कोभिड-१९ अपडेट: न्यु साउथ वेल्समा सङ्क्रमण दर "अझै धेरै" ; ५० प्रतिशत वयस्कहरुले पाए कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज

यो आइतबार १५, अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Sydney Olympic Park Vaccination Centre

People waiting to be vaccinated at the Sydney Olympic Park Vaccination Centre at Homebush in Sydney, Sunday, August 15, 2021. Source: AAP Image/David Gray


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा ५० लाख मानिसहरुले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाइसके
  • भिक्टोरियामा खोप लगाउन थप बुकिङ्ग उपलब्ध
  • एसीटीमा कोरोनाभाइरसका थप २ सामुदायिक सङ्क्रमण, क्वीन्सल्यान्डमा एउटा पनि स्थानीय सङ्क्रमण भेटिएन
  • आज राती सम्ममा फ़ाइजरका थप १० लाख खोप अस्ट्रेलिया आइपुग्ने

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा थप ४१५ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि र भाइरसका कारण ४ जनाको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार गए राती ८ बजे सम्मको २४ घण्टामा पुष्टि भएका केसहरु मध्ये कम्तिमा ३५ जना सनक्रामक अवस्थामा समुदायमा रहेका थिए।

हाल पुष्टि भएका पछिल्ला केसहरु मध्ये ठुलो संख्या पश्चिमी सिड्नीको ब्लाकटाउन देखि माउन्ट ड्रुइट, माउन्ट ड्रुइट, मारियोङ्ग, मेरील्यान्ड्स, अबर्न र गिल्डफर्डमा रहेको बताइएको छ।

प्रिमियर ग्लाडिस बेरेजिक्लियन भन्छिन आगामी सेप्टेम्बर महिना देखि कोरोनाभाइरस विरुद्ध खोप लगाएका मानिसहरु माथि हाल लागु भएका प्रतिबन्धहरु खुकुलो बनाउन सकिने "मौका" हरुका लागि सरकारले जांच गरिरहेको छ।

प्रिमियरका अनुसार राज्यका ५० प्रतिशत वयस्कहरुले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाइसकेका छन्।

खोप लगाउने आफु नजिकका क्लिनिकहरु बारे जानकारीका लागि यहाँ हेर्नुहोस्

भिक्टोरिया

भिक्टोरियामा कोरोनाभाइरसका २५ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि भएका छन्। अधिकारीहरुका अनुसार पछिल्ला सङ्क्रमित मध्ये चार जनाको यस अघिनै पुष्टि भैसकेका केसहरुसंग सम्बन्ध रहेको छैन।

१३ जना चाहिं सङ्क्रामक अवस्थामा समुदायमा रहेको भिक्टोरियाली स्वास्थ्य बिभागको भनाइ छ।

प्रिमियर डानिएल एन्ड्रुज भन्छन आज देखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थप ८४ हजार डोजका लागि बुकिङ्ग उपलब्ध गराइने छ।

खोप वितरण केन्द्रहरूबारे जानकारीका लागि यहाँ हेर्नुहोस्

अस्ट्रेलिया भर गए २४ घण्टा

  • क्वीन्सल्यान्डमा कोरोनाभाइरसको एउटा पनि सामुदायिक सङ्क्रमण पुष्टि नहुँदा अनुमति बिना मानिसहरुलाई आफ्नो राज्य प्रवेश गर्न नदिन न्यु साउथ वेल्स संगको आफ्नो सीमावर्ती क्षेत्रमा थप प्रहरी खटाइएको राज्य सरकारको भनाइ।
  • एसीटीमा दुई नयाँ सामुदायिक सङ्क्रमण पुष्टि भएका छन् जसमध्ये एक जनामा सङ्क्रमणको श्रोत पुष्टि नभएको अधिकारीहरुले बताएका छन्।
  • संघीय सरकार द्वारा फ़ाइजर खोपको थप दस लाख डोज आज राती अस्ट्रेलिया आइपुग्ने घोषणा गरिएकोछ। पोल्यान्ड बाट पठाइएको कोरोनाभाइरस विरुद्धको उक्त खोप, अस्ट्रेलिया द्वारा खरिद गर्ने सम्झौता गरेको चार करोड डोज भन्दा अतिरिक्त हो।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now