- नोभाभ्याक्सको पहिलो खेप सिंगापुरबाट अस्ट्रेलिया आइपुगेको छ। पहिलो चरणमा ३० लाख नोभाभ्याक्स खोपहरू ल्याइएका छन् र यसलाई आउँदो फेब्रुअरी २१ तारिखबाट लगाउन सुरु गरिने छ।
- एज्ड केयर क्षेत्रमा देखिएको दबाबलाई सम्बोधन गर्न करिब १,७०० अस्ट्रेलियन सेनाका जवानहरू खटाइने भएको छ। यद्यपि कर्मचारी अभावलाई थेग्न यो पर्याप्त नहुने यस क्षेत्रका विज्ञहरू बताउँछन्।
- न्यु साउथ वेल्सका करिब ४४ प्रतिशत योग्य बासिन्दाले खोपको बुस्टर डोज लगाएका छन्। भिक्टोरियामा भने ४६ प्रतिशत वयस्कले खोपको तिन मात्रा लगाएका छन्।
- भिक्टोरियामा स्याहार केन्द्रमा जाने तीनदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाका लागि आगामी हप्ताबाट रयापिड एन्टीजेन किटहरू प्रदान गरिने भएको छ।
- धेरै राज्यहरूमा कोभिड–१९ केस सङ्ख्या ओरालो लाग्दा र्नर्दन टेरिटरीमा प्रतिव्यक्ति अस्पताल भर्ना दर भने अस्ट्रेलियामै उच्च देखिएको छ।
पछिल्लो कोभिड-१९ तथ्याङ्क:
न्यु साउथ वेल्समा २०६८ जना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका छन् भने १३२ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। आज राज्यमा १८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ भने ९,६९० जनामा सङ्क्रमण पुष्टि भएको छ।
भिक्टोरियामा ५७५ जना अस्पतालमा भर्ना भएका छन् भने ७२ जना सघन उपचार कक्षमा उपचाररत छन्। पछिल्लो गणना अवधिमा २० जनाको मृत्यु र ९,७८५ नयाँ केस दर्ता भएको छ।
क्वीन्सल्याण्डमा भने ७०५ जना अस्पतालमा, ४५ जना सघन उपचार कक्षमा, आज १२ मृत्यु दर्ता र ५,१७८ नयाँ केस।
टास्मेनियामा भने ६०१ नयाँ केस दर्ता र १५ जना अस्पतालमा उपचाररत।
कोभिड-१९ का पछिल्ला प्रतिबन्धबारे जानकारी तपाईँको भाषामा यहाँ उपलब्ध छ।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्
अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)
