कोभिड–१९ अपडेट :न्यु साउथ वेल्समा प्रतिबन्धहरू खुकुलो हुने गति बढ्दै र भिक्टोरियाको सिमामा कम कडाइ

यो बिहीवार, ७ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

SBS News in Macedonian 7 October 2021,

新州州長佩洛德(Dominic Perrottett)承認曾經穿著納粹服裝出席自己21歲生日會,事件擴大。 Source: AAP


मुख्य बुँदाहरू:

  • भिक्टोरियामा अपाङ्गता क्षेत्रलाई केन्द्रमा राखेर खोप कार्यक्रम सुरु,
  • न्यु साउथ वेल्समा ७० प्रतिशत मानिसले खोपको दुवै मात्रा लगाए र
  • एसीटी विश्वकै सबैभन्दा बढी खोप दर रहेको सहरको दौडमा।

भिक्टोरिया

भिक्टोरियामा मध्यरातसम्मको गणना अवधिमा कोभिड-१९ का १,६३८ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि भएको छ ।

भिक्टोरियाली सरकारले आजबाट लागू हुने गरी न्यु साउथ वेल्स र एसीटीमा लकडाउनमा नपरेका स्थानहरूलाई "रेड जोन"बाट "अरेन्ज जोन"मा झारिने बताएको छ ।

यो निर्णय पछि ती राज्यमा फसेका हजारौँ भिक्टोरीयालीहरुले घर फर्कनका लागि आवेदन हाल्न सक्नेछन् ।

यसै गरी शुक्रवार अक्टोबर ८ तारिखदेखि राज्यका अपाङ्गता भएका मानिसहरूले  भिक्टोरियाली सरकारद्वारा सञ्चालित खोप केन्द्रमा बिना बुकिङ्ग खोप लगाउन सक्नेछन् ।

यसै गरी चासोका क्षेत्र भनिएका क्षेत्रहरूमा सरकारले अशक्त मानिसहरूका लागि समर्पित १० वटा पप-अप वा अस्थायी खोप केन्द्रहरू सञ्चालनमा ल्याउने बताएको छ ।

तपाईको नजिकको खोप केन्द्र थाहा पाउनुहोस।  

न्यु साउथ वेल्स

राज्यमा हिजो राति ८ बजे सम्मको गणना अवधिमा ५ सय ८७ जनामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमण पुष्टि भएको छ ।

उक्त अवधिमा ८ जना राज्यवासीको कोभिड-१९ का कारण ज्यान पनि गएको छ। 

राज्यका प्रिमियर डोमिनिक पेरोटेले यस अघि घोषणा गरिएको राज्यलाई सामान्य बनाउने रोडम्यापमा हल्का  परिवर्तन गरिएको घोषणा गरेका छन् ।

राज्यमा खोप लगाउने योग्य मानिसहरूको सङ्ख्या ७० प्रतिशत कटेसँगै, आगामी सोमबारदेखि खुकुलो पारिने भनिएका प्रतिबन्धहरूमा केही परिवर्तन गरिएका हुन् ।

बुधवार बसेको राज्यको मन्त्रीपरिषद् बैठकमा छलफल पछि सोमबारदेखि लागू हुने गरी घरमा पाहुना बोलाउने सङ्ख्या ५ बाट बढाएर १० जना पुर्‍याउने निर्णय गरिएको छ ।

यसै गरी घर बाहिर हुने जमघट सङ्ख्या भने २० बाट बढाएर ३० जना पुयाईइएको छ ।

यसमा १२ वर्ष मुनीका बालबालिकालाई भने गणना गरिने छैन ।

यसै गरी घर बाहिर हुने विवाह र अन्त्यष्टी समारोहमा १०० जना सम्म सहभागी हुन पाउने भएका छन् ।

अक्टोबर २५ देखि कोभिड-१९ सुरक्षा अपनाएर सम्पूर्ण विद्यार्थीहरु कक्षा कोठामा फर्कन पाउने भएका छन् ।

भवन भित्रका पौडी पोखरीहरू पनि सञ्चालनमा आउने भएका छन् ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीमा २४ घण्टे गणना स्थानीय सङ्क्रमणका ४१ वटा मामिला दर्ता भएका छन् ।

राज्यमा ९६ प्रतिशत मानिसले खोपको पहिलो मात्रा लगाएका छन् ।

यो सँगैराज्य विश्वमै सबैभन्दा बढी खोप लगाउने सहरहरूको सुचीमा पहिलो हुने दौडमा छ ।

क्विन्सल्याण्ड

क्विन्सल्याण्डले आज पनि कोरोनाको शून्य सङ्क्रमण कायम गर्न सफल भएको छ ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 


Share

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now