कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा रेकर्डतोड मानिस सङ्क्रमित, मोर्डना खोपलाई स्वीकृति

यो मङ्गलवार, १० अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Watu wakufanya usafi waingia ndani ya shule ya umma ya Bondi Beach, Bondi, Sydney, Jumanne, 10 Agosti, 2021

Watu wakufanya usafi waingia ndani ya shule ya umma ya Bondi Beach, Bondi, Sydney, Jumanne, 10 Agosti, 2021 Source: AAP Image/Dan Himbrechts

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा सङ्क्रमण बढ्नुको मुख्य कारण राज्यवासीहरूले नियमहरूको पालना नगर्नु रहेको राज्यकी प्रिमियरको भनाई,
  • भिक्टोरियामा खोप लगाउने मानिसहरूको सङ्ख्यामा उत्साहजनक वृद्धि,
  • क्वीन्सल्यान्डमा पुष्टि भएका थप सङ्क्रमितहरू क्वारेन्टिनमा नै बसका मानिसहरू भएको स्थानीय अधिकारीहरूको भनाई र
  • औषधी नियामक संस्थाद्वारा मोर्डनाद्वारा निर्मित कोभिड-१९ खोपलाई अस्ट्रेलियामा प्रयोग गर्न अस्थायी स्वीकृति प्रदान।

न्यु साउथ वेल्स:

सोमवार बेलुका आठ बजेसम्मको २४ घन्टे गणना अवधिभर न्यु साउथ वेल्समा कोरोनाभाइरसका थप ३५६ सामुदायिक सङ्क्रमण पुष्टि भएका छन्।

मङ्गलवार बिहान सिड्नीमा आयोजित आफ्नो दैनिक कोभिड-१९ अपडेट सम्बन्धी पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त आँकडा सार्वजनिक गरेकी हुन्।

ती ३५६ सङ्क्रमित मध्ये १०२ जना आफ्नो सङ्क्रमणकाल भरी नै आइसोलेसनमा रहेको पनि उनले बताएकी छिन्।

बेरिजिक्लियन भन्छिन् कि अन्य ४० जना भने आंशिक रूपमा आइसोलेसनमा थिए।

“बाँकी १५७ बारे चाहिँ छानबिन जारी छ,” उनले भनिन्।

यसै गरी गए रात खोप नलगाएका तीन जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको पनि बताइएको छ।

कोभिड-१९ कै कारण सोही अवधिमा ज्यान गुमाउने अर्का एक व्यक्ति भने विदेशबाट फर्केका र होटेल क्वारेन्टिनमा रहेका बिरामी रहेको न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले पुष्टि गरेकी छिन्।

अधिकारीहरूका अनुसार उत्तरी न्यु साउथ वेल्समा पत्ता लागेको सम्भावित सङ्क्रमणका बारेमा थप अनुसन्धान हाल जारी छ र यो मामिला सिड्नीदेखि बाइरन बेसम्म पुगेका एक पुरुषसँग असम्बन्धित रहेको पनि उनीहरूको भनाई छ।

भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुजले सिड्नीबाट बाहिर निस्कने नाकाहरूमा “रिङ अफ स्टिल” भनिने काँडे तार प्रयोग गरेर प्रहरीको कडा पहरा दिइनुपर्ने माग बारम्बार गर्दै आएता पनि ग्लाडिस बेरिजिक्लियनले भने त्यस किसिमको व्यवस्था आफूले लागू नगर्ने बताएकी छिन्।

उता, यस महिनाको आखिरीसम्ममा ६० लाख डोज खोप मानिसहरूका पाखुरामा दिइने न्यु साउथ वेल्स प्रिमियर बेरिजिक्लियनको लक्ष्य पुरा हुनसक्ने देखिएको छ।

आफ्नो उक्त लक्ष्य पुरा भए प्रतिबन्धहरू कत्तिको खुकुलो हुनेछन् भनेर चाहिँ उनले स्पष्ट बताएकी छैनन्।

यसै गरी, हाल लकडाउनमा रहेका आर्माडेल तथा ट्यामवर्थ क्षेत्रीय शहरहरूमा भने गएको २४ घण्टामा थप सङ्क्रमित नभेटिएको पनि स्थानीय अधिकारीहरूले बताएका छन्।

भिक्टोरिया

मङ्गलवार भिक्टोरियामा थप २० स्थानीय सङ्क्रमणहरू दर्ता भएका छन्।

यी सबै सङ्क्रमितहरू पहिले जानकारीमा आइसकेका मामिलाहरू सम्बन्धित रहेको स्थानीय अधिकारीहरूको भनाई छ।

भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार ती २० जना मध्ये केवल पाँच जना मात्र क्वारेन्टिनमा रहेका थिए।

यसै गरी आगामी महिना दिनका लागि ३३३,००० खोपका लागि मानिसहरूले समय लिइसकेको पनि उनले आज मेलबर्नमा आयोजित कोभिड-१९ अपडेट पत्रकार सम्मेलनका क्रममा बताएका छन्।

गए रातीदेखि लकडाउन मुक्त भएको रिजनल भिक्टोरिया गएको भेटिए मेलबर्नवासीहरूलाई ५,००० डलरभन्दा बढीको जरिमाना हुने पनि बताइएको छ।

क्वीन्स्ल्यान्ड

आज क्वीन्सल्यान्डमा थप तीन कोभिड-१९ का सामुदायिक सङ्क्रमण मामिलाहरू दर्ता गरिएका छन्।

हिजो सोमवार कोरोनाभाइरस परीक्षणका क्रममा ती तीनजनामा कोभिड-१९ सङ्क्रमण देखिएको हो।

प्रिमियर अनास्टेसिया पलाशेका अनुसार यी सबै केसहरू इन्दूरूपिल्ली क्लस्टरसँग सम्बन्धित छन् र सबै जना सङ्क्रमण अवधिभर क्वारेन्टिनमा रहेका थिए।

ब्रिसबेनमा आयोजित कोरोनाभाइरस सम्बन्धी पत्रकार सम्मेलनका क्रममा पलाशेले यसरी सङ्क्रमित मानिसहरू क्वारेन्टिनमा रहनु निकै राम्रो कुरा रहेको उल्लेख गर्दै आइसोलेसनमा बस्ने राज्यवासीहरूलाई धन्यवाद ज्ञापन गरेकी छिन्।

“तपाईँहरूले गर्नुभएको सबै कामका लागि मुरी-मुरी धन्यवाद,” उनले भनिन्।

“आफ्नो परिवार तथा समुदायलाई सुरक्षित हुन मद्दत गर्नुभएकोमा धन्यवाद।”

पलाशेले राज्यको दक्षिण-पूर्वमा हाल जारी लकडाउन लगायतका प्रतिबन्धहरू राम्रो काम गरिरहेको पनि बताएकी छिन्।

मोर्डना खोप

सङ्घीय सरकारले मोर्डनाद्वारा निर्मित २ करोड ५० लाख डोज खोप सुरक्षित गरेको घोषणा गरेको छ र सन् २०२१ को आखिरीसम्ममा दसौँ लाख डोज खोप अस्ट्रेलिया आइपुग्ने बताइएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

5 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now