मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्सका सघन उपचार कक्षमा रहेका अधिकांश बिरामीहरूले कोभिड-१९ विरुद्धको खोप नलगाएको सरकारी भनाई,
- भिक्टोरियाका सामुदायिक सङ्क्रमित समुदाय सक्रिय र
- क्वीन्सल्यान्डको खोप कार्यक्रममा ३०० फार्मेसी जोडिए।
न्यु साउथ वेल्स
न्यु साउथ वेल्समा बिहीवार बेलुका आठ बजेसम्मको गणना अवधिमा थप २९१ जनमा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि गरिएको छ।
शुक्रवार बिहान सिड्नीमा आयोजित राज्यको कोभिड-१९ जानकारी सम्बन्धी पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त आँकडा सार्वजनिक गरेकी हुन्।
उनका अनुसार सोही अवधिमा न्यु साउथ वेल्सभर ११०,००० भन्दा बढी मानिसहरूले कोरोनाभाइरस परीक्षण गराएका थिए।
"सङ्क्रमित सङ्ख्या बढ्ने क्रमले आउँदा केही दिनमा थप गति पकड्ने अपेक्षा हामीले गरेका छौँ," उनले भनिन्।
क्यान्टबरी-ब्याङ्क्सटाउन क्षेत्रमा सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा मानिसहरूले लकडाउन सम्बन्धी नियमहरू पालना गरे नगरेको अनुगमन गर्न प्रहरीले आवश्यक कदम चाल्न तयारी गरिरहेको पनि उनको भनाई छ।

प्रिमियरले खोप लगाउने कार्यले गति लिए लकडाउन अन्त्य हुनेमा जोड पनि दिएकी छिन्।
"अगस्ट २९ तारिखमा हाम्रो जीवन कस्तो हुनेछ भन्ने कुराको निर्धारण सो समयसम्ममा कति मानिसहरूले खोपको मात्रा लगाउन अगाडी आउँछन् त्यसमा भर पर्छ," उनले भनिन्।
उनी भन्छिन् कि ७० प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेपछि जीवन निकै सरल र सुविधाजनक बन्ने छ।
"कोभिड-१९ को बखत जीवन जति सामान्य बन्न सक्छ, ८० प्रतिशतले खोप लगाइसकेपछि हामीले सो अनुभव गर्न पाउनेछौँ।"
उता, गए राती लिभरपूल अस्पतालमा कोरोनाभाइरसका कारण एक ६० वर्ष कटेकी महिलाको मृत्यु भएको न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले पुष्टि गरेकी छिन्।
चान्टका अनुसार सो महिलाले कोभिड-१९ विरुद्ध खोप लगाइसकेकी थिइनन्।
उनी भन्छिन् कि ती महिला एक स्वास्थ्यकर्मी मार्फत सङ्क्रमित बन्न पुगेकी थिइन्।
यो पछिल्लो घटनासँगै राज्यमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ७९ पुगेको छ।
डा चान्ट भन्छिन् कि खोपको एक मात्राले केही सुरक्षा प्रदान गर्ने भएता पनि दुई मात्रा पुरा गरे भाइरसबाट हुने जोखिम लगभग अन्त्य हुन्छ।
केरी चान्टले ७० वर्षभन्दा माथिका मानिसहरूले खोप लिन आनाकानी गरिरहनु उचित नभएको पनि बताएकी छिन्।

प्रमुख स्वास्थ्य अधिकारी भन्छिन् कि ७० वर्ष उमेर भन्दा माथिका धेरै मानिसहरू खोप नलगाएका कारण असुरक्षित छन् र यो कुरा व्याकुल बनाउने प्रवृत्तिको छ।
"यस बेला खोप लगाउन ढिलो गर्नु उपयुक्त छैन," डा चान्टले भनिन्।
भिक्टोरिया
भिक्टोरियामा हिजो बिहीवारको गणना अवधि पश्चात् सार्वजनिक गरिएको दुई सामुदायिक सङ्क्रमितका साथ चार अन्य स्थानीय सङ्क्रमणका मामिलाहरू आज शुक्रवार पुष्टि गरिएको छ।
ती ६ सङ्क्रमित मध्ये तीन जना पश्चिमी मेलबर्न स्थित अल-ताक्वा कलेजकी शिक्षिकासँग सम्बन्धित रहेको भिक्टोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार बाँकी तीन केसहरू मेलबर्नका अन्य प्रकोपसँग गाँसिएको छ जसमध्ये सहरको पूर्वमा पर्ने रिचमन्ड स्थित एपवर्थ हस्पिटलमा कार्यरत सरसफाइ सम्बन्धी कर्मचारी एक हुन्।

यसै गरी सिड्नीबाट मेलबर्न हुँदै टास्मेनियाको लअनचेस्टनका लागि अगस्ट २ तारिखका बिहान उडान भरेका एक व्यक्तिका कारण दुई नयाँ सङ्क्रमण स्थलहरू थपिएका छन्।
ती मध्ये एक भर्जिनको उडान नम्बर भीए८०८ रहेको छ।
उक्त विमान सिड्नीदेखि मेलबर्नका लागि २ अगस्टका दिन बिहान ८:३५ बजे उडेको थियो।
यसै गरी मेलबर्नबाट लअनचेस्टनका लागि त्यही दिन १०:३५ मा उडान भरेको भीए१३६ विमानलाई पनि सङ्क्रमित स्थानको सूचिमा थप गरिएको फोलीले बताएका छन्।
आजै भिक्टोरियाली सरकाले सङ्घीय सरकारसँग मिलेर ४० करोड डलर बराबरको कोभिड-१९ राहत प्याकेजको घोषणा गरेका छ।
राज्यमा हाल लागू छैटौँ लकडाउनबाट प्रभावित व्यापार-व्यवसायको सहयोगार्थ उक्त राहत ल्याइएको हो।
सो प्याकेजले ९५,००० जति व्यापार-व्यवसायहरूलाई मद्दत पुग्ने सरकारी अपेक्षा छ जसमा २,८०० डलरको अनुदान समावेश गरिएको पनि बताएको छ।
क्वीन्सल्यान्ड
गएका २४ घण्टामा क्वीन्सल्यान्डले थप १० स्थानीय सामुदायिक सङ्क्रमणका मामिलाहरू दर्ता गरेको छ।
र, राज्यका डेपुटी प्रिमियर स्टिभन माइल्सका अनुसार हाल जारी डेल्टा प्रकोप सुरु भएको इन्दूरीपिल्ली हाई स्कुल क्लस्टरबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ८९ पुगेको छ।

शुक्रवार बिहान ब्रिसबेनमा आयोजित कोरोनाभाइरस अपडेट सम्बन्धी पत्रकार सम्मेलनका क्रममा उनले सो जानकारी दिएका हुन्।
आज घोषणा गरिएको १० सङ्क्रमित मध्य आठ जना आइसोलेसनमा रहेको र बाँकी दुई जना पनि केवल एक दिन मात्र समुदायमा सक्रिय रहेको बताइएको छ।
राज्यकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङ भन्छिन् कि दक्षिण-पूर्वी क्वीन्सल्यान्ड आइतबार दिउँसोदेखि लकडाउन मुक्त हुनेमा उनी आसावान् छिन्।
तर, यसबारे निर्णय सोही दिनको बिहानीपख मात्र हुने पनि उनको भनाई छ।
यङका अनुसार मास्कको प्रयोग क्रिसमससम्मै पनि हुनसक्ने छ।
- क्वीन्सल्यान्डका कोभिड-१९ परिक्षण केन्द्रहरूबारे आधिकारिक जानकारी यहाँ छ।
- क्वीन्सल्यान्डका खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
