कोभिड-१९ अपडेट: झन्डै ५० प्रतिशत अस्ट्रेलियालीहरू सङ्क्रमित भइसकेको दाबी

यो सन् २०२२, जुलाई २७ को कोरोनाभाइरस महामारी सम्बन्धी सङ्क्षिप्त अस्ट्रेलियाली अपडेट हो।

Actualización COVID-19: casi la mitad de la población australiana contrajo el virus antes de la ola actual, afirma un nuevo informe

Actualización COVID-19: casi la mitad de la población australiana contrajo el virus antes de la ola actual, afirma un nuevo informe Source: AAP Image/Con Chronis

अस्ट्रेलियाभर कम्तीमा पनि थप ८२ जनाले कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएको पुष्टि बुधवार गरिएको छ।

यसरी ज्यान गुमाउनेमा ३२ भिक्टोरियालीहरुका साथै न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका क्रमशः २० र १९ राज्यवासीहरू रहेका छन्।

अस्ट्रेलियाको कोरोनाभाइरस महामारी सम्बन्धी पछिल्लो आधिकारिक तथ्याङ्कहरूका लागि यहाँ थिच्नुहोस्

नेश्नल सेन्टर फर इम्युनाइजेसन भनिने राष्ट्रिय खोप अनुसन्धान तथा निगरानी केन्द्र र कर्बी इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले दोस्रो 'सेरोसर्भेलेन्स' रिपोर्ट प्रकाशित गरेका छन्।

उनीहरूले भने कि अस्ट्रेलियाको जनसङ्ख्याको ४६ प्रतिशत गत जुन महिनाको शुरुसम्ममा नै कोभिड-१९ बाट सङ्क्रमित भइसकेका थिए।

अधिकांश मानिसहरू जुनभन्दा अघिल्लो तीन महिनामा सङ्क्रमित भएको बताइएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार भिक्टोरिया, न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलियामा १८ देखि २९ वर्षका उमेर समूहमा उच्चतम सङ्क्रमण दर (६२ प्रतिशत) भेटिएको थियो।

रिपोर्ट रगत परीक्षणको नतिजामा आधारित छ।

'सेरोसर्भेलेन्स'ले सङ्क्रामक रोगहरू विरुद्ध एन्टिबडी स्तर अनुमान गर्दछ र पुरानो सङ्क्रमण वा खोपको कारण जनसङ्ख्याको प्रतिरक्षा मापनका लागि यसलाई ‘गोल्ड स्ट्यान्डर्ड’ मानिन्छ।
क्विन्सल्यान्ड बाल अस्पतालमा आइतबार एक २३ महिने बालकको कोभिड-१९ बाट मृत्यु भएको छ।

यद्यपि अधिकारीहरूले मङ्गलवार मात्रै मृत्युको पुष्टि गरेका हुन्।

बुधवार, राज्यका डेपुटी प्रिमियर स्टिभन माइल्सले परिवारलाई समवेदना प्रकट गरेता पनि मास्कको अनिवार्यता वा अन्य सार्वजनिक स्वास्थ्य उपायहरू लागू नहुने बताएका छन्।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्लु) ले महामारी (२०२०-२०२१) को शुरुवातमा मदिरा, एम्फेटामाइन, गाँजा र हेरोइन जस्ता पदार्थको दुरुपयोगका लागि १ लाख ३९ हजार ३०० अस्ट्रेलियालीहरूको उपचार गरिएको बताएको छ।

एआईएचडब्लुका प्रवक्ता डा गेब्रिएल फिलिप्सले भने कि मदिरा दुर्व्यसन गर्ने मानिसहरूको उपचार सबैभन्दा धेरै छ।

उता, नर्दर्न टेरिटरीको रोयल डार्विन अस्पतालले कोभिड-१९ बिरामीहरूको उपचार गर्न दुई वटा समर्पित वार्डहरू पुनः खोलेको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand