SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा "फ्रेन्ड्स बबल" जारी, भिक्टोरियाको दैनिक सङ्क्रमण ६०० कट्यो

यो मङ्गलबार, २१ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Extremists' blasted as hundreds march in Melbourne during another vaccine protest
Extremists' blasted as hundreds march in Melbourne during another vaccine protest Source: AAP/James Ross

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्स बाइरन, केम्प्सी र ट्वीड पुनः लकडाउनमा जाने
  • भिक्टोरियामा राज्य भर ६,००० सक्रिय कोभिड-१९ सङ्क्रमित
  • अस्ट्रेलियन क्यापिटल टेरिटोरीले मानसिक स्वास्थ्य सेवाहरूको लागि थप आर्थिक

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा १,०२२ वटा नयाँ सामुदायिक कोभिड-१९ सङ्क्रमण पुष्टि भएका छन् भने १० जनाले ज्यान गुमाएका छन्।

हाल ५३ प्रतिशत योग्य बासिन्दाहरूले खोपको दुवै डोज लगाएका छन्। 

बाइरन शायर, केम्प्सी र ट्वीडका स्थानीय सरकारी क्षेत्रहरू आज साँझ पाँच बजेदेखि लकडाउनमा जाने छन्। सिड्नीका एक सङ्क्रमित व्यक्तिले न्यु साउथ वेल्सको उत्तरी क्षेत्रका केही समुदायमा गए पछि यो कदम चालिएको हो।

राज्यमा आज देखि पाँच किलोमिटर दुरी भित्र, एउटै स्थानीय क्षेत्रमा बस्ने, १८ वर्ष भन्दा कम उमेर भएका साथीहरू तीन जनाको समूहमा एक अर्काको घर जान पाउने छन्।

यो "फ्रेन्ड्स बबल" सबै वयस्क मानिसहरू पूर्ण रूपले (दुवै डोज) खोप लगाएको घरहरूमा मात्र लागु हुने छ।

अस्थायी भिसा तथा भिसा बिना बसोबास गरिरहेका मानिसहरूलाई अस्ट्रेलियाली रेड क्रसले न्यु साउथ वेल्स लकडाउनको समयमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ। 

न्यु साउथ वेल्सको खोप कार्यक्रम बारे जानकारी। 

भिक्टोरिया

भिक्टोरियामा ६०३ वटा नयाँ सङ्क्रमण पुष्टि हुँदै एक जनाको मृत्यु भएको छ। 

महानगरीय मेलबर्नको जीलङ, सर्फ कोस्ट, ब्यालरट र मिचेल शायर क्षेत्रहरूको निर्माण उद्योगमा केही सङ्क्रमणहरू भेटिए पछि गत दुई हप्तादेखि सबै निर्माणका कामहरू ठप्प भएका छन्। अहिले सम्म १८६ निर्माण क्षेत्रहरूमा ४०३ जना सङ्क्रमितहरू फेला परेका छन्।

भिक्टोरियाले राज्य भर ३,००,००० वटा मोडर्ना खोपहरू प्राप्त गर्ने बताइएको छ। 

भिक्टोरियाली खोप केन्द्रहरू बारे आधिकारिक जानकारी यहाँ छ।

अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)

एसीटीमा पछिल्लो २४ घण्टामा १६ नयाँ कोभिड-१९ सङ्क्रमित फेला परेका छन्। 

टेरिटोरीमा मानसिक स्वास्थ्य, मदिरा तथा अन्य लागु औसत सम्बन्धी सेवाहरूको सहयोगका लागि प्रमुख मन्त्री एन्ड्रु बारले थप एक करोड चालिस लाख अस्ट्रेलियाली डलरको घोषणा गरेका छन्। 

खोप बुक गर्नुहोस्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now