कोभिड-१९ अपडेट: 'क्लोज कनट्याक्ट'को नयाँ परिभाषा साउथ अस्ट्रेलियाद्धारा अस्वीकार

यो ३१ डिसेम्बर शुक्रबारको संक्षिप्त कोरोना भाइरस अपडेट हो।

Prime Minister Scott Morrison holds a National Cabinet meeting in Canberra, 30 December

Prime Minister Scott Morrison holds a National Cabinet meeting in Canberra, 30 December. Source: AAP Image/Lukas Coch


  • सङ्घीय सरकारले कोभिड-१९ पुष्टि भए पछी छैटौँ दिनमा गरिने र्यापिड एन्टीजेन परीक्षणको आवश्यकतालाई हटाएको छ।
  • न्यु साउथ वेल्स, भिक्टोरिया, एसीटी र क्वीन्सल्याण्डद्धारा 'क्लोज कनट्याक्ट'को नयाँ व्याख्यालाई स्वीकार गदै आज देखि लागु गरेका छन्।
  • टास्मेनियामा नयाँ व्याख्या १ जनवरी देखि लागु हुनेछ भने वेस्र्टन अस्ट्रेलिया र नदर्न टेरीटरीले आउँदा दिनमा यसका बारेमा जानकारी गराउनेछन, साउथ अस्ट्रेलियाले भने नयाँ परिभाषालाई अस्वीकृत गरिदिएको छ।
  • 'क्लोज कनट्याक्ट'अर्थात् सङ्क्रमित निकटको सम्पर्क भनेको घरेलु वातावरण वा चार घण्टा भन्दा बढी समय सङ्क्रमित सँग बिताउने मानिसलाई मानिने भनेर नयाँ परिभाषा दिइएको छ।
  • साउथ अस्ट्रेलियाले हिजोको घोषणालाई विरोध गदै राज्यका प्रमुख स्वास्थ्य अधिकारीले सङ्क्रमित सँग १५ मिनेट भन्दा बढी समय बिताउने मानिस 'क्लोज कनट्याक्ट' भित्र पर्ने बताएका छन्।
  • अधिकांश राज्यमा 'क्लोज कनट्याक्ट'ले सात दिन अनिवार्य क्वारेनटिन बस्नु पर्ने र छैठौ दिनमा एन्टीजेन जाँच गर्नु पर्ने भए पनि साउथ अस्ट्रेलियामा आईशोलेसनको समय १० दिन रहने।
  • न्यु साउथ वेल्समा 'क्लोज कनट्याक्ट'ले सङ्क्रमित निकट रहे पश्चात जति सक्दो चाडो पिसिआर जाँच गर्नु पर्दछ। 
  • टास्मेनियामा जनवरी १ देखि अन्तर राज्य भ्रमण गर्नेले पिसिआर परीक्षण गर्नु नपर्ने।
  • साउथ अस्ट्रेलियामा दुई बर्सिया कोभिड-१९ सङ्क्रमितको मृत्यु, मृत्युको कारण अझै पत्ता लागेन।
  • अस्ट्रेलियामा १६ वर्ष माथिका ९० प्रतिशत मानिसले खोपको दुवै डोज लगाए।
  • ऱ्यापिड एन्टीजेन परीक्षण किटको अभाव हुँदा मूल्य बढ्यो, सिड्नीको एक औषधि पसलले २५ डलर लिएर जाँच गरेको रिपोट सार्वजनिक।

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २१,१५१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ६ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन्।

भिक्टोरियामा ५ ,९१९ जनामा सङ्क्रमण पुष्टि र ७ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा ३,११८ जनामा सङ्क्रमण पुष्टि।

टास्मेनियामा १३७ जना सङ्क्रमित थपिए।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now