कोभिड-१९ अपडेट: न्यु जिल्यान्डले योग्य यात्रुका लागि आइसोलेसन नियम हटायो

यो मङ्गलबार मार्च १ तारिखको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Wanawake wawili wakumbatiana katika uwanja wakimataifa wa Auckland, New Zealand, baada ya mmoja wao kuwasili kwa ndege kutoka Australia.

Wanawake wawili wakumbatiana katika uwanja wakimataifa wa Auckland, New Zealand, baada ya mmoja wao kuwasili kwa ndege kutoka Australia. Source: Brett Phibbs/New Zealand Herald via AP

आजको अपडेट:

न्यु जिल्यान्ड

  • खोपको सबै डोज लगाएका अस्ट्रेलियाली यात्रुहरू न्यु जिल्यान्ड गएमा आइसोलेसनमा बस्नु पर्दैन। यो नियम बुधबार मार्च २ तारिख, राति ११:५९ बजे देखि लागु हुने छ। 
  • यात्रुहरूले न्यु जिल्यान्ड प्रवेश गरेको ५ या ६ दिनमा अनिवार्य कोभिड-१९ परीक्षण भने गर्नु पर्छ। 
  • अस्ट्रेलियाली नागरिक, तिनका पार्टनर, तिनले हेरचाह गर्ने बालबालिका र अभिभावक सहित न्यु जिल्यान्ड जान पाउने यात्रुहरू भने सीमित छन्। थप जानकारीका लागि यहाँ हेर्नुहोस्। 

वेस्टर्न अस्ट्रेलिया

  • वेस्टर्न अस्ट्रेलियाले बिहीबार ३ मार्चदेखि थप कडा प्रतिबन्ध जारी गर्ने भएको छ। सोही दिनदेखि राज्यले आफ्नो सीमा पनि खोल्दै छ। 
  • नयाँ प्रतिबन्ध अन्तर्गत कक्षा तीनदेखिका बालबालिकाहरूले मास्क लगाउनु पर्दछ। घरभित्र १० जनासम्म भेला हुन पाउने छन्, भवन बाहिरका कार्यक्रममा ५०० जना र नाटक घर र सिनेमामा पूर्ण क्षमताको ५०% मानिसहरू उपस्थित हुन पाउने छन्। 

हङकङ

  • हङकङका अधिकारीहरूले नयाँ लकडाउन अन्त्य गरेका छैनन्। हिजो ३४,४६६ नयाँ सङ्क्रमित पुष्टि भए सँगै, अस्पताल र सार्वजनिक शव गृहमा शव भण्डारण गर्ने ठाउँ भरिँदा अवस्था निकै तनावजनक बन्दै गएको छ। 

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टे गणना अवधिमा ८,८७४ नयाँ सङ्क्रमित पुष्टि हुँदै ९ जनाको मृत्यु भएको छ। १,०९८ मानिसहरूको अस्पतालमा उपचार भइरहेको जस मध्य ४९ जना आइसीयुमा रहेका छन्। 

भिक्टोरियामा ६,८७९ नयाँ सङ्क्रमित पुष्टि हुँदै १८ जनाको ज्यान गएको छ। २५५ अस्पतालमा छन्, जस मध्य ४१ जनाको आइसीयुमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

टास्मेनियामा ९५७ नयाँ सङ्क्रमित पुष्टि भएका छन् र १३ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य २ जना आइसीयुमा छन्। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ६९२ नयाँ सङ्क्रमित पुष्टि हुँदै ४५ जनाको अस्पतालमा उपचार भइरहेको छ।


कोभिड-१९ खोपका बारेमा तपाईँको भाषामा जानकारी 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम


विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्। थप जानकारी यहाँ उपलब्ध छ। 

कोभिड-१९ सम्बन्धी शब्दावली नेपाली तथा अन्य भाषामा पाउन यहाँ थिच्नुहोस्


६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now