कोभिड-१९ अपडेट: 'क्लोज कनट्याक्ट'को नयाँ परिभाषा साउथ अस्ट्रेलियाद्धारा अस्वीकार

यो ३१ डिसेम्बर शुक्रबारको संक्षिप्त कोरोना भाइरस अपडेट हो।

Prime Minister Scott Morrison holds a National Cabinet meeting in Canberra, 30 December

Prime Minister Scott Morrison holds a National Cabinet meeting in Canberra, 30 December. Source: AAP Image/Lukas Coch


  • सङ्घीय सरकारले कोभिड-१९ पुष्टि भए पछी छैटौँ दिनमा गरिने र्यापिड एन्टीजेन परीक्षणको आवश्यकतालाई हटाएको छ।
  • न्यु साउथ वेल्स, भिक्टोरिया, एसीटी र क्वीन्सल्याण्डद्धारा 'क्लोज कनट्याक्ट'को नयाँ व्याख्यालाई स्वीकार गदै आज देखि लागु गरेका छन्।
  • टास्मेनियामा नयाँ व्याख्या १ जनवरी देखि लागु हुनेछ भने वेस्र्टन अस्ट्रेलिया र नदर्न टेरीटरीले आउँदा दिनमा यसका बारेमा जानकारी गराउनेछन, साउथ अस्ट्रेलियाले भने नयाँ परिभाषालाई अस्वीकृत गरिदिएको छ।
  • 'क्लोज कनट्याक्ट'अर्थात् सङ्क्रमित निकटको सम्पर्क भनेको घरेलु वातावरण वा चार घण्टा भन्दा बढी समय सङ्क्रमित सँग बिताउने मानिसलाई मानिने भनेर नयाँ परिभाषा दिइएको छ।
  • साउथ अस्ट्रेलियाले हिजोको घोषणालाई विरोध गदै राज्यका प्रमुख स्वास्थ्य अधिकारीले सङ्क्रमित सँग १५ मिनेट भन्दा बढी समय बिताउने मानिस 'क्लोज कनट्याक्ट' भित्र पर्ने बताएका छन्।
  • अधिकांश राज्यमा 'क्लोज कनट्याक्ट'ले सात दिन अनिवार्य क्वारेनटिन बस्नु पर्ने र छैठौ दिनमा एन्टीजेन जाँच गर्नु पर्ने भए पनि साउथ अस्ट्रेलियामा आईशोलेसनको समय १० दिन रहने।
  • न्यु साउथ वेल्समा 'क्लोज कनट्याक्ट'ले सङ्क्रमित निकट रहे पश्चात जति सक्दो चाडो पिसिआर जाँच गर्नु पर्दछ। 
  • टास्मेनियामा जनवरी १ देखि अन्तर राज्य भ्रमण गर्नेले पिसिआर परीक्षण गर्नु नपर्ने।
  • साउथ अस्ट्रेलियामा दुई बर्सिया कोभिड-१९ सङ्क्रमितको मृत्यु, मृत्युको कारण अझै पत्ता लागेन।
  • अस्ट्रेलियामा १६ वर्ष माथिका ९० प्रतिशत मानिसले खोपको दुवै डोज लगाए।
  • ऱ्यापिड एन्टीजेन परीक्षण किटको अभाव हुँदा मूल्य बढ्यो, सिड्नीको एक औषधि पसलले २५ डलर लिएर जाँच गरेको रिपोट सार्वजनिक।

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २१,१५१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ६ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन्।

भिक्टोरियामा ५ ,९१९ जनामा सङ्क्रमण पुष्टि र ७ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा ३,११८ जनामा सङ्क्रमण पुष्टि।

टास्मेनियामा १३७ जना सङ्क्रमित थपिए।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ

Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand