कोभिड–१९ अपडेट: अस्ट्रेलियामा केस सङ्ख्या र अस्पताल भर्ना हुने क्रममा वृद्धि

यो बिहिबार २१ जुलाईको कोरोनाभाइरस अपडेट हो।

People are seen wearing face mask’s in the CBD of Brisbane, Wednesday, July 20, 2022. Queenslanders are being asked to carry a mask at all times as the state records more than 9600 new COVID-19 cases. (AAP Image/Darren England) NO ARCHIVING

자발적으로 마스크를 착용하는 시민들이 늘고 있다. Source: AAP Image/Darren England

बिहीबार अस्ट्रेलियामा ५५,६०२ जनामा कोभिड–१९ सङ्क्रमण फेला परेको छ भने सोही अवधिमा विभिन्न राज्यमा गरी ८९ जनाले ज्यान गुमाएका छन्।

आज क्वीन्सल्याण्डमा गत अप्रिल यता कै सबैभन्दा बढी केस सङ्ख्या दर्ता भएको छ।

वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, टास्मेनिया र नर्दन टेरीटरीमा पनि गत चार महिना यता कै सबैभन्दा बढी मानिस कोभिड–१९ का कारण अस्पताल भर्ना भएका छन्।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ हेर्नुहोस्
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले यस्तो स्प्रे कोटिङ्ग पत्ता लगाएका छन्, जसले कोभिड–१९ लगायत ब्याक्टेरिया र भाइरसलाई सतहमा फैलनबाट रोक्दछ।

सिड्नी विश्वविद्यालयका अन्वेषकहरूले नयाँ विकास भएको कोटीङ्ग यस अघि ब्याक्टेरिया र भाइरसहरूलाई मार्न प्रयोग गरिने परम्परागत कीटनाशक भन्दा सुरक्षित रहेको दाबी गरेका छन्।

उक्त किटनाशक स्प्रेको प्रयोग लिफ्टका बटन, भर्‍याङको समात्ने स्थान लगायतमा प्रयोग गर्न सकिने र यसलाई विद्यालय वा अस्पतालहरूमा पनि प्रयोग गर्न सकिने उनीहरुले बताएका छन्।

यस हप्ताको नयाँ अपडेटमा न्यु साउथ वेल्स हेल्थका अधिकारीहरूले अन्तर्राष्ट्रिय यात्रुहरूमा सात वटा नयाँ भेरीएन्ट बिए.२.७५ केस फेला पारेको बताएका छन्।

१० भन्दा बढी मुलुकमा फैलिएको उक्त भेरीएन्टका बारेमा थप अनुसन्धान भइरहेको छ।

गत हप्ता कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएका १४२ मध्ये ९६ जना अर्थात् ६८ प्रतिशतले खोपको तेस्रो मात्रा लगाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाँकि ४६ प्रतिशत भने खोपका लागि योग्य रहे पनि नलगाएको अधिकारीहरूले बताए।

राष्ट्रिय मन्त्रीपरिषद्को आउँदो बैठकमा नेताहरूले डाक्टरको पर्ची बिना नै एन्टीभाइरल औषधिहरूको पहुँचका बारेमा छलफल गर्ने सम्भावना रहेको बताइएको छ।

गत बुधवार खोप सम्बन्धी सरकारी सल्लाहकार निकायले थेराप्यूटीक गुड्स एडमिनीस्ट्रेशनले मोडेर्नाको स्पाइकभ्याक्सलाई पाँच वर्ष मुनीका बालबालिकालाई प्रयोगका लागि दिएको अनुमतिका बारेमा छलफल गरेको छ।

खोपका बारेमा सुझाव दिने उच्च निकायले तथ्याङ्कहरू केलाएर स्वास्थ्य मन्त्रीलाई छिट्टै सुझाव पेस गर्ने बताएको छ।

नर्दन टेरीटरीका कार्यवाहक मुख्य स्वास्थ्य अधिकारी डाक्टर चार्ल्स पेनले संक्रमणदर वृद्धि भई रहेका बेला, डार्बिन सो अघि विशेष ध्यान राख्न अनुरोध गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले पछिल्ला पाँच हप्तामा विश्वभर संक्रमणदर वृद्धि हुँदै उच्च बिन्दुमा पुगेको बताएको छ।

अमेरिका, फ्रान्स, इटली, जर्मनी र जापानमा सङ्क्रमणदर उच्च रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।


ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand