छ।
  • साउथ अफ्रिकाको डुर्वान स्थित अफ्रिकन हेल्थ रिसर्च इन्स्टीच्यूटले गरेको अध्ययनमा ओमिक्रन भेरीएन्टले डेल्टा भेरीएन्टबाट बचाउन सक्ने प्रारम्भिक रिपोट सार्वजनिक गरेको छ।
  • विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रीएसले ओमिक्रन र डेल्टाको 'सुनामी'ले पहीलेनै समस्यामा रहेको स्वास्थ्य प्रणालीमा दबाब दिने भन्दै खोप असमानताको अन्त्य गर्नका लागि आग्रह गरेका छन्।

कोभिड–१९ सङ्क्रमणको पछिल्लो तथ्याङ्क:

आज न्यु साउथ वेल्समा १२,२२६ कोभिड–१९ केस दर्ता गरिएको छ भने एक जनाको मृत्यु भएको छ।

भिक्टोरियामा ५,१३७ जनामा कोरोना पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ।

क्वीन्सल्याण्डमामा केस सङ्ख्याले फड्को मादै २,२२२ पुगेको छ।

टास्मेनियामा ९२ जना सङ्क्रमित बनेका छन्।


विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now