कोभिड-१९ अपडेट: न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा मे महिनाको सबैभन्दा कम मामिला दर्ता

यो सोमबार मे ३० तारिखको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Australian states and territories reported a decline in daily news cases on Monday. (file)

Australian states and territories reported a decline in daily news cases on Monday. (file) Source: (AAP Image/Richard Wainwright

सोमबार अस्ट्रेलियामा कम्तीमा पनि छ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। जसमध्ये तिन जना भिक्टोरिया त्यस्तै न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र टास्मेनिया प्रत्येकमा एक जनाको मृत्यु भएको हो। 

 

धेरै जस्तो अस्ट्रेलियाली राज्य तथा प्रदेशहरूमा दैनिक सङ्क्रमण , अस्पताल भर्ना हुने  र मृत्यु हुनेको सङ्ख्या निकै न्यून दर्ता गरिएको छ। 

 

तर सप्ताहका अन्य दिनहरूमा उच्च सङ्क्रमण सङ्ख्या देखाउने गरेको तथ्याङ्कहरू भएका कारण यो असामान्य भने नभएको पाइएको छ। 

 

न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा क्रमशः ५ हजार ८ सय ५५  र  २ हजार ८ सय ७२ नयाँ कोभिड-१९ सङ्क्रमण दर्ता भएका छन् जुन ४ अप्रिल यता कै सबै भन्दा न्यून हो। 

 

वेस्टर्न अस्ट्रेलियामा पनि नयाँ मामिलाहरूमा निरन्तर कमी आइ रहेको छ। राज्यमा ६ हजार ६ सय ४९ सङ्क्रमण र चार केही समय अगाडी कै मृत्युहरू दर्ता गरिएको छ। 

 

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ।

न्यु साउथ वेल्सका बासिन्दाहरूले जीपी र फार्मेसीहरूमा जुन १ देखि ३० जुन सम्म निःशुल्क फ्लुको खोप लगाउन सक्ने छन्। 

 

साउथ अस्ट्रेलियाले राज्यवासीहरूका लागी मे २९ देखि नै निःशुल्क फ्लु खोप उपलब्ध गराएको छ। त्यस्तै क्वीन्सल्याण्डले सबैभन्दा पहिले  इन्फ्लुएन्जाको खोप निःशुल्क वितरण गर्ने घोषणा गरेको थियो। अन्य अस्ट्रेलियाली राज्यहरूले पनि यो व्यवस्थालाई पछ्याउने अनुमान गरिएको छ। 

 

साउथ अस्ट्रेलियाले बेडफोर्ड पार्क र वाक्ली हाइट्स को कोभिड-१९ ड्राइभ थ्रु कोभिड जाँच केन्द्रहरू सञ्चालन हुने समय घटाएको छ। माग कम भए पछि आज (३० मे) देखि ती क्लिनिकहरू बिहान ७ बजे देखि राती १० बजे सम्म ती दुवै केन्द्रमा कोभिड जाँच गर्न सकिने छ। 

 

एसीटीले मेलमिलाप दिवसको बिदाका बाबजुद पनि गरन सर्ज सेन्टर (बिहान ७ देखि राती ९ बजे सम्म) र मिचेल ड्राइभ थ्रु (बिहान १०.३० देखि बेलुका ६ बजेसम्म) खुल्ने बताएको छ। 

तर एसीटीले आजको कोभिड-१९ सङ्क्रमण सङ्ख्या भने सार्वजनिक गर्ने छैन। 

 

अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर पल केलीले अमेरिका, जापान र भारतका समकक्षीहरूसँग छलफल गरेका छन्। भेटमा खोपको विश्वसनीयतामा सुधार गर्ने र गलत सूचना विरुद्धका कदमका बारेमा छलफल केन्द्रित रहेको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now