SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: सङ्क्रमणका कारण अस्ट्रेलियाभर ४९ जनाको मृत्यु, भिक्टोरीयामा नयाँ केस र अस्पताल भर्नामा वृद्धि

यो १२ मे २०२२ को कोरोनाभाइरस अपडेट हो।

Hospitalisations soar in QLD
Hospitalisations soar in QLD Source: AAP Image/Jono Searle

2 min read

Published



Skip to article content

बिहीबार अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमणबाट कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा न्यु साउथ वेल्सबाट २३ र भिक्टोरियाका १५ जना बासिन्दा रहेका छन्।

वेस्टर्न अस्ट्रेलियामा आज १६,६७० नयाँ कोभिड–१९ सङ्क्रमित फेला परेका छन्। बुधवार राज्यमा १७,०३३ जना सङ्क्रमित फेला परेका थिए।

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ।


कोभिड–१९ सम्बन्धी खोप क्लिनिक निम्न स्थानमा मे १५ तारिखसम्म रहनेछन्।

  • न्यु साउथ वेल्स: बैंकस्टाउन, बैंकस्टाउन सपिङ सेन्टर
  • न्यु साउथ वेल्स: लिभरपुल, लिभरपुल प्लाजा
  • क्वीन्सल्याण्ड: लोगन, आर्नडेल सपिङ सेन्टर
  • क्वीन्सल्याण्ड: स्ट्राथपिन, स्ट्राथपिन सेन्टर
  • भिक्टोरिया: केलर, रोक्सबग भिलेज
  • भिक्टोरिया: पेकनह्याम। अरीना सपिङ सेन्टर
  • नर्दन टेरिटरी: कसोरिना स्क्वाएर, कसोरिना स्क्वाएर एससि
  • साउथ अस्ट्रेलिया : एडिलेड, ब्लेक्स क्रसिङ्ग सपिङ सेन्टर

 

सिड्नी विश्वविद्यालयले भारत बायो टेक र एक्सेलजेन एस स्विजरल्याण्डसँगको सहकार्यमा भविष्यमा आउन सक्ने कोभिड–१९ का भेरीएन्टका लागि खोप विकासका लागि सहकार्य गर्ने सम्झौता गरेको छ।

बेलायती खोप सम्बन्धी टास्क फोर्स र नेशनल इन्स्टिच्युट अफ हेल्थ रिसर्चले लगानी गरेको ल्यान्सेटको एक अध्ययनले एमआरएनए प्रविधिको खोपको चौथो मात्राले ७० वर्ष वा त्यो भन्दा माथिका मानिसमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने देखाएको छ।

चौथो खोप पछाडिको प्रतिरक्षाको विकासको तेस्रो मात्राको समान वा बढी रहने बताइएको छ।

उत्तर कोरियामा महामारी यताकै पहिलो कोभिड–१९ केस फेला परेको छ।

राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई 'मुख्य राष्ट्रिय आपतकालको अवस्था' का रूपमा व्याख्या गरे पनि कति मानिसमा सङ्क्रमण भएको यसका बारेमा भने बताएको छैन।

पिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now